केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

स्वास्थ्यसमाचार/ सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड ) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । सिजनमा प्राकृतिक रुपमा पाकेको फलफूलमात्र खान स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । राम्रो मूल्य आएको भन्दै…

प्रसुतिसेवा दिने बरदान क्लिनिकमा अनुगमन टोलीको ताला

स्वास्थ्यसमाचार/ प्रसुतिसेवा दिने बरदान क्लिनिक दर्ता विनानै सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले ताला लगाइदिएको छ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले अनुगमन गर्दा क्लिनिक दर्ता नभई सञ्चालन भएको भेटिएपछि ताला लगाएको हो । फार्मेसी भने खुल्ला छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बरदान क्लिनिक प्रा.लिको ओपीडि, ल्याव, भिडियो एक्सरे बन्द गराइएको बताए । ‘दर्ता विना नै सञ्चालन भएको भेटिएपछि ताला लगाएका छौ । आवश्यक दर्ता प्रक्रिया पुरा गरेर आएपछि मात्र ताला खुल्नेछ’ उनले भने । बरदान क्लिनिकका सञ्चालक डा. मिलन अधिकारी हुन । लामो समय देखि…

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने

स्वास्थ्यसमाचार/ श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता…

बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ क्लिनिक बन्द

स्वास्थ्यसमाचार / बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक लाई बन्द गराइएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी रानाले वर्षौँदेखि अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल,…

विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले उच्च सतर्कता आवश्यक भएको बताउनुभयो । `मनसुनजन्य विपदबाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आँकलन गरिएको छ । त्यसैले क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरी उच्च सतर्कताका साथ खटिन आवश्यक छ,´ उहाँले भन्नुभयो-`समुदायको परिचालनमार्फत मात्रै विपदबाट हुने क्षति…

कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका हुन् । विश्व वातावरण दिवस ९जुन ५० अर्थात् २०८२ जेठ २२ गते बिहिबारको दिन देखि लागु हुने गरी कार्यालयहरु प्लाष्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गरेका हुन् । पार्टीको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह,सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लाष्टिकरहित क्षेत्र बनाउने बताए…

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

स्वास्थ्यसमाचार/दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । तत्कालीन अवस्थामा बिरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो । तर, बिरामीको चाप पनि बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताउनुभयो । “हाम्रो दरबन्दी ५० शय्याकै छ”, उहाँले भन्नुभयो, “तर, हामीले १४४ शय्याको सञ्चालन गरेका छौँ, यसले हामीलाई निकै भार थपेको छ ।” अहिले…

फार्मेसी संघद्वारा निःशुल्क आँखा परीक्षण

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले पछिल्लो सयममा विभिन्न कारणले साना बालबालिकाको आँखामा समस्या आईरहेको उल्लेख गर्दै आखाँ शिविरबाट त्यस्ता समस्याको पहिचान र उपचारमा मद्धत पुग्ने बताउनु भयो । उहाँले बुटवको केन्द्र भारमा भएपनि तिलोत्तमा माध्यमिक विद्यालयमा गरिव तथा विपन्न परिवारका बालबालिका रहेको बताउँदै यो विद्यालय छनौट गरेकामा फार्मेसी संघलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. पौडेल, महासचिव बने सिंह

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा सन्तोष पौडेल चुनिएका छन् । राजधानीमा गत शनिबार देखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट डा पौडेल अध्यक्षमा चयन भएका हुन् । यसअघि उनी महासचिव थिए । यसैगरी संगठनको उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल चयन भएका छन् । महासचिव पदमा भीमराज सिंह चयन भएका छन् । उनी यसअघि उपाध्यक्ष थिए । यसैगरी उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन् । नौ सदस्यीय पदाधिकारीमा सहमति जुटेको भन्दै अपरान्ह तिर नै नाम घोषणा…

शुद्धोदन पूर्ण संस्थागत प्रसुतियुक्त, जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

स्वास्थ्यसमाचार/शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुति युक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका संयोजक उमाकान्त चापागाईं लगायतले सो घोषणा गर्नुभएको थियो। स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै गाउँपालिकाले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवा युक्त पालिका घोषणा गरिएको शुद्धोदन स्वास्थ्य सेवा शाखा…