स्वास्थ्यसमाचार/सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उनको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा.गौतमले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो । सन् २०१६ देखि…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
“सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा नविकरण गर्न आग्रह
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलले प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरु अनुमती तथा नविकरण गर्न अनुरोध गरेको छ ।कार्यालयले बैशाख २१ गते पहिलो पटक सूचना प्रकाशित गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली (पाचौं संशोधन सहित) नियमावली २०८० अनुसार प्रदेश भित्रका “सी“ वर्गका प्रयोगशाला र रक्तसंचार सेवा केन्द्र तथा ब्लड बैंकहरुको स्थापना, संचालन अनुमती तथा नविकरण प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने हुदा इच्छुक स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको मितिले…
ग्याष्ट्रो सेन्टर बुटवलद्वारा गुल्मीका २५ विरामीको निःशुल्क इन्डोस्कोपी
स्वास्थ्यसमाचार/ गुल्मीको सत्यवती गाउँपालिका भार्सेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । विशेष गरि पेट सम्वन्धि समस्या भएका विरामीहरूका लागि गरिएको शिविरमा पेट सम्वन्धि सम्पुर्ण रोगको निःशुल्क परीक्षण गरिएको थियो । रुपन्देहीको बुटवलमा रहेको बुटवल ग्याष्ट्रो सेन्टर प्रालिको प्राविधिक सहयोग तथा स्थानीय थाप्ले क्लवले संयोजनमा भएको शिविरमा एक सय ५० बढी विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । ग्रामिण क्षेत्रमा गरिएको शिविरमा पहिलो पटक निःशुल्क इन्डोस्कोपी सेवा दिइएको ग्याष्ट्रो प्रालिले जनाएको छ । सामान्यदेखि जटिल सम्मका पेटका विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको शिविरमा २५ जनाको निःशुल्क इन्डोस्कोपी गरिएको प्रालिका बरिष्ट ग्याष्ट्रोइन्टेरो…
गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा
स्वास्थ्यसमाचार /गुल्मीमा करिब डेढ वर्षसम्म सेवा बन्द भएको एम्बुलेन्स सञ्चालनमा आएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका – ९ अर्लाङ्कोटमा अर्लाङ्कोट सेवा समाज जापानको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा बन्द भएको डेढ बर्षपछि पुन: सञ्चालनमा आएको हो । करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई सञ्चालन गर्नका लागि नयाँ समिति गठन गरिएको छ । समितिको निर्णय अनुसार एम्बुलेन्स मर्मत गरि सञ्चालन गरिएको अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो । तत्काल एम्बुलेन्स चालक नहुँदा नियुक्ति प्रक्रिया अगाडी बढाउने भन्दै कुशल चालकको रुपमा अर्लाङ्कोटका स्थानीयलाई ग्राहयता दिइने उहाँले बताउनुभयो ।चालक नियुक्ति नहुँदासम्म समितिका हरिप्रसाद खरेललाई एम्बुलेन्स…
लुम्बिनीमा ३६.४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता ७ प्रदेशमै बढी
स्वास्थ्यसमाचार/सुर्तीजन्य पदार्थको सेवनकर्ता सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनसम्बन्धी घोराहीमा राखिएको अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले लुम्बिनी प्रदेशमा ३६ दशमलव ४ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनीपछि सुदूरपश्चिम प्रदेशमा ३३ दशमलव ७ प्रतिशत सेवनकर्ता रहेका छन । सबै भन्दा कम प्रयोगकर्ता बागमती प्रदेशमा २२ दशमलव ९ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्टेप्स सर्वेक्षण २०१९ अनुसार हाल सुर्तीजन्य पदार्थ सेवन गर्नेको प्रतिशत २८ दशमलब ९ प्रतिशत रहेको जानकारी दिइएको…
गर्मी बढेसंगै स्वास्थ्यमा असर पर्ने भन्दै बुटबलले दियो २ दिने सार्वजानिक बिदा
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगर भित्रका सबै बिद्यालयमा सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगर पालिकाले आज एक सार्वजनिक सुचना जारी गर्दै बैसाख २० र २१ गते बिद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सुचनामा केहिदिन यता तातो हावा चल्न थालेकोले बिद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकोले बैसाख २० गते बिहिवार र २१ गते सुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिईएको छ। गर्मीले बिद्यार्थीहरुमा समस्या देखिएकोले बिद्यालय बिदा दिनुपर्यो भन्ने अभिभावकहरुको समेत गुनासो र सुझावका आधारमा…
गर्मीबाट बच्नको लागी यी उपायहरु अपनाउनुहोस्
स्वास्थ्यसमाचार/पछिल्ला दिनमा गर्मी अत्याधिक बढ्दो छ। स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुन्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ। हलुका रङको लुगा लगाउनुहोस्ः कपासबाट बनेको हलुका रङको लुगा लगाउनाले शरीरलाई चिसो राख्न मद्दत गर्छ। गाढा रङका वा भारी लुगा लगाउनबाट जोगिनुहोस् किनकि यसले शरीरमा छिटो ताप पार्न सक्छ र तपाईंलाई असहज महसुस गराउन सक्छ। सकभर यो मौसममा सेतो रङको हलुका कपडा लगाउन राम्रो हुन्छ। आफूलाई हाइड्रेटेड राख्नुहोस्ः यो मौसममा हाम्रो शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र तरल पदार्थ पिउनु आवश्यक छ। विज्ञहरूले…
डाक्टरमाथि कुटपिटमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग
स्वास्थ्यसमाचार/काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका अनुसार सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा डा बिनिता प्रधान र डा पूजा शाहमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्तिमा भनेका छन् । उपचारमा कुनै त्रुटि भएको शंका लागे…
UCMS’s ’25th General Assembly’ treated more than 1 lakh 50 patients annually
Health News / The 25th Annual General Meeting of Universal Institute of Advanced Studies and Research Center Pvt. Ltd. (UCYMUS Teaching Hospital) has been completed in Bhairahawa. The ’25th Annual General Meeting’ was held under the chairmanship of UCMS Teaching Hospital President Ramesh Sharma and company secretary Raju Basnet Chhetri. The managing director of the organization, Khuma Aryal, expressed his opinion on the questions and inquiries raised by the shareholders participating in the general meeting. The annual report presented by Chairman Ramesh Sharma and the financial statements presented by Company…
स्वास्थ्यमन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता
स्वास्थ्यसमाचार/उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले महासचिव एन्टिोनियो गुटेरेससँग भेटवार्ता गरेका हुन। भेटकाक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन्। त्यसैगरी जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यहरूका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौतीपूर्ण भएकाले राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएकामा जोड दिएका…