मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न प्रेस काउन्सिलको आग्रह

स्वास्थ्य समाचार/ प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न सञ्चार माध्यमलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ । ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा ९१० मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल ११औ तहमा बढुवा

स्वास्थ्यसमाचार लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको छ। लोक सेवा आयोगको विज्ञापन नं. १७१६४/०७९–८० (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह प्रमुखकन्सल्टेण्ट अथोपेडिक सर्जन पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ३ (तीन) जना मध्ये डा ईन्द्र ढकाल अन्तर्वार्ता र लिखित परीक्षा उत्ततिर्ण भई नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तहमा बढुवा हुनुभएको हो। ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हुनुहुन्छ ।

नेपाल चिकित्सक संघको अध्यक्षमा डा अनिलविक्रम कार्की विजयी

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मंगलबार सकिएको मतगणनाको अन्तिम परिणामअनुसार विजयी कार्कीले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । डा. कार्की यसअघि संघको उपाध्यक्ष रहेका थिए । त्यस्तै डा.कार्कीका निकटतम् प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा. सन्तोष पौडेलले २ हजार ३ सय २३ मत प्राप्त गरे । स्वतन्त्र समूहबाट उम्मेदवार बनेका डा.शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार मतदानमा कुल ६ हजार २ सय ९१ मत खसेको थियो । त्यस्तै महासचिवमा डा. सञ्जीव तिवारी…

RANAवागमतीको प्रथम भेला सम्पन्न,अध्यक्षमा डा.अमृत भण्डारी चयन

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल RAAN बागमती प्रदेश प्रथम भेला केन्द्रिय कार्यलय कोटेश्वरमा सप्पन्न भएको छ। आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका बरिस्ठ आयुर्वेद बिज्ञ डा मुनकर्ण थापाको प्रमुख आतिथ्यमा र रानका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराई ,नेपाल आयुर्वेद उत्पादक संघ का केन्द्रिय अध्यक्ष मानबहादुर साउद ,बरिस्ठ कबिराज नरबहादुर ठकुरी ज्यू को बिशिस्ट आतिथ्यामा भएको थियो । भने बागमती प्रदेश संयोजक डा अमृत भन्डारिज्यूको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य बागमती प्रदेश सह संयोजक बिक्रम पौडेलले गर्नु भएको थियो ।प्रमुखअतिथि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका वरिष्ठ आयुर्वेद विज्ञ डा मुनकर्णले अरु संस्थाले…

रास्वपा सरकारबाट फिर्ता: स्वास्थ्य राज्यमन्त्री डा तोषिमा पनि बाहिरिने

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो। छलफलमा सरकारलाई समर्थन दिने तर मन्त्रीहरु सबै फिर्ता बोलाउने निर्णय गरेको हो। सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको होश्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री थिइन्। तर, सर्वोच्चले सभापति लामिछानेको नागरिकता लिन प्रक्रिया नपु¥याएको भन्दैं उनको उपप्रधानसहित गृहमन्त्री, सांसद पद…

कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुन सक्ने आशंका ‘स्क्रिनिङ’ गर्न सुरु गरेको छ । नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो । यी तीनवटै वडाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरूको पहिचान (स्क्रिनिङ्ग) का लागि शुक्रवारदेखि वडा नम्बर ३ बाट प्रोत्साहनसहितको नियमित वृद्धि अनुगमन शिविरको सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । यी…

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित

स्वास्थ्यसमाचार/ स्वास्थ्य पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन हुनुभएको छ। शनिबार काठमाडौंमा भएको आठौँ वार्षिक साधारणसभा र पाचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो। मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनभएको छ। महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ। मञ्चको नयाँ कार्यसमित सदस्यमा निम्न पत्रकारहरु चयन हुनुभएको छ। समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की रहनु भएको छ। प्रदेश सयोजक प्रदेश १ ः…

जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारहुन्छ :मन्त्री गिरी

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसंगति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । ‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’…

विश्व क्यान्सर दिवसका अबसरमा बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार /विश्व क्यान्सर दिवसका अबसरमा बिरामीलाई फलफूल बितरण गरेको छ ।बुटबलको सिभिल मेडिकलहल बिगत ३ बर्षदेखी उपचारत ५१ जना सहित ८० जना बिरामीलाई फलफुल बितरण गरिएको हो । सिभिल मेडिकलका संञ्चालक नारायण भन्डारीले बिगत ३ बर्षदेखी उपचाररत बिरामी सहित ८० जनालाई फलफुल बितरण गरिएको बताउनु भयो । सिभिल मेडिकलमा बिगत लामो समय देखी भरतपुर क्यान्सर अस्पतालका डा जयराम अधिकारीले सेवा दिनु भएको बताउनु भयो। फलफुल बितरणकार्यक्रममा बोल्दै डा अधिकारीले सुरुमा रोग पत्तालागे क्यान्सर पुर्ण निको पार्न सकिने बताउनु भयो ।उहाले पोषक आहारा, ब्यायाम सबैले गर्नु पर्ने बताउनु भयो।सिभिल मेडिकलहलमा प्रतेक…

क्यान्सरका कारण विश्वमा प्रत्येक मिनेट १७ व्यक्तिको मृत्यु

स्वास्थ्यसमाचार/ विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ मनाईएको छ । सारा वैज्ञानिक उपलब्धिको बाबजूद पनि यस रोगका कारण हुने मानवीय क्षति कम गर्न सकिएको छैन । यस रोगको उपचारका लागि जती गम्भीरता जरुरी पर्दछ, त्योभन्दा बढी यसप्रतिको चेतना हुनु आवश्यक देखिएको छ । युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल यूआईसीसी ८८ वर्षदेखि विश्वका ७० देशमा क्यान्सरबाट बच्नका लागि अभियान चलाइरहेको छ । यूआईसीसीका अनुसार गत वर्ष…