स्वास्थ्यसमाचार/जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट सञ्चालक समितिको नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले नारायण प्रसाद भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
बुटबलमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत गुणानिधि खनालले जानकारी दिए । समितिका सदस्यहरूमा रमेश पाण्डे, सीता थापा, प्रविण साह, बालकृष्ण पौडेल र खिमलाल पाण्डे रहेका छन् ।
२०७५ साल वैशाख ३० गते ७१ जना स्वास्थ्यकर्मीको करिब ३ करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना भएको जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यता प्राप्त गरी सञ्चालनमा रहेको छ ।
ल्याबले सरकारद्वारा निर्धारण गरिएको मूल्य–मान्यताको आधारमा मेडिकल ल्याबोरेटोरी सेवाहरू उपलब्ध गराउँदै आएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार ल्याबमा HPV DNA परीक्षण लगायत आवश्यक सबै प्रकारका प्रयोगशाला सेवा उपलब्ध छन् ।
अधिवेशन तथा साधारण सभा संस्थाका अध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षता नारायण प्रसाद भण्डारीको स्वागत तथा सञ्चालन रमेश पाण्डेले गरेका थिए ।

प्रतिकया दिनुहोस्