बुटवलले आगामी बजेटमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकता दिने

स्वास्थ्यसमाचार बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए।उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए। उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले…

शल्यक्रिया र प्रत्यारोपण सामग्री अस्पताल फार्मेसीमै उपलब्ध गराउन स्वास्थ्यको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुमा प्रयोग हुने पेसमेकर, हाडजोर्नीको शल्यक्रिया गर्दा राखिने प्लेट जस्ता बिरामीको उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो बढ्दै गएको छ ।यसअघि स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेल गुनासो सम्बोधन गर्न शल्यक्रियाका लागि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए । सोहीअनुसार सचिवस्तरीय…

अख्तियारले चासो देखाएको भन्दै राप्तीले हटायो चारजना चिकित्सक सहित ७२ कर्मचारी

स्वास्थ्यसमाचार/राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियर लगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्स लगायत चालकसमेत हटाउनु परेकामा रहेका छन् । नगरपालिकाले सूचना जारी गर्दै यही आजदेखि लागू हुनेगरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ । नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख शैलेन्द्र भण्डारीद्वारा जारी सूचनामा आन्तरिक आम्दानीको सुनिश्चितता नभएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएकाले बाध्य भएर कर्मचारी हटाउनु परेको उल्लेख छ…

पाठेघरको मुखको क्यान्सर पहिचानका लागि लुम्बिनीमा स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार / लुम्बिनी सांस्कृतिक नगरपालिकाको आमा स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ गर्ने उद्देश्यले VIA (Visual Inspection with Acetic Acid) परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमानले गर्नुभयो। शिविरमा ८१ जना महिलाले सेवा लिएका थिए, जसमा ७८ जनाको VIA परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३ जनामा VIA पोजिटिभ पाइयो। त्यसैगरी, ३ जनामा पाठेघरमा पोलिप्स देखिएको थियो भने ३ जना बिरामीको पाठेघर झरेको पाइएको हुँदा उनीहरूलाई रिङ पेसरी राखी सेवा प्रदान गरिएको थियो। शिविरमा परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि…

यु.सि.यम.यस. भैरहवामा ‘शल्यक्रिया सेफ्टी चेकलिष्ट’ कार्यशाला सम्पन्न

स्वास्थ्यसमाचार/यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा एक दिने ‘शल्यक्रिया कक्षमा विरामीको सुरक्षा वृद्धि डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ (WHO Surgical Safety Checklist: Enhancing Patient Safety in the Operating room ) विषयक कार्यशाला सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शल्यक्रिया सेफ्टी चेक लिष्ट अनुरुप प्रशिक्षार्थीहरूलाई मास्टर कक्षा सहित स्किल ल्याबमा प्रयोगात्मक रुपमा म्यानिकुइनमा सिकाइएको थियो । कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका प्राचार्य तथा एनेस्थेसिया विभागकी प्रमुख प्रा.डा.लक्ष्मी पाठक तथा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह हुनुहुन्थ्यो । कार्यक्रममा शल्यक्रिया विशेषज्ञ डा.सगुन थापा…

“सिकलसेल रोकथामका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाइने”

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले सिकलसेल रोकथामका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाइने वताउनु भयो । स्वास्थ्य निर्देशनालय लुम्बिनीले तिलोत्तमामा आयोजना गरेको हेमोग्लोविनोप्याथी सम्बन्धी स्वास्थ्यकर्मी तथा सरोकारवाला संग पैरवी अभिमुखीकरण कार्यक्रममा वोल्दै नगर प्रमुख खाँणले स्वास्थ्य कार्यलय संग सहकार्य गरेर यो रोगलाई न्यूनिकरण गर्न लाग्ने बताउनु भयो। स्वास्थ्य कार्यलय रुपन्देही ,छिमेकी पालिका संग पनि सहकार्य गरेर सिकलसेल रोगलाई न्यूनिकरणमा लाग्ने बताउनु भयो । उहाँले आगामी बर्ष देखी थप बजेट रोकथाम गर्नको लागी सचेतनाका कार्यक्रम सुरु गर्ने बताउदै रोकथामका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो…

व्यवसायीको गुनासो: अवैध पसल र झोलामा औषधी बिक्रीले समस्या

स्वास्थ्यसमाचार/ नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यवस्था र औषधिजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भुमिका र महत्व…

मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यकाे आह्वान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गर्नु भएको छ । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ,झ मुख्यमन्त्री आचार्यले भन्नुभयो, अहिले गरिने पूर्वतयारीले विपद्बाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।झ उहाँले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि…

धुर्कोट पूर्ण खोप, पोषण मैत्री र संस्थागत सुत्केरी सेवा सुनिश्चितता पालिका घोषणा

स्वास्थ्यसमाचार/ धुर्कोट गाउँपालिकाको आयोजनामा पूर्ण खोप, पूर्ण पोषण मैत्री तथा पूर्ण संस्थागत सुत्केरी पालिका सुनिश्चितता तथा निरन्तरता घोषणा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप तथा प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक द्रोण बहादुर खत्रीले धुर्कोट गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा धुर्कोट गाउँपालिकाद्वारा सबै स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका नर्सिङ अधिकृत मुना थापा पुन र धुर्कोट आधाभुत अस्पतालका डाक्टर लाल बहादुर खत्रीलाई दोसल्ला सहित सम्मान पत्रले समेत सम्मान…

विश्व वातावरण दिवसमा तिलोत्तमा–३ मा कपडाको झोला वितरण, प्लास्टिक न्यूनीकरणमा जोड

स्वास्थ्यसमाचार/ विश्व वातावरण दिवसको अवसर पारेर तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को आयोजनामा र डिभिजन वन कार्यालय, रुपन्देहीको आर्थिक सहयोगमा झोला वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले वातावरण संरक्षणमा स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै यस्तो किसिमको सचेतनामूलक कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। नगरप्रमुख खाणले भन्नुभयो हामीले आज जुन सानो प्रयास गरेका छौँ, त्यसको दीर्घकालीन प्रभाव ठूलो हुन्छ। प्लास्टिकजन्य फोहोरले हाम्रो माटो, पानी, वन्यजन्तु र मानव स्वास्थ्यमा असर पारिरहेको छ। यस्तो अवस्थामा कपडाका झोला प्रयोग गरेर हामी वातावरणमैत्री जीवनशैलीतर्फ उन्मुख हुनुपर्छ।…