स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको यही वैशाख १० गते बुधबार शिलान्यास गरिने भएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको बुधबार बिहान १०ः३० बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताए । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संस्थापक पौडेलले क्यान्सरको सम्बन्धी गुणस्तरीय उपचार तथा सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागिएको बताए । ‘२ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्बको लागतमा अस्पताल निर्माण हुँदैछ, १ सय शैयाको यो अस्पताल (प्रोजेक्ट) ले करिब डेढ वर्षभित्र निर्माण कार्य पूरा गरी आफ्नो सेवा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पोषणका लागि रैथाने बालीको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ । `समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यका सबैको पहुँच भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालीको संरक्षण, सम्बर्द्धन र प्रयोगमा आधारित नीति लिइने बताउनु भएको हो । उहाँले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिनुभयो । `रैथाने बालिकाे संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ । पोषण प्रवर्द्धन…
गुल्मीमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु
स्वास्थ्यसमाचार/गुल्मी जिल्लामा रहेका १६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ। नेपाल सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभर दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाउने अभियान सञ्चालन गरेको हो । दुई दिनसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय रहेको यस जिल्लामा १६ हजार ६ सय ९९ बालबालिकालाई भिटामिन ‘ए’…
बुटवलमा युवतीमाथि गोली प्रहार, लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
स्वास्थ्यसमाचार/ बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । घटनाको अनुसन्धान हुदै रहेको प्रहरीको भनाई छ ।
संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम”सम्पन्न गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपाध्यक्ष कल्पना हरिजनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चिकित्सालयका आयुर्वेद चिकित्सक डा. योगेश ढकाल र डा. सन्दीप कार्कीले नसर्ने रोगको परिचय, जोखिम अवस्था, तथा जीवनशैली व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। त्यसैगरी, स्वास्थ्य कार्यालय, रुपन्देहीका ल्यावटेक्नीसिशयन अधिकृत खिमलाल पाण्डेले संक्रामक रोगको अवस्था र यसबाट बच्ने उपायहरूबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी महिला…
रेविज नियन्त्रण र छाडा कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर
स्वास्थ्यसमाचार/ रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधवार देखी एक हप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन गरिएको छ । चालु आर्थिक बर्षमा सिद्धार्थनगरले यो सिविन दोस्रो पटक आयोजना गरेको हो । छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, रुपन्देहीको सयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो । नगर क्षेत्रमा देखा परेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर…
“गौरवको योजना: लुम्बिनी प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने ऐतिहासिक मौका”
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन । सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ। अवस्थित संरचना र सेवा प्रभावकारिता बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा…
फर्केर हेर्दाः स्वास्थ्य क्षेत्रमा वर्ष – २०८१
स्वास्थ्यसमाचार/आजबाट २०८२ साल सुरु भएको छ । विक्रम संवत २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्यो। यस वर्ष सरकारी स्वास्थ्य बिमाबारे बहस पनि चलिरहे भने सचिव नियुक्तिको विषय पनि चर्चामा रह्यो। पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको उपलब्धता र जडीबुटी कम्पनीमा आगजनीलगायत घटनाले यस वर्ष चर्चा पाएका हुन्। अमेरिकामा नयाँ राष्ट्रपति आएसँगै वैदेशिक सहायताको नीति परिवर्तन गर्दा युएसएआईडीको सहयोग रोकिँदा नेपालको स्वास्थ्य क्षत्रमा के असर पर्छ भन्ने कुराको पनि चर्चा भइरहेको छ। वैदेशिक सहायता घट्दा आधारभूत स्वास्थ्य सेवाबाट…
वहस सुरु: लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेज बनाऔं
बुटबल/लुम्बिनी प्रदेशको गौरवको परियोजना लुम्बिनी प्रादेशिक अस्पताललाई नै मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने माग सरोकारवाला र विज्ञहरूले तीव्र रूपमा उठाउन सुरु गरेका छन । सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेसँगै, लुम्बिनी प्रदेशमा अलग्गै नयाँ मेडिकल कलेज खोल्नु उचित हो कि अहिलेकै प्रमुख सरकारी अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गर्नु उपयुक्त हो? भन्ने बहसले गति लिएको छ। अवस्थित संरचना र सेवा प्रभावकारिता बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल हो। हाल वार्षिक ३ लाखभन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पताल ३०–३५ वर्षअघि मात्र ५० हजार बिरामीको सेवामा…
युसीएमएसमा आधारभूत जीवन सहायता तथा श्वासप्रश्वास व्यवस्थापन कार्यशाला
स्वास्थ्यसमाचार/युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमस) शिक्षण अस्पताल, भैरहवामा एकदिने आधारभूत जीवन सहायता तथा श्वासप्रश्वास व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । युसीएमस अन्तर्गत एनेस्थेसिया तथा सघन उपचार विभागको आयोजनामा कार्यशाला भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए । स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर कुनै व्यक्ति अचानक अचेत हुँदा ती व्यक्तिको जीवन बचाउन तत्काललाई गर्नुपर्ने स्वास्थ्य उपचार र सुरक्षित रुपमा अस्पतालसम्म कसरी पुर्याउन सकिन्छ भनेर आवश्यक विधिको बारेमा ज्ञान दिइएको विभागले जनाएको छ । युसीएमएस शिक्षण अस्पतालका प्राचार्य तथा एनेस्थेसिया तथा सघन उपचार विभागका विभागीय प्रमुख प्रा.डा.लक्ष्मी पाठकको सभापतित्वमा सम्पन्न…


