महेश्वर श्रेष्ठ बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा नियुक्त

बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११औं तह सहसचिव हुन् । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा समेत नियुक्त भएका थिए । उनलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुर…

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

स्वास्थ्यसमाचार/सरकारले जनल पीडितको उपचार सरकारी अस्पतालमा निशुल्क गर्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलन पीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक भए पछि मन्त्री पौडेलले भने, ‘आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’ यो निर्णयसंगै अब कीर्तिपुर अस्पताल र वीर अस्पतालको जलन वार्डसँगै कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा समेत…

५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले यातायात सेवा निःशुल्क पाउने

स्वास्थ्यसमाचार/अब महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ। विपद् प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए। केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा…

रुपन्देहीमा ९० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

स्वास्थ्यसमाचार/ सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो। यता रुपन्देहीमा भने ९० हजार बालबालिका लाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ। साथै…

पुर्वमन्त्री खांण सहितका नेताहरुद्धारा बुटवल हस्पिटलको अवलोकन

स्वास्थ्यसमाचार/बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लि.को पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गर्नु भएको छ । मंगलबार पुर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिनु भएको हो । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा.लि पहिलो अस्पताल हो । अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले भन्नु भयो –बुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अव बुटवल हस्पिटल प्रा.लि.ले त्यसको अन्त्य गरेको हुनु पर्दछ । संविधानले परिकल्पना…

विश्व हात धुने दिवस : स्वच्छता र स्वास्थ्यको अभियान

हरेक वर्ष अक्टोबर १५ मा विश्वभर विश्व हात धुने दिवस मनाइन्छ । यस दिनले हात धुने महत्वलाई जनचेतनाका रूपमा फैलाउने उद्देश्य राखेको छ । सामान्य रूपमा हेरिने यो दैनिक क्रियाकलापले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ। सही तरिकाले र नियमित रूपमा साबुनले हात धुनाले धेरै संक्रामक रोगहरूबाट बच्न सकिन्छ। विश्व हात धुने दिवसको मुख्य उद्देश्य मानिसहरूमा सफाइ र स्वच्छताप्रतिको चेतना फैलाउनु हो। विश्व स्वास्थ्य संगठन (WHO) र अन्य संस्थाहरूले यो दिवसलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू, कार्यशाला, र सेमिनारहरू आयोजना गर्छन । साबुनले हात धुनु स्वस्थ जीवनको एउटा आधारभूत अभ्यास हो,…

कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन

स्वास्थ्यसमाचार/१० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रम यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । सो…

नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

स्वास्थ्यसमाचार/नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हासिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमाक्षेत्रका नागरिक एवम् अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउने क्रममा वृद्धि भइरहेको छ । अर्कोतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पुर्‍याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् । नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले बङ्गलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ…

बुटवल हस्टिलले दशैमा अवधीभर पनि आफ्ना सबै सेवा संचालन गर्ने

स्वास्थ्यसमाचार /स्वास्थ्य क्षेत्रमा अलग पहिचान बनाउन सफल बुटवल हस्पिटल प्रा.लि.ले हिन्दु नेपालीहरुको ठुलो पर्व दशै अवधीभर  पनि आफ्ना सबै स्वास्थ्य सेवा संचालन गर्ने भएको छ । चाडपर्वको वेला अधिकाश स्वास्थ्य संस्थाहरु बन्द हुदां विरामीहरुलाई मर्का पर्ने भएकोले अस्पतालले आफ्ना सेवाहरु नियमित रुपमा संचालनमा राख्ने जनाएको हो । बुटवल हस्पिटल प्रा.लि.ले ईर्मेजेन्सी, आईसीयु, एचडियु,जनरल वार्डहरुका साथै अधिकाशं ओपिडी सेवाहरु समेत संचालन गर्ने छ । असोज २४ गतेदेखि २८ गतेसम्म दशैं पर्वको अवसरमा सार्वजनिक विदा हुने गर्दछ । जसका कारण अधिकाश स्वास्थ्य सेवाहरु समेत बन्द हुने गर्दछन् । चाडपर्वमा विरामीहरुका लागि स्वास्थ्य…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीद्धारा लिम्स बुलेटिन बिमोचन

स्वास्थ्यसमाचार /फिजिसियन चिकित्सकहरुको संस्था लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले लिम्स मेडिकल बुलेटिन बिमोचन तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम गरेको छ । रुपन्देही क्षेत्रमा बिरामी उपचारको क्रममा भेटिएका रोग, त्यसको निदानहरूको बारे अनुसन्धानमूलक जानकारीहरु तथा चिकित्सकहरुको लेखहरु समेटेर बुलेटिन तयार भएको बुलेटिनका प्रमुख सम्पादक डा सुभाष ज्ञवालीले वताउनु भयो । एक कार्यक्रमका बिच नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल, सोसाइटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेल, उपाध्यक्ष डा नन्दु पाठक, डा. हरि पन्थीले सामुहिक रुपमा बुलेटिन बिमोचन गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण…