मानव सभ्यताको अध्यन गर्दापृथ्वी शृष्टिको केहि समय पछि यो सन्सारमा विभिन्न किसिमका जीवजन्तु,सजिब प्राणीका साथै मानव जातिको बिकास भएको पाइन्छ।त्यो समयमा पृथ्वीमा विभिन्न जीव,जन्तु र केही बिकसित मानव सभ्यताका पौराणिक ब्यक्तित्व र राक्षस प्रवृत्तिको राज भएको अध्यन हरुले बताएका छ्न।
बिगत र आगतलाइ केलाउदा उक्त कालमा पृथ्वी लोकम।धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो। इतिहासको अध्यन गर्दा मानव जातिको क्रमागत बिकास संघ दुई किसिमको सस्कृति जोडिएको पाइन्छ। जसमध्ये एउटा देवता र ऋषि सस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको।
देवता र ऋषि सस्कृति तथा दैत्य र राक्षस प्रवृत्ति बिच बेला बेलामा द्वन्द्व र लडाइँहरु चलिरहन्थे। पटक पटका द्वन्द्वहरु बाट कुनै पनि उपलब्धि नभेटिने देखेपछि दुबै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयास पछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए। समुन्द्र मन्थनको क्रममा धन्वन्तरि नाम गरेका ऋषि दुबै हातमा अमृत कलश लिएर प्रकट भए।जुन कलशमा चार वटा भुजाहरु थिए।
चार भुजा मध्य माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका(जुका) र अर्कोमा अमृत जल सहित विभिन्न किसिमका औसधिय बनस्पति जडिबुटी,रस,रसायनहरु थिए।यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरि जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरिलाइ आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
त्यसपछिको समय ऋषि धन्वन्तरिले पृथ्वीमा भएका विभिन्न किसिमका बनस्पति,जडिबुटी, रस,रसायनको अध्यन गर्दै तिनमा भएका राम्रा नराम्रा गुण एवं औसधिय विशेषता पत्ता लगाइ त्यो ज्ञान अन्य ऋषिहरु हुदै आम नागरिक सम्म ल्याउने काम गरे।जसले रोगि ब्यक्तिहरुको रोग न्युनिकरण गर्न र निरोगी ब्यक्तिहरुको स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको संदेश प्रवाह गर्यो।त्यसैले उत्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ।
आयुर्वेदको इतिहासलाई अध्यन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धि आलेखहरु उपलब्ध भएको उल्लेख गरियता पनि आयुर्वेद बिज्ञानको भरपर्दो र बैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै भएको प्रष्ट हुन्छ। आयुर्वेद बिज्ञानका अन्य अनुसन्धान कर्ता चरक,सुश्रुत आदि ऋषिहरुले पनि आयुर्वेद ज्ञान् धन्वतरि द्वारा नै प्राप्त गरेको विभिन्न अध्यनहरुले पुष्टि गरेको पाइन्छ।धन्वन्तरिको समय इसा पुर्व ७ हजार बर्ष पहिला भएको थियो। उनि कासिका राजा धन्वका पुत्र थिए।
उनले शल्य(चिरफार) मा समेत महत्वपूर्ण अध्यन गरेका थिए। धन्वन्तरिका नाति दिबोदास धन्वन्तरिले त्यस्लाइ परिमार्जन गरि अहिलेको शल्य( सर्जरी ) चिकित्साको बिकास गरेका थिए।त्यदैले सर्जरी उपचारको पहिलो ज्ञाताको अभिभारा समेत धन्वन्तरि ऋषिलाई जाने गर्छ। बर्तमान समयमा आमनागरिक हामि सबै कुनै न कुनै रोग ब्याधि र मनोत्रास जन्य मानसिक कारणले अस्वस्थ हुने क्रम दिन प्रतिदिन बड्दै छ।
कुनै पनि एउटा चिकित्सा पद्धति आमनागरिक मा देखिने फरक फरक किसिमका स्वास्थ समस्याहरु ब्यबस्थापन गर्न अपुरो भएको हामि सबैले महसुस गरेको बिषय हो। त्यसैले विभिन्न काल खन्डमा विभिन्न अनुसन्धान कर्ता हरुले अनुसन्धान गरेका चिकित्सा बिधाहरुलाई समय सापेक्ष बनाउदै अघि बडन सकेमा रोग न्युनिकरण र नागरिक स्वास्थ प्रवर्द्धन मा टेवा थपिने छ। जय धन्वन्तरि जय आरोग्य दिवस।
(लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय, रुपन्देहीमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक हुन्)
प्रतिकया दिनुहोस्