स्वास्थ्यसमाचार /नेपालगञ्जको भेरी अस्पताल यसवर्ष पनि केन्द्रीय अस्पतालहरुमा उत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट भएको हो। भेरी अस्पताल तेस्रोपटक उत्कृष्ट अस्पताल हुन सफल भएको हो। न्यूनतम सेवा मापदण्ड ८० प्रतिशत अंक प्राप्त गरेर यस वर्ष उक्त अस्पताल उत्कृष्ट अस्पताल हुन सफल भएको हो । अघिल्लो मूल्यांकनमा अस्पतालले ६१ प्रतिशत र ६७ प्रतिशत अंक पाएको थियो । अस्पताललाई तेस्रो पटकसम्म उत्कुष्ट अस्पताल बनाउन सहयोग गर्ने विकास समिति, मेडिकल सुपरिटेन्डेन्ट,चिकित्सक नर्सिङ, तथा अन्य स्वास्थ्य कर्मचारी सेवाग्राही…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यमन्त्री पुन द्धारा बर्दिया अस्पतालमा डायलाइसिस सेवा सुभारम्भ
स्वास्थ्यसमाचार/बर्दियामा होमो डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलासिस मेसिन आएको लामो समय बित्दा पनि जनशक्ति अभावले सञ्चालन हुन नसेको सेवा आज देखि सञ्चालन भएको हो । डायलाइसिस सेवा सञ्चालन भएपछि बर्दिया जिल्लाबाट नेपालगन्ज कोहोलपुरलगायतका स्थानमा डायलाइसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरू हप्ताको तीनपटकसम्म डायलाइसिस गर्नका लागि नेपालगन्ज, कोहलपुरलगायतका स्थानमा जाने गरेका थिए । बर्दियामा हाल करिब दुई सयजना नियमित डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगी रहेको स्वास्थ्य कार्यालय बर्दियाको अनुमान छ। उनीहरू नेपालगन्ज, कोहलपुर, काठमाडौंलगायत भारतको विभिन्न स्थानमा उपचार गराइरहेका छन् । पहिलो दिनमै…
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
स्वास्थ्यसमाचार /स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ । कार्यालयले बैशाख १० गते पहिलो पटक सूचना प्रकाशित गरी ३५ दिने सूचना जारी गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ (पाचौं संशोधन सहित) बमोजिम रुपन्देही जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको स्थापना, संचालन अनुमति प्रदान तथा नवीकरण स्वास्थ्य कार्यालयले गर्ने स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको…
के डिप्रेसन वंशानुगत हुन्छ ?
स्वास्थ्यसमाचार/तपाईंको परिवारमा आमाबुबालाई वा दाजुभाई दिदीबहिनीलाई डिप्रेसन छ भने तपाईंलाई पनि त्यसको चिन्ता लाग्न सक्छ । के घरका अन्य सदस्यलाई डिप्रेसन हुँदा हामीलाई पनि सोही समस्या हुन्छ त रु यसमा धेरैको चासो र चिन्ता हुनु स्वभाविक हो । डिप्रेसन हिजोआज सामान्य स्वास्थ्य समस्या भइसकेको छ । ६ जना वयस्क मध्ये एकजनालाई जीवनको कुनै न कुनै समयमा डिप्रेसन हुने गरेको अमेरिकाको सिडीसीले गरेको अनुसन्धानले देखाएको छ । त्यसो त डिप्रेसन वंशाणुगत रुपमा नै लाग्ने भन्ने चाहीँ होइन । जोसुकै उमेर, लिंग र भूगोलको मान्छेलाई डिप्रेशन हुन्छ । तर, वैज्ञानिकहरुले परिवारका सदस्यलाई…
भोलि वैशाख ११ गते सार्वजनिक बिदा
स्वास्थ्यसमाचार/सरकारले भोलि वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रीपरिषद्को आजको बैठकले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले बिदा दिएको हो।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् ।उनको दुई दिनको राजकीय भ्रमण हुनेछ ।
मनोपरामर्श भनेको के हो ? :खिमबहादुर पौडेल
मनोपरामर्श भन्दा अगाडी हामीले मनोबिज्ञान (साइकोलोजी) बुझ्नु पर्ने हुन्छ । साइकोलोजी शब्द ग्रीक शब्दबाट लिइएको हो जसको अर्थ आत्माको अध्ययन भनेर बुझ्ने गरिन्थ्यो भने आधुनिक विज्ञानले मनको बिज्ञान भनेर व्याख्या गरेको छ । परामर्श हाम्रो समाजको उत्पत्ति संगै शुरु भएको पाइन्छ । परामर्श हाम्रो घर र समाजमा हजुरबुवा, हजुरआमा, आमाबुवा र समुदायका नेतृत्वबाट मानव अनुभव प्राप्त गर्ने प्राकृतिक जस्तैको रुपमा हुदै आएको छ । मानव सभ्यताको बिकासक्रममा औधोगिक क्रान्ती पछी धेरै मानिसहरु शहरमा बसाइ सराइ गरी आउनेक्रम बढ्यो र तिनीहरुले परम्परागत रुपमा आफ्नो घर र समाजबाट प्राप्त भैराखेको परामर्शदाताबाट अलग…
नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ र दशौँ तहका चिकित्सक तथा नर्सिङ प्रशासक गरी कुल १० जनालाई सरुवा, कामकाज र पदस्थापन गरी नयाँ ठाउँमा पठाएको छ । मन्त्रालयको आइतबारको निर्णय अनुसार छ जनाको सरुवा, तीन जनाको पदस्थापन र एक जनालाई कामकाजमा नयाँ जिम्मेवारी तोकिएको हो । त्यसमा एक जना नर्सिङ प्रशासक छन् भने बाँकी सबै चिकित्सक हुन् । मन्त्रालयका अनुसार भेरी अस्पतालका इएनटी सर्जन दशौँ तह डा. रवि भुषण सुुवाललाई वीर अस्पतालमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्यको पुल दरबन्दीमा रही वीर अस्पतालमा कामकाजमा रहेकी एनेस्थेसियोलोजिष्ट दशौँ तह डा. लुना शर्मा…
स्वास्थ समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्दछ : मन्त्री पुन
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताउनु भयो । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह अध्ययरत विद्यार्थीका स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटन कार्यक्रम पुनले यस्तो बताउनु भएको हो। मन्त्री दिपेन्द्रकुमार पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताउनु भयो।हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उहाँले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताउनु भएको छ । आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कुरा जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै…
निजीमा पूर्णकालीन काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको निगरानी
स्वास्थ्यसमाचार/बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ । ‘प्रचलित कानून र…
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको काम शुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक अस्पताल भवन निर्माणको काम शुरु भएको हो । नयाँ भवन निर्माणका लागि पुराना संरचना हटाउने काम थालिएको छ । अस्पतालको पुरानो बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), अन्तरङ्ग (इन्डोर) सेवा रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन भत्काएर नयाँ संरचनाको काम थालिएको छ । दैनिक हजारौंको संख्यामा उपचारका लागि आउने अस्पताल भएकोले संरचना हटाउँदा धुलो तथा वायु प्रदूषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम गरिरहेको आयोजनाका साइड इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो ।…