स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लीले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ ।
बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरू,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाई कर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए ।
रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्दर्भ पारेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।
उहाँले रक्तदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाका बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताउनु भयो ।
एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा.लीले रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण प्रसाद खनालले बताउनु भयो ।
प्रतिकया दिनुहोस्