नर्स र स्वास्थ्यकर्मीको आन्दोलनप्रति नेपाल विद्यार्थी संघको ऐक्यबद्धता

स्वास्थ्यसमाचार/ देशभर आन्दोलनरत सेवामूलक नर्स र स्वास्थ्यकर्मीहरूको पेशागत मर्यादा, श्रमको उचित सम्मान र तलब वृद्धि मागप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ऐक्यबद्धता जनाएको छ। नेविसंघले  विज्ञप्ति जारी गर्दै नर्स तथा स्वास्थ्यकर्मीहरूले उठाएका माग न्यायोचित भएको बताउँदै सरकारलाई छिटो सम्बोधन गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालका शिक्षित युवाहरू बेरोजगारी, न्यून पारिश्रमिक र असमानताका कारण विदेशिन बाध्य छन्। यस्तो अवस्थामा नर्स र स्वास्थ्यकर्मीहरूले उचित तलब, सम्मान र सुविधा माग्नु स्वाभाविक हो।” संघका अध्यक्ष दुर्गा श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा हाल नर्सहरूको न्यूनतम पारिश्रमिक १७ हजार रुपैयाँ मात्र भएको उल्लेख गर्दै उक्त दर…

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा स्वास्थ्य मन्त्री सिफारिस, आजै सपथ ग्रहण हुने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीबाट मन्त्रीका लागि सिफारिस भएका चार जनाको सपथ साढे २ बजेलाई तय भएको छ।प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्नका लागि राष्ट्रपतिकहाँ नाम सिफारिस गरेकी हुन्। आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको…

ब्रेन स्ट्रोक, ट्युमर र स्नायु रोगहरूको उपचार अब लुम्बिनी अस्पतालमै

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पहिलो पटक न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेको छ । यो अत्याधुनिक स्वास्थ्य सेवा सुरु भएपछि मस्तिष्क आघात (ब्रेन स्ट्रोक), मस्तिष्क ट्युमर तथा विभिन्न स्नायु सम्बन्धी रोगहरूको उपचार र निदानमा नयाँ आयाम थपिएको छ । न्यूरो इन्टरभेन्सन भन्नाले मस्तिष्क, मेरुदण्ड तथा तिनसँग सम्बन्धित रक्तनलीहरूमा उत्पन्न हुने समस्याको औषधि र शल्यक्रिया बीचको आधुनिक उपचार पद्धति हो । यही प्रविधि प्रयोग गर्दै शनिबार न्यूरो सर्जन डा. राजिव भण्डारीको नेतृत्वमा दुई बिरामीको एन्युरिज्म (रगतनली फुल्ने समस्या) सफलतापूर्वक उपचार गरिएको अस्पतालले जनाएको छ । डा. भण्डारीका अनुसार यो सफलता लुम्बिनी…

ह्दयघातबाट राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग नाचगान गरिरहेका बेला अचानक बेहोस भएपछि उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। पारिवारिक श्रोतका अनुसार तिहारको टीका लगाइसकेपछि घरमा रमाइलो माहोलमा नाचगान भइरहेका बेला केसी अचानक ढलेका थिए। तत्क्षण उनलाई उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका जनमोर्चा निकट प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले जानकारी दिए। अर्घाखाँचीमा जन्मिएका केसी पछिल्ला २५ वर्षदेखि बुटवल उपमहानगरपालिका–१९, नहरपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए।…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको दोस्रो मेडिकल बुलेटिन विमोचित

स्वास्थ्यसमाचार/ लुम्बिनी क्षेत्रका फिजिसियन तथा आन्तरिक चिकित्सा विशेषज्ञहरूको छाता सङ्गठन लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (LIMS) ले आफ्नो मेडिकल बुलेटिनको दोस्रो संस्करण सफलताका साथ लोकार्पण गरेको छ। बुटवलमा सोमबार आयोजित एक समारोहका बीच बुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु एवं बरिष्ठ सर्जन डा. कृष्ण प्रसाद खनालले गर्नुभएको हो। विमोचनपछि बोल्दै प्रमुख अतिथि खनालले अनुसन्धानमूलक प्रकाशनले चिकित्सकहरूको निरन्तर शिक्षा र बिरामीको उपचारमा थप गुणस्तर कायम गर्न मद्दत पुग्ने बताउनुभयो। सोसाइटीका अध्यक्ष डा. विष्णु प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले बुलेटिन प्रकाशनले नयाँ ज्ञानको आदानप्रदानमा सेतुको काम गर्ने…

गुणस्तरीय स्वास्थ्य सेवा प्रदेशको प्राथमिकतामा : स्वास्थ्य सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/ दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा शनिबार वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज चिकित्सक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन्। उनले स्वास्थ्यपेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान पु¥याउँदै आएको उल्लेख गर्दै प्रदेश सरकारले पनि नागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले मोफसलमा विट पत्रकारिताको पहिचान कायम गर्न स्वास्थ्यपेज सफल भएको बताए। उनले व्यवसायिक र तथ्यपरक पत्रकारिताबाट स्वास्थ्य…

किन मनाउने धन्वन्तरी जयन्ती -आरोग्य र आयुर्वेदको दिवस

मानव सभ्यताको अध्यन गर्दा पृथ्वी सृष्टिको केहि समय पछि यो सन्सारमा विभिन्न किसिमका जीवजन्तु,सजिब प्राणीका साथै मानव जातिको बिकास भएको पाइन्छ।त्यो समयमा पृथ्वीमा विभिन्न जीव,जन्तु र केही बिकसित मानव सभ्यताका पौराणिक ब्यक्तित्व र राक्षस प्रवृत्तिको राज भएको अध्यन हरुले बताएका छ्न। बिगत र आगत लाइ केलाउँदा उक्त कालमा पृथ्वी लोकम।धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। इतिहासको अध्यन गर्दा मानव जातिको क्रमागत बिकास संघ दुई किसिमको संस्कृति जोडिएको पाइन्छ। जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको। देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस…

नर्स आन्दोलन तात्योः सरकारले बोलायो सर्वपक्षीय छलफल, निर्णायक निर्णय आइतबार

स्वास्थ्यसमाचार/न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ को स्वास्थ्य मन्त्रीस्तरीय…

गुल्मीको चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा

स्वास्थ्यसमाचार/ गुल्मीको चन्द्रकोट गाउँपालिकामा बनेको १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको वडा नम्बर ६ मा बनेको उक्त अस्पताल बिहीबारबाट सेवा दिन थालेको हो। गाउँपालिकाले मेडिकल अधिकृतको व्यवस्था गरी अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले गरेको विज्ञापनमार्फत डाक्टर रोशनकुमार यादव र लुम्बिनी प्रदेशको छात्रवृत्ति करारमार्फत डाक्टर अरुण गैरेलाई नियुक्त गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो। अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्स–रे लगायत ओपीडी सेवाहरू सञ्चालनमा आउने भएका छन्। जिल्लामा सबैभन्दा पहिले निर्माण व्यवसायी विजय खनालले गुल्मीदरबारमा डिकोई अर्जुन न्यू लिजा र चन्द्रकोट गाउँपालिकामा तुल्सिभक्त अर्जुन बिल्डर्स जेभीमार्फत अस्पताल…

नर्सिङ आन्दोलनप्रति लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ संघको ऐक्यबद्धता

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिले हाल जारी नर्सिङ आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाएको छ। संघकी अध्यक्ष विष्णु खनाल पन्थी द्वारा हस्ताक्षरित विज्ञप्तिमा नर्सहरूले माग गर्दै काठमाडौं शिक्षण अस्पताल परिसरबाट सुरु गरेको आन्दोलन न्यायोचित रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूको मेहनत र समर्पणको मूल्याङ्कन गरी उनीहरूलाई सुरक्षित कार्य वातावरण र उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवा मानव अधिकारसँग जोडिएको विषय हो। नर्सहरूको उचित मूल्याङ्कन र सम्मान बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन।” संघले नर्सहरूको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै उनीहरूको…