शुद्धोदनमा अपाङ्गता भएका व्यक्तिको लागि सहायक समाग्री वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिकामा समावेशी तथा दिगो भविष्यको पूर्वधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम सम्पन्न भएको छ।

शुद्धोदन अपाङ्ग संघ शुद्धोदन-४ को आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम गरिएको थियोे।

उक्त समाग्री वितरण एवम् घर दैलो कार्यक्रममा शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा वडाका सातै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको घर घरमै पुगेर ७ वटा ह्वीलचियर,१० जोडी बैसाखी,१ वटा वाकर,४ वटा सेतो छडी,१ बेबी स्टोलर वितरण गरिएको शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाले बताउनुभयो ।

शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुभएको थियो।सो अवसरमा पालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गर्ने सरकारी मापदण्डको कार्यान्वयनमा राज्य संयन्त्रहरु नै कमजोर रहेको बताउदै अपाङ्गको क्षेत्रमा मिलेर धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनहरुमा ठुलो बजेटमा धेरै अपाङ्गता भएका व्यक्तिहरु समेटिने गरि काम गरिने अध्यक्ष बस्यालले बताउनुभयो।

सो कार्यक्रममा शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,वडा नम्बर ४का वडा अध्यक्ष पालिका प्रवक्ता केशवप्रसाद अधिकारी,वडा नम्बर ७ का वडा अध्यक्ष भीम नारायण चौधरी,शुद्धोदन अपाङ्ग संघका सचिव सागर क्षेत्री,शुद्धोदन अपाङ्ग संघका सदस्य विष्णुप्रसाद धिकारी,रामप्रसाद थारु ,इन्द्रराज थारु,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित शिर्षक :