मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष तथा सदस्य पदका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान कार्य जारी रहेको छ। निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते तोकिएअनुसार बुटवल, भैरहवा लगायतका क्षेत्रमा मतदान भइरहेको छ।

निर्वाचन समितिले लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुने अनुमान गरेको छ। मतदान अधिकृत डा. नेत्र रानाका अनुसार हालसम्म करिब १५० भन्दा बढी चिकित्सकले मतदान गरिसकेका छन्।

त्यस्तै, भिम अस्पतालमा पनि मतदान केन्द्र रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा थापाले जानकारी दिनुभएको छ। निर्वाचन समितिका अनुसार पौष ४ र ५ गते दुवै दिन मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यकाअन्तर्गत राष्ट्रिय सभा गृह, भृकुटीमण्डप तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) मा पौष ११ र १२ गते मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :