बुटवल हस्पिटल प्रालिद्वारा रक्तदान ६४ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लीले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरू,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाई कर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका…

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डको स्थितीका सम्बन्धमा श्वेतपत्र जारी गरेको हो। बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्। श्वतेपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विषय पनि रहेको छ। श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार…

शुद्धोदनमा अपाङ्गता भएका व्यक्तिको लागि सहायक समाग्री वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिकामा समावेशी तथा दिगो भविष्यको पूर्वधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम सम्पन्न भएको छ। शुद्धोदन अपाङ्ग संघ शुद्धोदन-४ को आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम गरिएको थियोे। उक्त समाग्री वितरण एवम् घर दैलो कार्यक्रममा शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा वडाका सातै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको घर घरमै पुगेर…

‘लागू औषध दुर्व्यसन नियन्त्रणमा ल्याउन सबैको साथ जरुरी’

स्वास्थ्यसमाचार/ मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने लागुपदार्थ दुव्यर्सन नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषध विरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताए। उनले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुर्व्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाँचो औल्याए। उनले लागूऔषधको…

बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुखद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए। उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्।   उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा…

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पताल बीच सहकार्यको लागि छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौं बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताए । सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले विहिबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ । संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको…

अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन…

रुरुक्षेत्रमा १५ शैया अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रीलाई ज्ञापन

स्वास्थ्यसमाचार/रूरुक्षेत्र गाउँपालिकामा १५ शैया अस्पताल सञ्चालन गर्ने विषयमा छलफल भएको छ। रुरु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको पालिका स्तरीय अस्पतालमा रूपान्तरण गर्नको लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेलसँग अनुरोध गरिएको छ। गाउँपालिका अध्यक्ष युदु ज्ञावलीले स्वास्थ्य मन्त्रीलाई अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग पुर्याउन एक ज्ञापन पत्र बुझाउनु भएको छ। यस अवसरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी र डा. पुष्पराज पौडेल लगायत अन्य अधिकारीहरूको सहभागीता रहेको थियो। यस छलफलमा गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभासद् मान्य चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीप कुमार ज्ञवाली, पूर्व मुख्य सचिव लिलामणी पौडेल, माओवादी नेता बुद्धि…

विशेषज्ञ डाक्टर ग्रामीण भेगमा जानैपर्ने मापदण्ड बनाउछौं :मन्त्री कार्की

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दुर्गममा डाक्टर जान नमान्ने रोग भएको बताएका छन् । बिहीबार गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको छुट्टै क्लिनिक (पेन प्लस क्लिनिक) को उद्घाटन गर्दै मन्त्री कार्कीले विशेषज्ञ डाक्टर दुर्गममा जानै नमान्ने रोग भएको बताएका हुन् । कार्कीले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर अभाव रहेको प्रसंगमा गुल्मीमा अलिक कम भए पनि रुकुम र रोल्पामा डाक्टर जानै नमान्ने गरेको बताए । ‘जिल्ला अस्पतालहरूमा विशेषज्ञ डाक्टरको अभाव छ,’ उनले भने, ‘दुर्गममा डाक्टर नजानै रोग नै भएको छ ।’ कार्कीले यस विषयमा प्रदेशबाट जनशक्ति पदपुर्ति गर्ने…

जनस्वास्थ्य संघ लुम्बिनीको भित्ते पात्रो स्वास्थ्यमन्त्री सारुद्धारा विमोचन

स्वास्थ्यसमाचार/नेपाल जनस्वास्थ्य संघ लुम्विनी प्रदेशको नयाँ वर्ष २०८२ सालको भित्ते पात्रोको नेपालगन्जमा विमोचन गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले विहीबार भित्ते पात्रोको विमोचन गरे । त्यसक्रममा उनले स्वास्थ्यका क्षेत्रमा संघले महत्वपूर्ण योगदान दिएको बताए । लुम्विनी प्रदेशको स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र विस्तारमा संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नका निमित्त पनि उनले आग्रह गरे । मन्त्री सारुले लुम्बिनी प्रदेशमा अझैपनि स्वास्थ्य क्षेत्रमा थुप्रै जनस्वास्थ्यका समस्याहरु रहेको उल्लेख गर्दै त्यसको सुधारका निमित्त संघले महत्वपूर्ण सुझाव समेत दिने गरेको उल्लेख गरे । उनले भने–‘प्रदेशको स्वास्थ्य क्षेत्रमा अनेकन समस्या छन् ।…