स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गर्ने अभियान सुरु गरेको छ । प्रदेशले पहिलो चरणमा पाल्पा, अर्घाखाँची र बाँके गरी तीन जिल्लामा यो अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत मोबाईल मार्फत समुदाय स्तरमा रहेका हरेक व्यक्तिको पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिने छ । तानसेनमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सो अभियानको उद्घाटन गरे । समुदाय स्तरका परिवार स्वास्थ्य प्रोफाइल तयारी तथा मोबाईल स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रमकै अवसरमा यो अभियानको सुरुवात गरिएको हो । सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री सारुले नेता, नेतृत्व र व्यवस्थापनका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी मन्त्रिपरिषद्को बैठक : मानसिक स्वास्थ्य रणनीतिक योजना स्वीकृत
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । यस योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव अनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको छ । नेपाल सरकारले बर्षभरी दिने सार्वजनिक विदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयहरुमा बढीमा ६ दिन अतिरिक्त…
क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…
रुपन्देहीमा क्षयरोगबाट ८० जनाको मृत्यु, २ हजार ७ सय वढी संक्रमित
स्वास्थ्यसमाचार/रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ । विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षयरोग सम्बन्धि कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो । स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच…
लुम्बिनी प्रादेशिक अस्पतालका पाण्डेय बिश्व क्षयरोग दिवसमा सम्मानित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश वाट क्षयरोग उपचारमा उत्कृष्ट कार्य गरेको लुम्बिनी प्रादेशिक अस्पतालका जन स्वास्थ्य निरिक्षक बिरोध पाण्डेलाई सम्मान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत पाण्डेलाई सम्मान गरेको हो । मार्च २४ तारिख अर्थात अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अबसरमा पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्नु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दुई प्रकारका क्षयरोगको उपचार हुने गर्दछ कडा खालको टिवी र समान्य खालको टिवीको उपचार भैरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १० देखी माथी बिरामी आउने गरेको डट्स शाखा प्रमुख बिरोध…
पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु, रोगीको संख्या हरेक वर्ष बढ्दै
स्वास्थ्यसमाचार/हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका सबै वृद्धावस्थाका व्यक्ति छन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । जिल्लामा क्षयरोगीको उपचार दर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो छ । पछिल्लो ६ महिनामा २ सय १ जना नयाँ क्षयरोगी भेटिएका…
“नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर”
स्वास्थ्यसमाचार/नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको उल्लेख गरेको छ । सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो । केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “अनुमानित क्षयरोग प्रभावित…
स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीद्वारा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखीकरण
स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्य प्राविधिक संघ, रुपन्देहीको आयोजनामा न्युरो, ट्रमा र युरो रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । एडमण्ड सिटि हस्पिटलको सहकार्यमा प्यारामेडिक्स तथा नर्सिङ स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सोही हस्पिटलमा उक्त कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा वीर अस्पतालका बरिष्ठ न्युरो सर्जन डा.राजेन्द्र श्रेष्ठले ब्रेन ट्युमर र ब्रेन क्यान्सरबारे जानकारी दिए । मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुँदै क्यान्सरसमेत हुनसक्ने उनले बताए । विनाइल ट्युमर नफैलिने खालको भएपनि मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउने उनले बताए । ब्रेन क्यान्सर हुँदा टाउको दुख्ने, बान्ता हुने, अचानक ढल्ने…
पुर्व मन्त्री खाणँद्धारा शुद्धोधन वडा नं ६ को स्वास्थ्य चौकी र वडा कार्यालय शिलान्यास
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ मा शनिवार एक विशेष समारोहमा पूर्व गृहमन्त्री बालकृष्ण खाणँले वडा कार्यालय र स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ। समारोहमा बालकृष्ण खाडले उद्घाटन शिलान्यास गर्दे यो नयाँ भवनमा वडा कार्यालय र स्वास्थ्य चौकीले स्थानीय सेवाहरूलाई सहज र सुलभ बनाउने वताउनु भयो । घर दैलोको सरकार स्थानिय सरकाले जनताका भावना अनुसार काम गर्दे आएको खाँणले बताउनु भयो । “यो निर्माणको उद्देश्य यहाँका नागरिकहरूको जीव नस्तरलाई सुधार्नु र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु हो। हामी सबै मिलेर यस कार्यलाई सफल बनाउन सबैमा समर्पण र समर्थनको अपेक्षा राख्छौँ“…
रुपन्देहीको शुद्धोदन वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ मा शुन्य होम डेलिभरी क्षेत्र घोषणा गरिएको छ । घरमा सुत्केरी हुने क्रम लगभग अन्त्य भएपछि वडा नम्बर ५ लाई शुन्य होम डेलिभरी घोषणा गरिएको हो । एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको गर्भवतीले टिटी खोप लगाएको नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो। घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा…


