बुटवलमा स्वास्थ्य सेवा र चेतनाको पहुँच विस्तार

स्वास्थ्यसमाचार/ बुटवलमा महिला स्वास्थ्य सुधारका लागि स्थानीय सरकारको अग्रसरता उल्लेखनीय बन्दै गएको छ। विशेषगरी “महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम” मार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सुधार आएको हो।

वि सं २०४५ सालदेखि सञ्चालनमा आएको यो कार्यक्रम निःशुल्क, निस्वार्थ र समर्पित सेवाका रूपमा देशभर महिला स्वास्थ्यकेन्द्रमार्फत सञ्चालित हुँदै आएको छ। शहरी तथा ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम हाल जनस्वास्थ्य सेवाको नमुना उदाहरणका रूपमा स्थापित भइसकेको छ।

बुटवलमा मात्रै करिब १७६ बढी महिला स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय छन्। यी महिलाहरूले गर्भवती, सुत्केरी, नवजात शिशु, किशोरी र प्रजनन उमेरका महिलासँग स्वास्थ्यसम्बन्धी नियमित सम्पर्क राख्दै उनीहरूलाई सल्लाह, उपचार सिफारिस, पोषण सन्देश र आवश्यक परेमा स्वास्थ्य संस्थासम्म पुर्याउने काम गर्ने गरेको बताउँछन ।

बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे भन्छन “महिला स्वास्थ्य स्वयंसेवककाहरू नगरपालिका र समुदाय बीचको समान्य स्वास्थ्यका धेरै लक्ष्यहरू उनीहरुका सक्रियताले सफल भएको वताउनु भयो।” पूर्ण खोप अभियान, किशोरी स्वास्थ्य कार्यक्रम, मातृ मृत्युदर न्यूनीकरण र पोषण सुधारजस्ता क्षेत्रमा सुधार ल्याउन सहज भएको बताउनु भयो ।

महिला स्वास्थ्यमा सुधार देखिएका मुख्य क्षेत्रहरु

मातृ मृत्यु दरमा कमी प्रजनन स्वास्थ्यमा पहुँच क्षयरोग नियन्त्रणमा सहभागिता खोप सेवा पोषण सुधार किशोरी स्वास्थ्य शिक्षामा सुधार गर्भावस्थामा जाँच र प्रसूति पूर्व–पश्चात सेवा घरमै सेवा उपलब्धीमा खुला दिसामुक्त क्षेत्र घोषणा र सरसफाई लगायका क्षेत्र सुधारमा भुमिका राम्रो रहेको छ ।

बुटवल नगर प्रमुख खेलराज पाण्डेले समेत महिला स्वास्थ्यमा स्थानीय सरकारको विशेष ध्यान रहेको उल्लेख गर्दै भने, “महिला स्वास्थ्य सुधारका लागि हामीले बजेट, तालिम, सामग्री, पोषण र स्क्रिनिङ अभियानलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

स्वास्थ्य स्वयंसेवककाहरूले हाल खोप सेवा, परिवार नियोजन, क्षयरोगको निगरानी, कुपोषण पहिचान, जुकाको औषधि वितरण, झाडा–पखालाको उपचार परामर्श, नवजात शिशुको हेरचाह, किशोरीहरूलाई स्वास्थ्य शिक्षाजस्ता कार्यक्रम सञ्चालनमा सहयोग गर्दे आएका छन।

महिला स्वास्थ्य स्वयंसेविका शिबकला पौडेले भन्छिन् “हामी समुदायकै सदस्य हौँ। आमाहरूले लाज लागेर स्वास्थ्य समस्या लुकाउँछन हामी उनीहरूलाई नजिकबाट बुझ्छौं, बुझाउँछौं अनि स्वास्थ्य सेवा लिन प्रेरित गर्छौं।” यस कार्यक्रमले महिलालाई सशक्त बनाएको छ। उनीहरू आफ्नो समुदायमा मात्र होइन, वडा समिति, योजना बनाउने प्रक्रिया र नीति निर्माणसम्म समेत आवाज उठाउन थालेका छन्।

स्वयंसेविकाको सीप र योगदानलाई कदर गर्दै बुटवल उपमहानगरले उनीहरूका लागि महिला स्वास्थ्य स्वयंसेविका कोषको स्थापना समेत गरेको छ। मासिक १ हजार सञ्चार खर्च चाडपर्व खर्च ३ हजार उपलब्ध गराउदै आएको नगरपालिकाले जनाएको छ । यो संघिय सरकारको भन्दा छुट्टै स्थानिय सरकारको रहेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले समुदायमा जनस्वास्थ्य चेतना फैलाउने मात्र होइन, सामाजिक रुपान्तरण, महिला सशक्तीकरण र सेवा प्रवाहको सहजता बनेको छ। बुटवलको नेतृत्व र स्थानीय सरकारको नीतिगत प्रतिबद्धताले अझै काममा सक्रियता बढेको देखिन्छ।

 

सम्बन्धित शिर्षक :