लुम्बिनीका नर्सहरूको आन्दोलन : १२ देखि १८ कात्तिकसम्म २ घण्टा धर्ना

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ (Nursing Association of Nepal – NAN) ले देशभरका नर्सहरूको माग सम्बोधनका लागि सुरु गरेको आन्दोलनमा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिले जारी गरेको विज्ञप्तिमा संघले अघि सारेका मागहरूको समर्थनमा अस्पतालका सबै नर्सहरूले आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन गर्दै मिति २०८२/७ /१२ देखि २०८२/७/१८ सम्म दिनको २ घण्टा (१० बजेदेखि १२ बजेसम्म) अति आवश्यक आपतकालीन सेवाबाहेकका अन्य कामहरूमा सहभागिता नहुने जानकारी गराउँछौं…

नर्सिङ कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह

स्वास्थ्यसमाचार/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आन्दोलनरत नर्सिङ सेवाका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। उनले झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई सरकारको प्राथमिकतामा ल्याउनुपर्ने बताएका छन्। प्रचण्डले नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै भनेका छन्, ‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन।’ उनका अनुसार नर्सहरूका जायज मागहरूलाई राज्यले तत्काल सम्बोधन…

बिभिन्न मागसहित लुम्बिनी प्रादेशिक अस्पतालका नर्स आन्दोलनमा

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सहरूले समान मागसहित आन्दोलन थालेका छन्। त्यसैअनुसार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिको नेतृत्वमा सुरु गरिएको आन्दोलनअन्तर्गत नर्सहरूले अस्पताल प्राङ्गणमै धर्ना दिएका छन्। आन्दोलनमा सहभागी नर्सहरूले ‘नर्सिङ पेशाको सम्मान गर’, ‘जोखिम भत्ता लागू गर’, ‘हाम्रो श्रमको मूल्य देऊ’ जस्ता प्लेकार्डसहित अस्पताल प्राङ्गणमा धर्ना दिएका छन्। उनीहरूले तलब वृद्धि, सुरक्षित कार्य वातावरण, पेशागत सम्मान र स्थायी नियुक्तिको माग अघि सारेका छन्। नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिकी सचिव सीता खनालले माग…

स्वास्थ्य बीमितको चाप बढेपछि लुम्बिनी अस्पतालमा फार्मेसी काउन्टर थप

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिनेको संख्या तीव्र गतिमा बढेपछि फार्मेसी काउन्टरको संख्या थप गरिएको छ। सरकारले उक्त अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमका लागि पहिलो प्रस्थान बिन्दुका रूपमा मान्यता दिएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालका अनुसार सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन फार्मेसी काउन्टर सात पुर्‍याइएको वताए।“सेवाग्राहीलाई लामो समय लाइनमा बस्नुपर्ने समस्या कम गर्न काउन्टर विस्तार गरिएको हो,” उनले भने, “अब फार्मेसी सेवामा सहजता आउनेछ।” स्वास्थ्य बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलका अनुसार अस्पतालमा ओपीडी सेवातर्फ दैनिक १,२सय भन्दा बढी…

युसीएमएसका स्वास्थ्यकर्मीको चीत्कार: मौनता होइन, श्रमको मूल्य देऊ

स्वास्थ्यसमाचार/ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्। कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने, स्तरवृद्धि, श्रम ऐन र स्वास्थ्य मापदण्ड अनुसारको नियुक्ति, सुत्केरी बिदा, जोखिम भत्ता जस्ता सुविधाको माग गरेका छन्। कात्तिक २ गते अस्पताल प्रशासनलाई मागपत्र बुझाए पनि सुनुवाइ नभएपछि पुनः आइतबार थप १२ बुँदे माग…

युसीएमएसले भन्यो -आन्दोलनरत कर्मचारी कार्यस्थलमा फर्कनुस्

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीहरुलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ । अस्पतालले नियमित कार्यमा समर्पित हुन आव्हान गरेको हो । युसीएसएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले  विज्ञप्ती जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आजैबाट आकस्मिकसहित सघन उपचार, प्रसुति लगायत सबै सेवाहरु पूर्णरुपमा सञ्चालनमा ल्याउन अनुरोध गर्नुभएको छ । उहाँले वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकुल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुने समेत बताउनुभएको हो । साथै उठेका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक…

बाँकेका नर्सहरु आन्दोलनमा : १५ बुँदे मागसहित काम ठप्प गर्ने घोषणा

स्वास्थ्यसमाचार/ नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघको केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । तलबवृद्धि, जोखिम भत्ता, पेशागत सम्मान लगायतका १५ बुँदे मागसहित देशभरका नर्सहरु आन्दोलनमा छन् । नर्सिङ संघ बाँकेका अध्यक्ष शिला शर्माका अनुसार, केन्द्रीय कार्यक्रम अन्तर्गत बाँकेका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज हातमा कालोपट्टी बाँधेर काम गरे । १२ गतेदेखि भने उनीहरुले आन्दोलनलाई थप सशक्त बनाउँदै २ घण्टा आकास्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेका छन् । संघले सार्वजनिक सेवामा कार्यरत नर्सहरुका लागि सार्वजनिक बिदा, चाडपर्व र अन्य विशेष दिनहरुमा एक दिन…

भ्रष्टाचार भएको सुन्न नपरोस : स्वास्थ्य मन्त्री डा. सुधा शर्मा

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा गौतमले मन्त्रीको कार्यभार सम्हालेकी छन् । पदभार सम्हाल्दै मन्त्री गौतमले मन्त्रालयमा भ्रष्टाचार भएको सुन्न नपरोस भन्दै सेवाग्राहीलाई कुनै किसिमको दुख दिने काम भएको आफुले सुन्न नपरोस भनेकी छन् । उनले भनिन्- ‘जेनजी आन्दोलन भ्रष्टाचार बढेको र सुशासन नभएकोले भएको हो । कुनै पनि तहमा कतैबाट भ्रष्टाचार भएको सुन्न नपरोस । भ्रष्टाचार आर्थिक रुपमा हुन्छ र प्रशासनिक रुपमा हुन्छ । त्यो नहोस् ।’ उनले अहिले देशको मुहान सफा रहेको र अहिलेको अवस्थामा यो भन्दा राम्रो व्यक्ति देशले पाउन नसक्ने बताउदै आफुहरुले सकेसम्म राम्रो काम गर्ने बताएकी छन्…

स्वास्थ्य मन्त्रीको पहिलो निर्णय: आन्दोलन प्रभावित घाइतेका लागि मनोपरामर्श सेवा स्थापना

स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले शुक्रबार पदभार ग्रहण गरेकी छन्। दिउसो शीतल निवासमा शपथग्रहण गरेपछि उनले अपरान्ह मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन्। कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइतेलगायतका व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने घोषणा गरेकी छन्। पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्माले आफू मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन्। साथै उनले जेन जी आन्दोलनका शहीद परिवारको स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिने योजना बनाएको जानकारी दिइन्। डा. शर्माले जेन जी आन्दोलनका शहीद परिवारलाई निशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन…

स्वास्थ्य मन्त्री डा. सुधा शर्मासहित दुई मन्त्रीले लिए शपथ

स्वास्थ्यसमाचार/ नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथग्रहण गराएका हुन् । शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता छन् । प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिस गरेकी थिइन् । तर जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाएकी थिइन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका थिए । यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता…