कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्थित बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् ।

१६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए ।

जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनिका सबै बालबालिकाहरु पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए । कपिलवस्तुलाई पुर्ण खोपको प्रमाण पत्र हस्तान्तरण गर्दै मन्त्री सारुले यो घोषणालाई दिगोपन राख्नु पर्ने बताए ।

उनले प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सबैले गम्भीररुपमा लिनु पर्ने बताए । कार्यक्रममा १० पालिकाका ५० बढी महिला स्वयंसेविका र स्वास्थ्यकर्मीलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले यो घोषणाले पछि परेको कपिलवस्तुको अवस्थामा केही सुधार आउने दाबी गरे । स्वास्थ्य क्षेत्रलाई सबै मिलेर बलियो बनाउनु पर्ने उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक :