स्वास्थ्यसमाचार /बर्दियाको बारबर्दिया नगरपालिकाले रक्त संचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा आर्थिक स्रोतको सुनिश्चित गर्दै सिकलसेल डेडिकेटेड अस्पतालको रुपमा बिस्तार संचालनका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारको सहयोगमा बारबर्दिया नगर अस्पतालले विधिवत रुपमा रक्त संचार सेवा संचालनमा ल्याएको हो । बारबर्दिया नगरपालिकाले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण) गर्न स्वास्थ्यकर्मीहरूसँग बहस पैरवी
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरुको (बिक्री वितरण नियन्त्रण)ऐन, २०४९ सम्बन्धि स्वास्थ्यकर्मीहरूसँगको बहस पैरवी कार्यक्रम गरेको छ। पोषण बिषेश कार्यक्रमहरुको समिक्षामा जिल्लामा (बिक्री वितरण नियन्त्रण) गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा पोषणसँग सम्बन्धित जानकारी दिदै स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा.बिनोद कुमार गिरीले शिक्षित आमाहरुले पूर्ण स्तनपान कम गराउने गरेको पाइएको तथ्यांक रहेको बताउनु भयो । उहाले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार पूर्ण स्तन पानको दर मध्यम तहभन्दा शिक्षित आमाहरूमा कम देखिएको वताउनु भयो। उहाले ८० प्रतिशत मानिस नसर्ने रोगबाट ग्रसित रहेको तथ्याकं उल्लेख…
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रीको निर्णय
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ। आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पताल कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गर्नुभएको हो। मन्त्री पौडेलको सचिवालयका अनुसार मङ्सिर १ गतेबाट उपचार निःशुल्क हुनेगरी व्यवस्था मिलाइएको छ। राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ। यसै मन्त्री पौडेलले आफू मन्त्रालयमा पद बहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन…
भीम अस्पताल भैरहवामा पहिलो पटक पित्त थैलिको अपरेशन
स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवामा पित्तथैलीको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको पित्तथैली पत्थरीको सफल शल्यक्रिया भएको भीम अस्पतालले जनाएको छ । रुपन्देहीकी ४२ वर्षिय सधिया खातुनको पित्तथैलीको पत्थरीको शल्यक्रिया भीम अस्पतालमा कार्यरत जनरल सर्जन डा. उत्सव कार्की र जनरल सर्जन डाक्टर राजिब ढकालले गरेका छन् ।भीम अस्पतालमा पहिलो पटक पित्त थैलीको सफल सल्यक्रिया भएको डाक्टरद्वय कार्की र ढकालको भनाइ छ । ‘बिरामीले बारम्बार पेटको दाहिने भागमा दुःख्ने समस्या भएको बताएपछि चेकजाँच गरियो डाक्टर कार्किले भने । चेकजाँच गर्ने क्रममा पित्तथैलीमा पत्थरी (ढुंगा) भेट्टायौं’ उनले भने,‘त्यसपछि…
उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँ स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई बिहीवार फेलोसिप कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले नेपालमा स्वास्थ्य जनशक्ति अपुग रहेको भन्दै उपलब्ध जनशक्तिलाई थप दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउने विकल्प आफूसँग रहेको बताउनु भयो । उहाँले तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति नरहेको बताउनु भयो । उहाँले उपलब्ध चिकित्सकीय जनशक्तिलाई थप तालिमहरु दिएर विभिन्न सेवा उपलब्ध गराउनसक्ने क्षमता वृद्धि गर्न जरुरी…
भैरहवाका औषधि पसलमा सिद्धार्थनगरको अनुगमन
स्वास्थ्यसमाचार/औषधि पसलमा सिद्धार्थनगरको अनुगमनरुपन्देहीको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरीएको हो । अनुगमनको क्रममा अधीकास औषधी पसलहरु नगरपालिकामा नवीकरण नरोएकी पाईएको थियो । त्यस्ता पसलहरूलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिइन् । त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नु पर्ने, ल्याव हरुको सफाइमा ध्यान दिनुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नु पर्ने लगायतका सुझावहरु दिइएको…
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्री स्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।स्वास्थ्यका लागिसमेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा भइरहेको ठूलो धनराशि खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।…
स्वास्थ्यमा सरकारका सय दिनका उपलब्धिः क्यान्सर र जलन उपचारको सेवा विस्तार, संघिय अस्पतालमा दुई सिफ्टमा ओपिडी
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विभिन्न विषयहरु समरत उल्लेख गरेका हुन्। प्रधानमन्त्री ओलीले एक सय दिनको प्रगति विवरणमा, सातै प्रदेशमा क्यान्सर उपचार जलनका बिरामीको निशुल्क उपचार देवा विस्तार तथा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन सहित विषयहरु समावेश छन्। यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेको विषय र देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरि १८ संघीय…
आधारभुत स्वाथ्य परियोजना अन्र्तगत एक दिने पुर्नताजकी कार्यक्रम
स्वास्थ्यसमाचार/आधारभूत स्वाथ्य परियोजना अन्र्तगत अपाङ्गता भएका व्याक्तिहरुद्धारा सञ्चालित संस्थासँग अपाङ्गता ता सम्बन्धी एक दिने पुर्नताजकी कार्यक्रम गरिएको छ । इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीको आयोजनामा बुटवलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गताको क्षेत्रमा महासंघले लामो समय देखि पहल, पैरवीको काम गर्दै आएको बताउँदै कुनै पनि समस्या भएमा यसमा सहकार्य गर्न तयार रहेको बताएका थिए । अपाङ्गता भएका संस्थाहरु संस्थागत रुपमा प्रतिनिधित्व हुने भन्दै उनले सबै संस्थाहरुको हक, हित, उन्नती, प्रगति लगायतको विषयमा महासंघ गम्भिर भएर लागेको बताएका थिए ।…
उपोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन सुझाव दिन समिति गठन
स्वास्थ्यसमाचार/उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् । गठित समितिको सदस्यमा स्वास्थ्यविद डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् । यसैगरी, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् ।समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका…