उपचार लापरबाहीमा डा. संजिव त्रिपाठीलाई ४० लाख क्षतिपूर्ति आदेश

ग्राण्डी सिटी अस्पताललाई १७ लाख १५ हजार क्षतिपूर्ति तिराउने फैसला

स्वास्थ्यसमाचार/उपभोक्ता अदालतले डाक्टर सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला गरेको छ ।उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने छ ।उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराउनुभएको थियो ।उक्त मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।

वर्षा खुट्टाको तिघ्राको पछाडिको भागले दुःख दिएपछि उपचारका लागि अस्पताल पुग्नुभएको थियो ।उहाँले खुट्टामा रहेको बोसो निकालेर प्लाष्टिक सर्जरी गरिएको थियो। वर्षाले दायर गरेको मुद्दा अनुसार चिकित्सकले दुईपटक शल्यक्रिया गरेका थिए। तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उहाँले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको हो ।

यसअघि अदालतले हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने र ओम अस्पताल र चिकित्सकलाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो

सम्बन्धित शिर्षक :