स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा रहेको एडभान्स इन्टरनेशनल हस्पिटलले विभिन्न पदमा जनशक्ति माग गरेको छ। एक सय ५० बेडको अस्पताल सञ्चालन लागी ठूलो संख्यामा जनशक्ति माग गरेको हो।
अस्पतालले १सय २ चिकित्सक १सय ९६ नर्स २० हेल्थ असिस्टेन्ट सहित अन्य कर्मचारी गरि ५सय ७२ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ।
अस्पतालले निकालेको सूचना अनुसार कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर नर्सिङ अधिकृत फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ।
एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल हुने अस्पतालले जनाएको छ । तीन अर्ब ७५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनमा आउन लागेको हो ।
आउँदो सेप्टेम्बरबाट अस्पताल सञ्चालनमा आउने सञ्चालक कमल भण्डारीले बताउनु भयो । काठमाण्डौ वाहिरका अस्पतालमा यो हेलीप्याड सहितको सुबिधा सम्पन्न अस्पताल हुने अस्पतालले जनाएको छ ।
एड्भान्सका संस्थापहरूसँग यसअघि नेपालगन्ज मेडिकल कलेज, सञ्जीवनी नर्सिङ कलेज र सिटी अस्पताल सञ्चालनको अनुभव छ ।
यस्तो छ जनशक्ति मागको सुचना
प्रतिकया दिनुहोस्