‘आमा नै घरको प्रथम चिकित्सक’ अभियानमार्फत योग, ध्यान र भान्सा सुधारमा तिलोत्तमाको ध्यान

स्वास्थ्यसमाचार/ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख ९मेयर० रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरबासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण गर्न आयुर्वेद जीवनशैली भान्सा सुधार, योग ध्यान साधना कार्यक्रमलाई प्राथमिकता दिइने नगरप्रमुख खाणले बताउनुभयो।

सम्बन्धित शिर्षक :