नेपाल स्वास्थ्यकर्मी संघ प्युठानको अध्यक्षमा न्यौपाने निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ प्युठानको चौथो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले थानेश्वर न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कमल परियार, जगत जिसी, बिजुला जिसी, प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी चयन भएका छन् । सचिवमा शेरसिंह थापा मगर निर्वाचित हुँदा सह–सचिवमा केशव केसी, ज्ञानबहादुर पुन, लक्ष्मी न्यौपाने र केशव पुन चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी अर्जुन न्यौपानेलाई दिइएको छ ।

त्यसैगरी सदस्यहरूमा मिनबहादुर जिसी, यज्ञबहादुर केसी, भगवती दाहाल, तुलसा न्यौपाने, अनिल पन्थी, प्रवेश धामी, शान्ति राना र राधिका शाह रहेका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिहरूमा कौशल राज वैद्य, पुष्कल श्रेष्ठ, दोर्ण बुढाथोकी, गणेश केसी, विष्णु थापा, यशोदा वैद्य, हरि प्रसाद जैसी, रेशम थापा र रामचन्द्र पौडेललाई चयन गरेको छ ।

यसैगरी स्थानीय तह समन्वयका लागि स्वर्गदारी नगरपालिकामा हेमराज पौडेल, नौबहिनी गाउँपालिकामा खिमविक्रम केसी, गौमुखी गाउँपालिकामा एलिना थापा, मल्लरानी गाउँपालिकामा हरिष श्रेष्ठ र ऐरावती गाउँपालिकामा महेन्द्र राउत संयोजकमा चयन भएका छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :