स्वास्थ्यसमाचार/ बुटवल स्थित एडमण्ड सिटी हस्पिटल र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा एडमण्ड सिटी हस्पिटलका संचालक तथा अध्यक्ष प्रकाश राना र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द पोख्रेलले हस्ताक्षर गर्नुभएको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङेनी तथा शिक्षा डिभिजन भैरहवा कार्यालयका प्रमुख उप–सचिव हरि बिष्टको समेत उपस्थिति रहेको थियो। यस सम्झौताअनुसार सहकारीका सदस्य तथा शिक्षकहरूलाई एडमण्ड सिटी हस्पिटलमार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गरिनेछ। दुवै संस्थाबीचको सहकार्यले गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य…
एडमण्ड सिटि अस्पताल
एडमन्ड सिटी हस्पिटल र बुटवल–१३ बीच स्वास्थ्य सहुलियत सम्झौता
स्वास्थ्यसमाचार/ एडमन्ड सिटी हस्पिटल, बुटवल र बुटबल उपमहानगरपालिका वडा नं. १३ बीच वडाबासीलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत छुट प्रदान गर्ने सहमति भएको छ। सम्झौतामा वडा अध्यक्ष नारायण प्रसाद पुन र हस्पिटलका सिइओ रमेश सिटौला ले हस्ताक्षर गर्नु भएको छ ।“स्वस्थ वडा, समृद्ध समाज”— यही अभियान अन्तर्गत वडाबासीका लागि यो सहुलियत व्यवस्था लागू गरिएको वडा अध्यक्ष नारायण पुनले बताउनु भयो । एक सय शैयाको क्षमतासहित अत्याधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी र अनुभवी चिकित्सक टोलीद्वारा सञ्चालित एडमन्ड सिटी हस्पिटलले समुदायलाई गुणस्तरीय र सहज सेवा दिँदै आएको अस्पतालका सिईयो रमेश सिटौलाले बताउनु भयो ।…
एडमण्ड सिटि अस्पताल र एसियन थाईफूड वीच उपचारमा सम्झौता
स्वास्थ्यसमाचार/एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको हो । उक्त सम्झौतामा मंगलबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष प्रकाश राना र एसियन थाई फूड प्रोडक्सका सेल्स म्यानेजर दीपक बास्तोलाले दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौतासँगै एसियन थाईफूडमा कार्यरत झण्डै १ हजार कर्मचारीले सहज रुपमा उपचारमा छुट सुविधा लिने सेल्स म्यानेजर बास्तोलाले बताउनु भयो । अस्पतालका अध्यक्ष रानाले ट्रमा र न्यूरोलाई आधार बनाएर सञ्चालन गरिएको…
