स्वास्थ्यसमाचार/ दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा शनिबार वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज चिकित्सक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन्। उनले स्वास्थ्यपेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान पु¥याउँदै आएको उल्लेख गर्दै प्रदेश सरकारले पनि नागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन्।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले मोफसलमा विट पत्रकारिताको पहिचान कायम गर्न स्वास्थ्यपेज सफल भएको बताए। उनले व्यवसायिक र तथ्यपरक पत्रकारिताबाट स्वास्थ्य क्षेत्रमा सम्भावना, समस्या र समाधानको खोजी गर्न सफल भएको बताए।
भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले स्वास्थ्यपेजले विट पत्रकारिताको मानक स्थापित गरेको बताए। त्यस्तै नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रुपानन्द अधिकारीले स्वास्थ्य विषयमा समाचार बनाउने संस्कृति स्थापना गर्नु सकारात्मक कदम भएको बताए।
दिर्घायु हाउस प्रालिका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुरेश कुमार कनोडिया, इश्वरी केसी, डा. सुभाष पाण्डे, शिला शर्मा, जयदेव अवस्थी, देवेन्द्र कुमार केसी र वसन्त गौतमलगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठसहित सहभागी अतिथिहरूले स्वास्थ्यपेज विशेषांकको विमोचन गरेका थिए।
प्रतिकया दिनुहोस्