नेपालको स्वास्थ्य सेवा क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र परिवर्तनको चरणमा छ । सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, सीमित स्रोत र जनशक्तिको अभाव देखिँदै गर्दा निजी क्षेत्रका अस्पतालहरूले पूरक र महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
यही सन्दर्भमा लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र बुटवलमा अवस्थित एक सय बेडको बुटवल हस्पिटल प्रा.लि.पश्चिम नेपालको स्वास्थ्य सेवामा गुणस्तर, पहुँच र विश्वासको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ ।
बुटवल हस्पिटल प्रा.लि.नामले नै अब केवल व्यापार र व्यवसायको केन्द्रभन्दा बढी, पश्चिमाञ्चलको एक प्रमुख स्वास्थ्य सेवा केन्द्रको रूपमा पनि चिनिँदैछ । यस परिचयको पृष्ठभूमिमा अग्रपंक्तिमा रहेको संस्था हो बुटवल हस्पिटल प्रा.लि. । यो केवल इट्टा, सिमेन्ट र उपकरणको समूह होइन, बरु विश्वास, सेवा र सामुदायिक भावनाको मूर्तरूप यो अस्पताल ।
यसले एउटा शताब्दी सय शैयाको क्षमतासमेत जोडेर आफ्नो सेवाको दायरा र गुणस्तरलाई नयाँ माथिल्लो बिन्दुमा पु¥याएको छ, जसले गर्दा यो क्षेत्रका लाखौं नागरिकहरूको लागि प्रथम र अन्तिम विश्वासको स्वास्थ्य केन्द्र बन्न सफल भएको छ । निजी क्षेत्रको लगानीमा स्थापना भएको बुटवल हस्पिटल प्रा. लि. को मुख्य उद्देश्य आम नागरिकलाई सुलभ, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो ।
सुरुमा सीमित सेवा र क्षमताबाट सञ्चालनमा आएको अस्पतालले समयक्रमसँगै आफ्नो भौतिक संरचना, सेवा क्षेत्र, जनशक्ति र प्रविधिमा उल्लेखनीय विस्तार गरेको छ । अस्पताल व्यवस्थापनले व्यवसायिकता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै बिरामी केन्द्रित सेवालाई मूल दर्शनका रूपमा आत्मसात् गर्दै अघि बढेको अध्यक्ष चुन्नुप्रसाद पौडेल बताउँछन् ।
बुटवल हस्पिटलले आफ्नो यात्रामा एउटा संघर्षको यात्रा तय गर्दै एक सय शैया क्षमतासमेत जोडेको छ । यसले केवल संख्यात्मक वृद्धि मात्र होइन, यसको व्यापक प्रभाव छ ।विशेषज्ञताको विविधता र विस्तारसँगै अस्पतालले नयाँनयाँ विशेषज्ञताका विभागहरू सुरु गरेको छ । नेफ्रोलोजी मृगौला रोग, न्यूरोलोजी स्नायुरोग, साइकोएट्री मनोचिकित्सा, प्लास्टिक सर्जरी, एनेस्थेसियोलोजीजस्ता विभागहरूको स्थापनाले रोगीहरूलाई अझै उपचारमा सहज भएको छ ।
मल्टी डिसिप्लिनरी टिम अप्रोच: सय शैया अस्पतालको संरचनाले एकै रोगीको उपचारमा विभिन्न विशेषज्ञहरूको सहकार्य (मल्टी डिसिप्लिनरी) टिमलाई सहज बनाएको छ ।आधुनिक भौतिक संरचना र पूर्वाधार बुटवल हस्पिटल प्रा. लि.आधुनिक र सुविधा सम्पन्न भवनबाट सञ्चालनमा छ । अस्पताल परिसर सफा, व्यवस्थित र बिरामीमैत्री देखिन्छ ।
फराकिला ओपिडी कक्ष, विशेषज्ञ चिकित्सकका छुट्टाछुट्टै परामर्श कक्ष, जनरल, सेमी–प्राइभेट र प्राइभेट वार्ड, आइसियू, एनआइसियू र एचडियू अत्याधुनिक अपरेशन थ्रिएटरका साथै एक सय बेडको बुटवल हस्पिटलको महत्वपूर्ण विशेषता भनेकै २४ सै घण्टा आकस्मिक तथा आपत्कालीन सेवा दिनु हो ।
सडक दुर्घटना, ट्रमा, हृदयघात, स्ट्रोक, आकस्मिक शल्यक्रिया, जटिल प्रसूति अवस्थालगायतका गम्भीर अवस्थाका बिरामीहरूका लागि अस्पताल सधैँ तयारी अवस्थामा रहेको देखिन्छ ।
आर्थोपेडिक्स र ट्रामा सेवा: बुटवल र आसपासका जिल्लाहरूमा सडक दुर्घटना धेरै हुने गर्दछ । अस्पतालले आधुनिक ओपरेसन थिएटर, सिआर्ममा इमेजिङ सिआर्म र पुनस्र्थापना रिह्याबिलिटेसन सेवासहितको सम्पूर्ण ट्रमा केयर उपलब्ध गराएको छ ।
ग्यास्ट्रोएन्टेरोलोजी र एण्डोस्कोपिस: पेट र आन्द्राका जटिल रोगहरूको निदान तथा उपचारका लागि उन्नत एण्डोस्कोपी र कोलोनोस्कोपी सेवा उपलब्ध छ ।
पूर्ण प्रयोगशाला सेवा: हेमाटोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजीलगायतका सम्पूर्ण प्रयोगशाला परीक्षणहरू आधुनिक मेसिनरीद्वारा नै गर्न सकिन्छ । यसले निदानमा ढिलाई हटाएको छ ।
उन्नत इमेजिङ सेवाः डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड, कलर डप्लर, सिटी स्क्यान, टोमोग्राफी जस्ता सेवाहरू उपलब्ध छन् ।
भविष्यमा एमआरआई म्याग्नेटिक रेजोनान्स इमेजिङ जोड्ने योजनाहरू पनि रहेको छ । २४ र ७ आपत्कालीन र आइसीयू सेवा ः पूर्णरूपले सुसज्जित आइसियू इन्टेन्सिभ केयर युनिट र सिसीयू (क्रिटिकल केयर) युनिटले गम्भीर रूपमा बिरामी परेका रोगीहरूको लागि जीवनरक्षक सेवा प्रदान गर्दै आएको छ । विशेषगरी न्युरो सर्जरी, स्पाइन उपचार, जटिल ट्रमा केयर र आर्थोपेडिक उपचारमा अस्पतालले राम्रो विश्वास कमाएको छ ।
रोगको छिटो र सही पहिचान उपचारक पहिलो आधार हो । यसलाई मध्यनजर गर्दै बुटवल हस्पिटलले आधुनिक डायग्नोस्टिक सेवामा लगानी गरेको छ । अस्पतालमा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड, अत्याधुनिक प्रयोगशाला सेवा तथा सिटी स्क्यान सुविधा उपलब्ध छन् । छिटो रिपोर्ट, विश्वसनीय परीक्षण र डिजिटल रेकर्ड प्रणालीले उपचार प्रक्रियालाई प्रभावकारी बनाएको छ ।





प्रतिकया दिनुहोस्