डा.ढकाल र डा.श्रेष्ठ अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव (१२ औं तह) डा केशरबहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठ बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डा ढकाल र डा श्रेष्ठलाई अतिरिक्त स्वास्थ्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गत १ जेठमा बसेको बढुवा समितिको बैठकले बढुवाका लागि डा ढकाल, डा श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस गरेको थियो । त्यसमा एक नम्बरमा डा ढकाल र दुई नम्बरमा डा श्रेष्ठको नाम थियो ।

 

सम्बन्धित शिर्षक :