आगामी भदौबाट ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँने

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थ नगरपालिका—८ अन्नपूर्ण टोलमा १सय ५० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष कमल भण्डारीले भदौं महिनाबाट सञ्चालनमा आउने एडभान्स अस्पतालले अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा प्रदान गर्नेे जानकारी दिए । ३ अर्ब ९२ करोड रुपैयाँ लागतमा स्थापना भएको यो हस्पिटल १ विगाहा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सात तलाको अत्याधुनिक भवनबाट अस्पतालले सेवा प्रदान गर्नेछ । ‘अहिले स्ट्रक्चरको काम सकिएको छ, इन्टेरियरको काम गर्दैछौं,’ अध्यक्ष भण्डारीले भने, ‘इक्वीपमेन्ट भित्र्याउँदैंछौं । भदौंबाट लेटेष्ट टेक्नोलोजी बाट बिरामीलाई सेवा प्रवाह गर्ने लक्ष्य छ ।’ उनकाअनुसार अस्पतालले…

बुद्धभूमिमा मेडिटेक हस्पिटलको स्वास्थ्य शिविरमा ४१७ ले लिए सेवा

स्वास्थ्यसमाचार/कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ चौरीमा संचालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय १७ जनाले सेवा लिएका छन् । शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा भएको स्वास्थ्य शिविरबाट ४ सय १७ जनाको स्वास्थ्य जाँच गरिएको वडा अध्यक्ष रोम थापाले बताए । शिविरमा १ सय ४७ जनाको ल्याब परिक्षण, १ सय ५ जनाको इसिजी र सबै बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको थापाले बताए । स्वास्थ्य शिविरको उद्घाटन गर्दै मेयर केशव कुमार श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरको भरपुर उपयोग गर्न आग्रह गरे । यस्ता शिविरले विपन्न तथा आर्थिक अवस्थाकै कारण बुटवल जान नसकेका…

अर्घाखाँचीको भूमिका स्थानमा मेडिटेक इन्टरनेश्नल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर ६सय१६ले सेवा लिए

स्वास्थ्यसमाचार/अर्घाखाँचीको भूमिकास्थान–४, धारापानीमा सञ्चालन भएको बिशेषज्ञ सेवा सहितको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले सेवा लिएका छन् । भूमिकास्थान नगरपालिकाको आयोजना, देउराली यातायात अर्घाखाँची प्रा.ली.को सह–आयोजना र मेडिटेक इन्टरनेश्नल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा संचालित शिविरमा ६ सय १६ जनाले सेवा लिएका हुन् । धारापानी स्वास्थ्यचौकीको प्राङ्गणमा एक दिन शनिबार मात्र सञ्चालन भएको शिविरमा भूमिका स्थानको धारापानी र ढाकावाङ अधिकांश नागरिकले सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले जानकारी दिनुभयो । धारापानी स्वास्थ्यचौकी प्रमुख रामु के.सी.का अनुसार १ सय ५३ जनाले ल्यावको सेवा लिनुभएको छ…