प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा एक्युपङ्चर सेवा थपिने

स्वास्थ्यसमाचार/प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अनुगमन एवं न्युनतम सेवा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको अबस्था सुधार गर्नुपर्ने र भैरहेको कामको अबस्थाबारे जानकारी गराउने उदेश्यले न्युनतम सेवा मुल्यांकन गरिएको हो । मुल्याकंन तथा अनुगमन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रदेशको एक मात्र प्रादेशिक आयुर्वेद अस्पतालमा अब वैकल्पिक चिकित्सा सेवा विस्तार हुने वताउनु भयो। उहाले आगामी आर्थिक वर्षको बजेटमा उक्त अस्पतालमा एक्युपङ्चर सेवा थपिने योजना रहेको बताउदै बढ्दो नसर्ने रोग न्यूनीकरण गर्न आयुर्वेदिक चिकित्सा पद्धति महत्वपुर्ण रहेको बताउनु भयो । उहाले अस्पतालको सेवा सुधार, र दरबन्दीको पुनरावलोकन…

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालको नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

स्वास्थ्यसमाचार/ मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक भव्य समारोहका बीच मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नु भएको हाे । कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो- ‘यसलाई १५ शैयामा…

केरवानी स्वास्थ्य चौकी उत्कृष्ट : न्यूनतम सेवा मापदण्डमा ९३ अंक

स्वास्थ्यसमाचार/रुपन्देहीको देवदह नगरपालिका–२ मा अवस्थित केरवानी स्वास्थ्य चौकी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था भएकोे छ। जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीको आयोजना र चौकी व्यवस्थापनमा न्यूनतम सेवा मापदण्ड पारस्परिक अवलोकन भ्रमण कार्यक्रममा उक्त कुरा बताईएको हो। कार्यक्रम केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष दलबहादुर राकासकोटीको अध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। देवदह नगरपालिकाभित्र रहेका १२ वटा स्वास्थ्य संस्थाबीच गरिएको सेवा मूल्यांकनमा केरवानी स्वास्थ्य चौकीले ९३ अंक प्राप्त गर्दै उत्कृष्ट स्थान प्राप्त गरेको थियोे।…

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्ययोजना र बजेट व्यवस्थापनबारे अन्तरक्रिया

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्योजना तथा बजेट व्यवस्थापन बारे मँगलबार अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तार गरी आन्तरिक स्रोतबो बिकास तथा सेवाग्राहीलाई थप सहज हुनेगरी अघि बढ्न निर्देशन दिए । अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरिटो बनाउनु पर्ने, रेडियोलोजी विभागलाई व्यवस्थित गराउँदै लैजानु पर्ने, क्याथल्याव सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, प्रसुती सेवालाई अझ व्यवस्थित बनाउँदै रातको समयमा समेत गुणस्तरीय सेवालाई जोड दिनु पर्ने लगायतका सुझाबसहित सधारका कार्यलाई अघि बढाउन अध्यक्ष श्रेष्ठले निर्देशन गरे । मितव्ययीतासँगै स्वास्थ्य सेवालाई…

आयुर्वेद चिकित्सक संघद्वारा चिकित्सक आन्दोलनप्रति ऐक्यबद्धता

स्वास्थ्यसमाचार / उपभोक्ता संरक्षण ऐनअन्तर्गत अस्पताल र चिकित्सकमाथि भएको फैसलाप्रति नेपाल मेडिकल एसोसिएसन (NMA) ले चालेको आन्दोलनलाई समर्थन जनाउँदै नेपाल आयुर्वेद चिकित्सक संघ (ADAN) ले ऐक्यबद्धता जनाएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २१(२) र चिकित्सा सेवा सम्बन्धी मुद्दामा हालै आएको अदालतको फैसलाले समग्र स्वास्थ्य सेवा क्षेत्रमा प्रतिकूल असर पार्ने चेतावनी दिएको छ। संघका अनुसार, स्वास्थ्यमाथिको विश्वास र सम्बन्ध कमजोर बनाउने खालका कानुनी निर्णयहरू भविष्यमा गम्भीर समस्याको कारण बन्न सक्छन्। प्रेस विज्ञप्तिमा भनिएको छ, “चिकित्सा व्यवसायप्रति जनताको भरोसा घटाउने, चिकित्सकहरूलाई मनोबल कमजोर बनाउने…

चिकित्सक आन्दोलित : लुम्बिनीसहित देशभर इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प

समाचार सारांश चिकित्सक संघको नेतृत्वमा आकस्मिकबाहेक सबै सेवा बहिष्कार । उपभोक्ता संरक्षण ऐन २०७५ संशोधनको माग । अदालतको क्षतिपूर्ति निर्णयप्रति आपत्ति । ऐनले चिकित्सकमा डर र अनावश्यक परीक्षण बढाउने । माइतीघर र देशभर धर्ना कार्यक्रम जारी । स्वास्थ्यसमाचार/ उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । मंगलबार चिकित्सकहरूले इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका छन् । अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी विचल्लीमा परेका छन् । यस क्षेत्रका लुम्बिनी प्रादेशिक अस्पताल भिम अस्पताल राप्ती प्रादेशिक अस्पताल लगायका अस्पतालहरुमा ओपीडी बन्द रहेका छन ।अस्पताललगायत ठूला…

स्थानीय तहसँग सुर्ती तथा लागुपदार्थ नियन्त्रण विषयक अन्तरकृर्या

स्वास्थ्य समाचार जिल्ला स्वास्थ्य कार्यालय,रुपन्देहीको आयोजनामा सुर्तिसेवन तथा लागुपदार्थ दुर्व्यसनको अवस्था, असर र नियन्त्रण विषयक अन्तक्र्रिया तथा स्वस्थ गाउँ/शहर अभियान सम्बन्धी स्थानीय तहहरूसँग पैरवी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको विशिष्ट आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले “सुर्तीजन्य पदार्थ तथा लागूपदार्थको दुव्र्यसन हाम्रो समाजका लागि गम्भीर चुनौती बनेको छ। यसले किशोर–किशोरीदेखि बृद्धबृद्धा सम्मको स्वास्थ्यमा असर पारेको छ। हामीले तिलोत्तमा नगरमा गुट्खा,…

२२ असारदेखि चिकित्सक संघको तीनदिने आन्दोलन : कार्यस्थल धर्नादेखि लाइसेन्स बुझाउनेसम्म

स्वास्थ्यसमाचार/उपभोक्ता अदालतबाट केही मुद्धाहरुमा अस्पताल तथा चिकित्सकलाई दोशी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । उसले धर्ना, आकस्मिक बाहेकका उपचार सेवा वन्द र चिकित्सक लाइसेन्स नै फिर्ता गर्ने सम्मको विरोधको कार्यक्रम अघि सारेको छ । आज  बसेको संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले विरोधका कार्यक्रमहरु अघि सारेको संघका महासचिव डा सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार संघका शाखा कार्यालयहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, २२ असार आईतबार सम्पूर्ण चिकित्सकहरुद्धारा आ -आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने, सोमबार २३ असारका…

स्वास्थ्य बीमा : जुनसुकै सूचीकृत संस्थाबाट सेवा लिन सकिने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। अबदेखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्। स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनअनुसार, आगामी आ/व/ २०८२र८३ को प्रारम्भसँगै मिति २०८२ सालको श्रावण १ गतेदेखि यो नयाँ व्यवस्था लागू भएको हो। यस परिवर्तनले बीमितलाई आफ्नो बसोबास वा भ्रमणको क्रममा जुनसुकै ठाउँमा रहे पनि नजिकको स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य…

मायादेवीमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/मानसिक स्वास्थ्य सेवा प्रवर्द्धननका लागि रुपन्देहीको मायादेवी गाउँपालिकामा दुईदिने योग ध्यान कार्यक्रम सुरु भएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, रुपन्देहीको आयोजना तथा मायादेवी गाउँपालिकाको समन्वयमा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाको आयुर्वेद शाखाले वडावडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले तनावकाबीच काम गरिरहनुपर्ने भएकाले तनाव व्यवस्थापन तथा स्वास्थ्यका लागि नियमित योग ध्यान जरुरी रहेको बताउनुभयो । त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले योग, ध्यान र व्यायामले शरीरका धेरै समस्या…