सङ्घीयता बोझिलो भयो, आधा सांसद घटाएमात्रै चल्छ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सङ्घीयता आवश्यक रहेको तर बोझिलो भएको बताउनुभएको छ । बिहीवार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको प्रदेश स्तरीय समीक्षा’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू सङ्घीयताको विरोधी नरहेको बताउँदै मन्त्री मात्रै हुने सङ्घीयताको अर्थ नभएको बताउनु भयो । उहाँले ५०० बढी सांसद हुने सङ्घीयता नरहेको समेत जिकिर गर्नुभयो । उहाँले तीन तहको सरकार भएपनि तीन देशको सरकार भएको जस्तो देखिएको जिकिर गर्नुभयो ।

उहाँले स्रोत सङ्घबाट चाहिने र अन्य विषयमा सहकार्य नगरे पनि नहुने भाव प्रदेश र स्थानीय तहमा देखिएको जिकिर गर्नुभयो । उहाँले सङ्घीयता भित्रै तीन तहका सरकारहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा सङ्घीयता आयो, यो तिन तहको सरकार छ नि तिन देशको जस्तो छ । मिलेर केही पनि काम गर्नहुन्न भन्ने जस्तो छ । स्रोत चाहिँ सङ्घबाट चाहियो, अरू सहकार्य नगरे पनि हुन्छ जस्तो छ ।

सङ्घीयता भित्र पनि कतिपय कुराहरू मिलेर मात्रै गर्नुपर्ने हुन्छ, जस्तो स् स्वास्थ्य । जनकपुरको नागरिक पालिकाको पनि नागरिक हो, मधेस प्रदेशको पनि नागरिक हो र नेपाल देशको पनि नागरिक हो । तीन तहको नागरिक छुट्टाछुट्टै हुन्छ रु यो तीन तहको सरकार एउटै नागरिकको सेवा गर्न बनेको होला नि  त्यसैले यसमा सहकार्य गर्न आवश्यक छ ।

यसमा सङ्घीयता विरोध कुरा ग(यो भन्ने सुनिन्छ तर म सङ्घीयता विरोधी हुँदै होइन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा यहाँहरूले सुन्नुभएको छ, सङ्घीयता चाहिन्छ, तर यो बोझिलो भयो । मन्त्री मात्रै हुने सङ्घीयता अर्थ छैन । यो ५०० जति सांसद हुने सङ्घीयता अर्थै छैन ।”

उहाँले अहिले भइरहेको चालु खर्चमा आधा घटाउन सक्नुपर्नेमा जोड दिँदै आधा घटाउनसके मात्रै सङ्घीयता चल्ने बताउनु भयो ।

सम्बन्धित शिर्षक :