एडमण्ड सिटी हस्पिटल र नवयुग शिक्षक सहकारीबीच स्वास्थ्य सेवा सहुलियत सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल स्थित एडमण्ड सिटी हस्पिटल र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा एडमण्ड सिटी हस्पिटलका संचालक तथा अध्यक्ष प्रकाश राना र नवयुग शिक्षक पेशागत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द पोख्रेलले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङेनी तथा शिक्षा डिभिजन भैरहवा कार्यालयका प्रमुख उप–सचिव हरि बिष्टको समेत उपस्थिति रहेको थियो।

यस सम्झौताअनुसार सहकारीका सदस्य तथा शिक्षकहरूलाई एडमण्ड सिटी हस्पिटलमार्फत विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गरिनेछ। दुवै संस्थाबीचको सहकार्यले गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :