स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभित्रका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा करिब एक लाख ५५ हजार सेवा ग्राही स्वास्थ्य सेवा लिएका छन्। लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा बुटबलमा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम उक्त कुरा बताईएको हो । समीक्षामा वार्षिक तथ्याङ्क सार्वजनिक गर्दे लुम्बिनी आयुर्वेद चिकित्सालयका चिकित्सक डा संदिप कार्कीले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट मात्रै ६८ हजार ९सय १९ जना सेवा लिएको बताउनु भयो । तिमध्ये २२ हजार ९ सय ४५ महिला र १८ हजार ७ सय ९३ जना पुरुष रहेका छन । उहाँले चिकित्सालय बाट ११ हजार…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नर्सहरूको समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिनुभएको हो। स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा उहाँ हुनुहुन्छ । उहाँले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिनुभयो । देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक…
लुम्बिनी प्रदेशमा छात्रवृत्ति करारका डाक्टरलाई बाहिर काम गर्न रोक
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डाक्टर सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर काममा खटाएको हो, पाएको तलब बराबरको सेवा त दिनुपर्यो नि, सबैतिरबाट यसको गुनासो आएपछि पहिलो चरणमा विशेषज्ञ क्षेत्रमा करारमा रहेका डक्टरबाट सुरु गरिएको छ’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको कार्यविधिमै टेकेर यो निर्णय गरिएको छ, यसको कार्यान्वयनका…
बुटवलमा सुरु भयो ‘स्वर्णप्राशन’ अभियान, ३६० बालबालिकालाई खुवाइयो स्वर्णविन्दु
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा ‘स्वर्णप्राशन’ अभियान शुभारम्भ भएको छ । बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियानको बुटबल उपमहानगर प्रमुख खेलराज पान्डेले शुभारम्भ गर्नु भयो । उक्त अबसरमा बोल्दै उहाले “आयुर्वेदिक चिकित्सा पद्धति हाम्रो संस्कृतिको महत्वपूर्ण अंग हो । स्वस्थ जीवनका लागि स्वर्णप्राशन जस्ता परम्परागत अभ्यासहरू आजको आधुनिक युगमा पनि उतिकै प्रभावकारी रहेका छन । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक र मानसिक विकासमा मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्छ । उपमहानगरपालिकाले यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताउनु भयो,”।उहाँले बालबालिकाको…
पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढे, एक बालिकाको मृत्यु
स्वास्थ्यसमाचार/पाल्पाका विभिन्न अस्पतालमा ‘स्क्रब टाइफस’ का बिरामी निरन्तर बढेका छन् । जिल्ला सरकारी अस्पताल पाल्पा, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास र रामपुर अस्पताल पाल्पामा ‘स्क्रब टाइफस’ का बिरामी बढेको अस्पतालहरूले जनाएका छन् । साउन, भदौँ र असोज महिनामा ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित हुने बिरामी बढेका हुन् । गत वर्ष यही अवधिमा २४५ जनामा मात्र ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाले यस वर्ष सो सङ्ख्या बढेर हालसम्म ४३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या लिएर अस्पतालमा आएका…
सुनौलो १००० दिन को महत्व किन ?
-आमा गर्भवती भएको दिन देखि बच्चाको उमेर २ बर्षको हुँदाको को बेला सम्मको उमेरलाई सुनौलो १००० दिन भनिन्छ । गर्भको अवधि २७० दिन र जन्म पश्चात २ बर्षको उमेर ७३० दिन गरी जम्मा १००० दिन लाई सुनौलो १००० दिन भनिन्छ । बच्चाको मानसिक बिकास २ बर्षको उमेर सम्म ८० प्रतिशतले बृद्वि बिकास हुने हुदाँ गर्भ रहेदेखि बच्चा को उमेर २ बर्ष भित्र आमा र बच्चा दुबैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ । जसमा गर्भमा ३० प्रतिशत ले र जन्म पश्चात पहिलो बर्ष भित्र २५ प्रतिशत र दोस्रो बर्षमा २५ प्रतिशत गरि…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँने
स्वास्थ्यसमाचार/बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियान बुटवलमा पनि शुभारम्भ हुने भएको छ । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा यहि असोज २९ गते बुधबारदेखि यो अभियान सुरु गर्न लागिएको कार्यालय प्रमुख डा.कलावती विश्वकर्माले जानकारी गराउनु भयो । सोमबार आयोजना गरीएको बालबालिकाहरुका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यालय प्रमुख विश्वकर्माले केन्द्र र प्रदेश सरकारले बालबालिकाहरुका लागि सुरु गरेको नयाँ अभियान भएकाले आबश्यक छलफल र आबश्यक तयारी गरेर ‘स्वर्णविन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गर्न लागिएको बताउनु भयो । ‘यही असोज २९ गतेदेखि सुरु हुन…
नर्सिङ र स्वास्थ्यकर्मीलाई सरकारी सरह तलब दिन अस्पताल र मेडिकल कलेजलाई मन्त्रालयको निर्देशन
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक सुविधाका सम्वन्धमा गतवर्ष २७ मंसिरमा भएको निर्णय तथा निर्देशन कार्यान्वयन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारी, सामुदायिक र निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई पाँच बुँदे निर्देशन दिएको छ। कतिपय निजी मेडिकल कलेज तथा अस्पतालहरुमा श्रम शोषण भएको भन्दै नर्सहरु आन्दोलनमा उत्रिए पछि मन्त्रालयको यस्तो निर्देशन आएको हो ।गत शुक्रबारको मितिमा काटिएको निर्देशनात्मक पत्रमा मन्त्रालयले मिति २०८१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन भनेको छ । पाँच बुँदे निर्देशनमा स्वास्थ्य…
वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ
स्वास्थ्यसमाचार/ वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् । विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो । सो क्रममा उनको कार्यकक्षबाट सो रकम र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
रेडक्रस रुपन्देही र सिनपाका सहकारी संस्थाबीच रक्तदान प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया
स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर पालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । रुपन्देही जिल्लामा रगतको संकलन, आपुर्ती तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्धेश्यमाथि रेडक्रस रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सामाजिक दायित्व वहनमा सहकारी संस्थाको ठुलो योगदान रहेकाले रक्तदाता शिक्षा र रक्तदान कार्यक्रममा सहकारी संस्थाहरुलाई पनि साथ लिई प्रभावकारी बनाउनपर्ने,…


