प्रादेशिक अस्पतालमा रेडियोग्राफरहरूको कालोपट्टी बाँधेर आन्दोलन

स्वास्थ्यसमाचार/ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए ।

नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्दै विरोध जनाएको बताएका छन् ।

संघले उठाएका मुख्य मागमा कुनै सम्बोधन नभएमा आइतवारबाट थप आन्दोलनका चरण घोषणा गर्ने जनाएको छ । आन्दोलनमा देशभरका सरकारी रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले ऐक्यबद्धता जनाएका छन् ।

 

सम्बन्धित शिर्षक :