एनएमए निर्वाचनः डा बद्री रिजाल नेतृत्वको समूहद्वारा उम्मेदवारी दर्ता

वरिष्ठ उपाध्यक्षमा तिवारी,महासचिवमा दवाडी र बागमती उपाध्यक्षमा भट्टराई

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वमा रहेको समूहले निर्वाचन समितिसमक्ष औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ।

रिजाल नेतृत्वको समूहबाट अध्यक्ष पदमा डा बद्री रिजाल उम्मेदवार रहनुभएको छ। यस्तै, बरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारी उम्मेदवार हुनुहुन्छ।

उपाध्यक्ष एवं प्रदेश संयोजकतर्फ कोशी प्रदेशबाट डा रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा सुबास भट्टराई, लुम्बिनी प्रदेशबाट डा दिनेश चौधरी, गण्डकी प्रदेशबाट डा नवराज लम्डारी, कर्णाली प्रदेशबाट डा सुशील र सुदूरपश्चिम प्रदेशबाट डा प्रमोद जोशी उम्मेदवार रहनुभएको छ।

यसैगरी, महासचिव पदमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा तेजसिंह मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ।

सदस्य पदतर्फ डा पर्शुराम घिमिरे, डा राकेश साह, डा बिना श्रेष्ठ, डा हिमलाल भन्डारी, सुबोध मिश्र र डा सुस्मित काफ्ले  उम्मेदवार रहनुभएको छ।

चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यका बाहिर २०८२ माघ २ र ३ गते तथा काठमाडौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदानमार्फत हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित शिर्षक :