रुरुक्षेत्र गाउँपालिकको स्वास्थ्यमा १ करोड १३ लाख बजेट विनियोजन

२१ बुँदे स्वास्थ्य कार्यक्रम: घरदैलो सेवा, निःशुल्क औषधि र पोषणमा ध्यान सम्म

स्वास्थ्यसमाचार/ रुरुक्षत्रे गाउँपालिकाले  आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ऐतिहासिक बजेट विनियोजन गर्दै जनस्वास्थ्य सुधार र उपचार पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।

गाउँपालिकाले रु. १ करोड १३ लाख ८६ हजार बजेट विनियोजन गर्दै स्वास्थ्य सेवा सुधारको घोषणा गरेको हो।विपन्न, अशक्त र असहाय नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार, घरदैलो सेवा, सुरक्षित मातृत्व, किशोरी स्वास्थ्य, सुत्केरी पोषण प्याकेज, औषधि वितरण, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन लगायतका कार्यक्रमका लागि छुट्टै रकम सुनिश्चित गरिएको छ।

जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरमै स्वास्थ्य परीक्षण, स्वास्थ्य चौकीहरूको पूर्वाधार र औषधिको व्यवस्था, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, तथा मातृ–शिशु स्वास्थ्यमा सशक्त ध्यान दिइएको छ।

महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पेन्सन योजना, सञ्चार र यातायात सुविधा, तालिम तथा पोशाकको व्यवस्थापन गरिने भएको छ। त्यसका लागि रु. ९ लाख २४ हजार र रु. ४ लाख ६२ हजार छुट्याइएको छ।

त्यसैगरी, क्यान्सर, मिर्गौला, डायालाइसिस र मेरुदण्ड पक्षघात भएका बिरामीका लागि वार्षिक औषधि सहायता स्वरूप रु. ५ हजार उपलब्ध गराइनेछ।

बालबालिका र किशोरी लक्षित कार्यक्रम अन्तर्गत विद्यालयमा “साथी शिक्षा कार्यक्रम”, सुवर्णप्राशन, पोषण तथा सरसफाइ कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, आँखा उपचार केन्द्र, स्त्रीरोग तथा विशेषज्ञ शिविर, ल्याब सञ्चालन, गाउँघर क्लिनिक विस्तार, औषधि उत्पादन प्रवर्द्धन, योग तालिम, एचआईभी संक्रमितका लागि सेवा विस्तार पनि योजना गरिएको छ।

स्वास्थ्य सेवा जनताको पहुँचमा ल्याउन र नागरिकलाई सुलभ तथा गुणस्तरीय उपचार प्रदान गर्न गाउँपालिकाले योजना कार्यान्वयनका लागि व्यापक तैयारी गरेको जनाएको छ।

स्वास्थ्य क्षेत्रमा व्यापक बजेट: पहुँच, उपचार र जनचेतनामा प्राथमिकता
-स्वास्थ्य क्षेत्रका विविध कार्यक्रमका लागि रु. १ करोड १३ लाख ८६ हजार विनियोजन गरिएको छ।

-विपन्न नागरिकहरूको निःशुल्क उपचारका लागि आवश्यक रकम विनियोजन।

-गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूको व्यवस्थापनका लागि आवश्यक बजेट।

-औषधि निःशुल्क वितरण र दीर्घरोगीको उपचार व्यवस्थापनमा रकम छुट्याइएको।

-जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षणका लागि बजेट।

-गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र संस्थागत प्रसूति प्रवर्द्धनमा निःशुल्क एम्बुलेन्स सेवा समावेश।

-सुरक्षित प्रसूति सेवा कार्यमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि रकम।

-जटिल रोगबाट पीडित विपन्न नागरिकलाई एम्बुलेन्स सेवा र उपचार सहयोगका लागि व्यवस्था।

-किशोरावस्थाका विद्यार्थीलाई मानसिक, सामाजिक र शारीरिक रूपान्तरणबारे सचेत बनाउन “साथी शिक्षा कार्यक्रम” सञ्चालन।

-महिला स्वास्थ्य स्वयंसेविकाका लागि पेन्सन योजनामा वार्षिक रु. ९ लाख २४ हजार विनियोजन।

-महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चार र यातायात सुविधा अन्तर्गत रु. ४ लाख ६२ हजार।

-घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि रु. ७ लाख विनियोजन।

-स्त्रीरोग र अन्य विशेषज्ञ सेवा शिविर सञ्चालनका लागि रु. ७ लाख बजेट।

-मिर्गौला प्रत्यारोपण, डायालाइसिस, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई वार्षिक रु. ५ हजार औषधि सहयोग।

-स्वास्थ्य संस्थाको न्यूनतम मापदण्ड पूरा गरी व्यवस्थित सेवा प्रवाहका लागि रकम।

-सुत्केरी पोषण प्याकेज, क्याल्सियम, सरसफाइ, ल्याब, गाउँघर क्लिनिक, रुरु प्राथमिक स्वास्थ्य केन्द्र पोष्टमार्टम सेवाका लागि बजेट।

-आयुर्वेद स्वास्थ्य प्रवर्द्धन, औषधि उत्पादन, योग प्रशिक्षण, सुवर्णप्राशन कार्यक्रम सञ्चालन।

-एचआईभी संक्रमितलाई औषधि, परामर्श, उपचार सेवाका लागि बजेट।

-वडानं. १ को रिडी बजारमा आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक बजेट।

-निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सञ्चालन।

-निःशुल्क रक्त उपलब्धता, विद्यालय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक बजेटको व्यवस्था।

 

सम्बन्धित शिर्षक :