स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड न १ धमौली पुर्ण संस्थागत प्रसुतीयुक्त वडा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणिकरण घोषणा गरिएको छ ।
वडा प्रजनन स्वास्थ्य समन्वय समितिका बिभिन्न कृर्याकलाहरुवाट आर्थिक बर्ष २०८१ बैसाख १ देखी ८१ चैत्र मसान्त सम्म १ बर्षको अवधिमा जम्मा १सय २७ जना गर्भबति सुत्केरी भएको सर्वेक्षणबाट पाईकोमा १२७ जना गर्भबतीले संस्थागत सुत्केरी गराएको र मापदन्ड अनुसार गर्भवती जाँच तथा उत्तर प्रसुति जाँच भएको पाइएकोले यस वडालाई पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गरिएको हो ।
पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा समारोहका अध्यक्ष वडा प्रजनन स्वास्थ्य समन्वय समितिका अध्यक्ष पल्टु लोधको अध्यक्षतामा भएको कार्यक्रममा समारोहमा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाकी सांसद शान्ति लोधले बोल्दै यस हेल्थपोष्ट लाई वर्थिङ सेन्टर र एम्बुलेन्स आबश्यक भएको बताउदै आफुले पहल गर्ने बताउनु भयो ।
उहाँले स्वास्थ्य स्वयंसेविकाको सेवा सुबिधा बढाउन आफुले पहल गर्ने समेत बताउनु भयो ।मायादेवी गाउँ पालिकाका प्रशासकीय अधिकृत पम्फा पन्त विद्यालयका प्रअ नबरत्न पोखरेल स्वास्थ्य शाखा प्रमुख प्रभु नाथ चौधरी वडा नं २का स्वास्थ्य चौकी प्रमुख सुरेश कुमार चौधरी स्वास्थ्य स्वयंसेविका गुन्ज चौधरी लगायतले बोल्दै मायादेवी गाउँपालिका वडा नं १ भौगोलिक रुपमा दुर्गम रहेकोले सडक स्वास्थ्य पुर्वाधार बिकासमा जोड दिनु पर्ने बताउनु भयो ।
वडा प्रजनन स्वास्थ्य समन्य समितिका सदस्य रामचन्द्र यादवले प्रतिबेदन पेस गर्दे लुम्बिनी प्रदेश सरकारले जारी गरेको पुर्ण संस्थागत प्रसुति युक्त घोषणा मापदण्ड २०८० मापदण्ड अनुसार घोषणा गरिएको बताउनु भयो ।
घोषणा सभामा स्वास्थ्य चौकी प्रमुख नन्दाराम पौडेलले पूर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गर्नको लागी कार्य योजना सहित स्वास्थ्य स्वयंसेविका स्वास्थ्यकर्मी ब्यबस्थापन समित र बडाका जनप्रतिनिधिहरुको लामो प्रयासले सफल भएको बताउनु भयो ।
पालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत शर्मिला शर्माको सञ्चालनमा कार्यक्रममा गरिएको थियो । उक्त समारोहमा स्वयमसेबिका तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो ।
नेपालको संविधान तथा सुरक्षित मातृत्व तथा महिलाको प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कानुनी ब्यवस्था अनुसार घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शून्यमा झार्ने र सुरक्षित संस्थागत प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्ने साथै दक्ष स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रदान गरी मातृ तथा नवजात शिशुको रोग लाग्ने दर र मृत्युदरलाई घटाउन सकिन्छ भन्ने कुरालाई आत्मसाथ गरी पूर्ण संस्थागत प्रसुति युक्त वार्ड घोषणा गरिएको छ।
प्रतिकया दिनुहोस्