रुपन्देहीमा पहिलो रक्तदाता मृगेन्द्र शेरचनसहित ६४ जनालाई सम्मान

स्वास्थ्यसमाचार/ विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ।  रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस २०८२को अवसरमा आयोजित रक्तदाता सम्मान कार्यक्रममा नियमित रक्तदान गर्नेलाई सम्मान गरिएको हो। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, जिल्ला सभापति रामचन्द्र उपाध्याय, उपसभापति एवं रक्तसञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङ लगायतले सम्मान गरेका थिए । अग्रज सम्मानित अन्तरगत यस क्षेत्रको पहिलो रक्तदाता मृगेन्द्र शेरचन, चित्रमान गौचन लगायत ५ जनालाई सम्मान गरिएको थियो भने स्वर्ण पदकमार्फत ७ जना, रजत…

रूरूक्षेत्र गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पेन्सन योजना सुरु

स्वास्थ्यसमाचार/गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता कार्यक्रम सम्पन्न भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको हो ।गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष ज्ञवाली र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबीच पेन्सन सम्झौता कार्यक्रममा हस्ताक्षर भएको छ ।यसरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना सम्झौता गर्ने रूरूक्षेत्र गाउँपालिका नेपालमै पहिलो पालिकाका रुपमा रहेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरे, बुटवल…

डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्ष, महासचिवमा धामी विजयी

स्वास्थ्यसमाचार/ एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा पहिलोपटक चिकित्सक पृष्ठभूमिका विद्यार्थी नेता अध्यक्ष निर्वाचित भएका छन् । अनेरास्ववियुमा डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएसँगै उनकै समूहका इन्जिनियर विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्षमा डाक्टर र इन्जिनियर निर्वाचित भएजस्तै केन्द्रीय सचिवालय र सदस्यमा पनि प्राविधिक क्षेत्रका डाक्टर र इन्जिनियरहरू निर्वाचित भएका छन् । चुनावी नतिजा अनुसार उपमहासचिवमा इन्जिनियर रचना सापकोटा निर्वाचित भएकी छन् । त्यसैगरी सचिवालय सदस्यमा बागमती प्रदेशबाट इन्जिनियर नविन्द्र चालिसे, गण्डकी प्रदेशबाट इन्जिनियर किशोरचन्द्र सुवेदी, सुदूरपश्चिमबाट इन्जिनियर रोशन बहादुर साउद, विश्वविद्यालय कमिटीमा इन्जिनियर विशाल आचार्य र खुला…

आगामी भदौबाट ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँने

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थ नगरपालिका—८ अन्नपूर्ण टोलमा १सय ५० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष कमल भण्डारीले भदौं महिनाबाट सञ्चालनमा आउने एडभान्स अस्पतालले अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा प्रदान गर्नेे जानकारी दिए । ३ अर्ब ९२ करोड रुपैयाँ लागतमा स्थापना भएको यो हस्पिटल १ विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सात तलाको अत्याधुनिक भवनबाट अस्पतालले सेवा प्रदान गर्नेछ । ‘अहिले स्ट्रक्चरको काम सकिएको छ, इन्टेरियरको काम गर्दैछौं,’ अध्यक्ष भण्डारीले भने, ‘इक्वीपमेन्ट भित्र्याउँदैंछौं । भदौंबाट लेटेष्ट टेक्नोलोजी बाट बिरामीलाई सेवा प्रवाह गर्ने लक्ष्य छ ।’ उनकाअनुसार अस्पतालले…

स्वयंसेवी महिलामार्फत डेंगु सचेतना अभियान अघि बढाउँदै तिलोत्तमा नगरपालिका

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले डेंगु रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा भित्रका स्वयमसेवी महिलाहरूमार्फत डेंगु सचेतना फैलाउन सहज हुने भन्दै नगरपालिकाले बिहिबार नगरभित्रका स्वयंसेवी महिलाहरुविचमा कार्यक्रम गरेको हो । कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरभित्रका स्वास्थ्य सचेतनामा स्वयंसेवी महिलाले गरेका कामको प्रशंसा गर्दै डेंगु सचेतनामा पनि उहाँहरुलाई अगाडी सार्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो । नगरप्रमुख खाँणले तिलोत्तमा नगरवासी महिला स्वयसेवीहरुको सकृयताका कारण र पिउने पानीका कारण अन्य स्थानको भन्दा स्वस्थ रहेको समेत दावी गनुभयो । कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक टोलटोलमा घरघर संग स्वयंसेवी महिला नजिक भएको…

सङ्घीयता बोझिलो भयो, आधा सांसद घटाएमात्रै चल्छ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ । बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनु भयो । उहाँले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गर्नुभयो । उहाँले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गर्नुभयो । उहाँले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव…

दर्ता बिना संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

स्वास्थ्यसमाचार/ जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ता विनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ ।  अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिना संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताए । ‘दर्ता विनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’,…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको २० औं स्थापना दिवसमा ५५ पोका रगत संकलन

स्वास्थ्यसमाचार/  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।दिवसका अवसरमा लुम्विनी प्रादेशिक अस्पतालमा रक्तदान एवं राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र राष्ट्रिय चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरी सम्पन्न गरिएको हो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रुपन्देही र बिशेष जिल्ला कार्यसमिति लुम्विनी प्रादेशिक अस्पताल बुटवलको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राबिधिक सहयोगमा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन राष्ट्रिय…

भैरहवाको एडभान्स इन्टरनेशनल हस्पिटलले माग्यो १९६ नर्स सहित ५७२ जनशक्ति

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा रहेको एडभान्स इन्टरनेशनल हस्पिटलले विभिन्न पदमा जनशक्ति माग गरेको छ। एक सय ५० बेडको अस्पताल सञ्चालन लागी ठूलो संख्यामा जनशक्ति माग गरेको हो। अस्पतालले १सय २ चिकित्सक १सय ९६ नर्स २० हेल्थ असिस्टेन्ट सहित अन्य कर्मचारी गरि ५सय ७२ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ। अस्पतालले निकालेको सूचना अनुसार कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर नर्सिङ अधिकृत फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ। एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल हुने अस्पतालले जनाएको छ । तीन अर्ब ७५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनमा आउन लागेको हो । आउँदो…

डा.ढकाल र डा.श्रेष्ठ अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२ औं तह) डा केशरबहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठ बढुवा भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ढकाल र डा श्रेष्ठलाई अतिरिक्त स्वास्थ्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि गत १ जेठमा बसेको बढुवा समितिको बैठकले बढुवाका लागि डा ढकाल, डा श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो । त्यसमा एक नम्बरमा डा ढकाल र दुई नम्बरमा डा श्रेष्ठको नाम थियो ।