बुटवल :स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा अब्बल

स्वास्थ्यसमाचार/ पछिल्लो समयमा स्वाथ्य र शिक्षा क्षेत्रको हव बन्दै गएको बुटवलले स्वाथ्य पुर्वाधार विकासमा जोड दिएको छ । बुटवलमा संघीय सरकार, प्रदेश सरकारबाट सरकारी स्तरका हस्पिटल साथै निजी क्षेत्रले पनि स्वाथ्य क्षेत्रका पुर्वाधार विकासमा जोड दिईरहेको बेला बुटवल उपमहानरपालिकाले पनि स्वाथ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ ।

आफ्नै १०/१० बेडका दुई वटा अस्पताल सञ्चालन गर्ने तयारी गरेको बुटवलले स्वाथ्य क्षेत्रका सेवा विस्तारमा पनि जोड दिएको छ ।नेपालको संविधान, २०७२ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ ।

स्वास्थ्य सेवाको पहुँच, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा बुटवल उपमहानगरपालिका उदाहरणीय बनेको छ। संघीय सरकारले तोकेको मापदण्डभन्दा बढी स्वास्थ्य संस्था र दरबन्दी रहेको बुटवलले वार्षिक ८० हजारभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बुटवल उपमहानगरपालिका अन्तर्गत हालसम्म २ वटा स्वास्थ्य चौकी, १ वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, ५ वटा सहरी स्वास्थ्य केन्द्र र १० वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। कुल १८ वटा स्वास्थ्य संस्थाबाट नगरवासी लाभान्वित भइरहेका छ न् ।

स्वास्थ्य संस्थाको विस्तार र सेवा सुविधा

बुटवलमा २५ देखि १०० बेड क्षमताका १० वटा अस्पताल सञ्चालनमा छन् । त्यस्तै, १६२ वटा क्लिनिक र ल्याबहरू दर्ता भइसकेका छन्, यद्यपि धेरैजसो ले स्वीकृत मापदण्ड पूरा नगरेको, फोहोरमैला व्यवस्थापनको समस्या रहेको र दर्ता तथा नवीकरण प्रक्रियामा समस्या देखिएको जनस्वास्थ्य निरीक्षक मिन खनाल हुन्छ ।

जनशक्ति र स्वयंसेविका संलग्नता

बुटवलका ६१ जना स्वास्थ्यकर्मी विभिन्न संस्थामा कार्यरत छन्। वडास्तरमा औसत २ देखि ५ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्। साथै, १७६ जना महिला स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय रूपमा सामुदायिक तहमा कार्यरत छन्।

नियमितता र नियमनमा कडाइ

निजी अस्पताल तथा क्लिनिकहरूको गुणस्तर सुनिश्चित गर्न बुटवल उपमहानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नविकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड २०७९/८० तयार गरी कार्यान्वयनमा ल्याएको छ । यसका आधारमा नियमन गरिँदैछ ।

परीक्षण र जनशक्ति उत्पादन

बुटवलका ७ वटा स्वास्थ्य संस्थामा ल्याब परीक्षण सेवा उपलब्ध छ । नगरभित्रका आम्दा अस्पतालले जनशक्ति उत्पादनमा समेत भूमिका खेलिरहेको छ ।स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बुटवलमा स्वास्थ्य सेवा, पूर्वाधार र मानव संसाधन दुवैमा सन्तुलन कायम गर्दै जनस्वास्थ्य प्रवद्र्धनमा काम भइरहेको हो ।

पाण्डेका अनुसार संघीय मापदण्डभन्दा बढी स्वास्थ्य दरबन्दी उपलब्ध गराउन सफल उपमहानगर बुटवल अहिले प्रदेशकै अग्रणी मोडल बनेको वताउनु भयो।

निगरानी, सुधार र दीर्घ रणनीति आवश्यक

यद्यपि मापदण्ड नपुगेका क्लिनिक, ल्याब र अस्पतालहरूको नियमन, फोहोर व्यवस्थापन सुधार, दर्ता प्रणालीमा सहजता र प्रविधिमैत्री बनाउने काम अझै बाँकी रहेको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् । दीर्घकालीन सुधारका लागि स्थायीत्व, पारदर्शिता र नीतिगत स्पष्टतामा जोड दिनु आवश्यक देखिन्छ ।

स्वास्थ्य क्षेत्रका योभन्दा अरू राम्रो व्यवस्था के हुन सक्छ ? मुलुक गणतन्त्रमा प्रवेश गरेपछि आएको संविधानमा टेकेर स्वास्थ्यमा नीतिगत सुधार भएका छन् । राष्ट्रिय स्वास्थ्य नीति, २०७६ आयो । संविधानले मार्गनिर्देश गरेबमोजिम विद्यमान रोगको प्रकार, रोग भार, सम्भावित स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने गरी संघीय संरचनाअनुरूपको राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा भई कार्यान्वयनमा छ ।

 

सम्बन्धित शिर्षक :