स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले डेंगु रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा भित्रका स्वयमसेवी महिलाहरूमार्फत डेंगु सचेतना फैलाउन सहज हुने भन्दै नगरपालिकाले बिहिबार नगरभित्रका स्वयंसेवी महिलाहरुविचमा कार्यक्रम गरेको हो ।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरभित्रका स्वास्थ्य सचेतनामा स्वयंसेवी महिलाले गरेका कामको प्रशंसा गर्दै डेंगु सचेतनामा पनि उहाँहरुलाई अगाडी सार्न कार्यक्रम गरिएको जानकारी गराउनुभयो । नगरप्रमुख खाँणले तिलोत्तमा नगरवासी महिला स्वयसेवीहरुको सकृयताका कारण र पिउने पानीका कारण अन्य स्थानको भन्दा स्वस्थ रहेको समेत दावी गनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक टोलटोलमा घरघर संग स्वयंसेवी महिला नजिक भएको र आम नागरिकको विश्वास स्वयंसेवी महिलामाथि रहेको कारणले पनि यो कार्यक्रम गरिएको बताउनुभएको छ । उपप्रमुख चौधरीले आवश्यक तालिम दिन नगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा स्वयसेवीको कामको उचित मुल्यांकन पनि गर्ने गरी नगरपालिका लागेको समेत बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले स्वागत संगै स्वास्थ्य शाखाले गरेका काम र महिला स्वयम सेवीलाई जोड्दै अगाडि बढ्नका लागि गरिएका प्रयासका विषयमा बोल्नुभएको थियो ।
तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत छैठौं अधिकृत रामप्रसाद ढकालले कार्यक्रमको सहजीकरण गर्दै नागरिकका घरदैलोमै सेवा प्रवाह गर्नका लागि प्रतिनिधिमुलक सहभागितामा कार्यक्रम आयोजना गरिएको भन्दै त्यसै अनुरुप लाग्न आग्रह गर्नुभएको छ ।
यसैवीच बिहिबार नै स्वास्थ्य शाखाले सामुदायिक विद्यालय र कार्यपालिका सदस्यहरुका विचमा पनि डेंगु सचेतना कार्यक्रम सम्पन्न गरेको छ । डेंगु सचेतना फैलाउनका लागि छुट्टाछुटै कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिकया दिनुहोस्