स्वास्थ्यकर्मी संघको अध्यक्षमा भट्ट र महासचिवमा लामिछाने विजयी

स्वास्थ्यसमाचार /रुपन्देहीमा सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको आठौँ केन्द्रीय महाधिवेशनबाट दीपकराज भट्ट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । तिलोत्तमा यहि पुस १० गते सम्पन्न महाधिवेशन ले दीपकराज भट्टको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विश्व बन्धु विनायी निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा मिना श्रेष्ठ, बसन्त कुमार आचार्य, हरिहर तिवारी, रमेश दाशौदी, हर्क बहादुर खड्का, मुरारी आचार्य, शारदा कुमारी यादव, केदारनाथ शाह र कमल नारायण चौधरी चयन भएका छन् । यसैगरी महासचिवमा विष्णु…

लुम्बिनी प्रादेशिक अस्पतालको भूमिकाप्रति नगर प्रमुख असन्तुष्ट

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले लुम्बिनी प्रादेशिक अस्पतालले नगर सरकारसँग असहयोग गर्दै आएको गुनासो गर्नुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख पाण्डेले प्रादेशिक अस्पतालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। नगरप्रमुख पाण्डेले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई सम्बोधन गर्दै नगरपालिकाको स्वामित्वमा रहेको आम्दा अस्पतालबाट ओजेटी (OJT) गर्न आएका विद्यार्थीलाई प्रादेशिक अस्पतालले ओजेटी गर्न नदिएको गुनासो गर्नुभयो। यसका साथै अन्य स्वास्थ्य क्षेत्रहरूमा समेत प्रादेशिक अस्पतालले सहकार्य नगरेको उहाँको भनाइ थियो। नगरप्रमुख पाण्डेले बुटवलमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गर्न खोजिएको जानकारी दिँदै उपमहानगरपालिकाले स्वास्थ्य…

धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

स्वास्थ्यसमाचार/ गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । धुर्कोट गाउँपालिकाको समन्वयमा बुटवल अस्पताल प्रा. लि. र जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो । जैसिथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलका अनुसार स्वास्थ्य शिविर २०८२ साल पुष १२ गते बिहान ८ बजेदेखि जैसिथोक स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ । शिविरमा महिला तथा स्त्री रोग, सुगर, थाइराइड, पेट तथा छाती रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ…

स्वास्थ्य सेवामा पहुँच मात्र होइन, गुणस्तर अनिवार्य : स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवालाई पहुँचसँगै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा बिना नागरिकको जीवन रक्षा सम्भव नहुने बताउनुभयो। उहाँले स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै रुपन्देही जिल्ला स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो। यहाँका स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाका कारण धेरै नागरिक लाभान्वित भएको र रुपन्देही अब ‘हेल्थ टुरिजम हब’ बन्दै गएको उहाँको भनाइ थियो। मन्त्री सारुले बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण…

नागरिककाे स्वास्थ्य सेवाकाे दायित्व सरकारले लिनुपर्छ : काँग्रेस नेता शाह

स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिककाे स्वास्थ्य सेवालाई नि:शुल्क बनाउनु पर्ने विचार राख्नुभएकाे छ । नेपाल स्वास्थ्यकर्मी संघकाे रुपन्देहीको तिलोत्तमामा भएकाे आठौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै काँग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएकाे हाे । उहाँले कोभिड–१९ महामारीजस्तो कठिन समयमा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको आवाज सुन्नु अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्यकर्मीका समस्या समाधान…

रुपन्देहीको मर्चवारमा अत्यधिक चिसोले ५८ वर्षीय वृद्धको बाटोमै मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर लम्बु हरिजन रहेका छन्। इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजन सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण बाटोमै ढलेका थिए। उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किंदै गर्दा असह्य चिसोले स्वास्थ्य बिग्रिएर ढलेको बताइएको छ। प्रहरी निरीक्षक तपेन्द्र विष्टले मंगलबार बेलुका करिब ४ः३० बजे घटनास्थलमा हरिजन लडेको अवस्थामा भेटिएको जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार उनी बजारबाट घर फर्किंदै गर्दा अचानक ढलेका थिए। घटनापछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली…

अर्टिजम बारे बुझौं र सही ब्याबस्थापन गरौं :भोजराज पोख्रेल

अर्टिजम भन्नाले मस्तिस्कको असाधारण अबस्था हो । यो एउटा मस्तिस्कको बिशेष अबस्था मात्र हो । यो एक किसिमको जन्म जात बिशेष अबस्था हो । अर्टिजम भएका बालबालिकाको शारिरिक अबस्था सामान्य भएता पनि सामाजिक सिप ,संन्चार सम्बन्धि सिप र सिकाईको क्षमता कम हुन्छ । संक्षेपमा भन्नु पर्दा अर्टिजम भन्नाले बालबालिकाको मस्तिस्क बिकासको क्रममा आउने समस्या हो । भन्ने बुझ्नु पर्दछ । अर्टिजम स्नायु तथा नशाको बिकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो । यो जन्म जात नशा र तन्तुको बिकासका क्रममा आएको असमानताको एउटा रुप हो । अर्टिजम लाई न्युरो डेभलपमेन्ट…

१८ करोड भुक्तानी नआए निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द गर्ने

स्वास्थ्यसमाचार/ बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ। सरकारको कार्यक्रम अनुसार मुटुका बिरामीको उपचारका लागि क्याथल्याब मार्फत एक पटक १ लाख र मिर्गौलाका बिरामीहरूको डायलाइसिसका लागि एक पटक २ हजार ५ सय रुपैयाँ अस्पतालहरूलाई उपलब्ध गराइन्छ। अस्पतालले अहिलेसम्म यस कार्यक्रम अन्तर्गत १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीलाई नियमित सेवा दिँदै १८ करोड ५९ लाख रुपैयाँ बराबरको उपचार सेवा…

बुटवलमा अत्यधिक चिसोका कारण विद्यालय तीन दिन बन्द घोषणा

स्वास्थ्यसमाचार/ पछिल्लो केही दिनदेखि अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले पुस ११, १२ र १३ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।उपमहानगर पालिकाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा वार्षिक विदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्न अनुरोध गरिएको छ। नगरपालिकाले सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। चिसोको असर…

स्वास्थ्य, शिक्षा र आयलाई मुख्य सूचक बनाएर लुम्बिनी साक्षर प्रदेश घोषणा हुँदै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश पुस १३ गते साक्षर प्रदेश घोषणा गरिँदै छ । मानव विकासको विश्वव्यापी मूल्याङ्कनमा शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आयलाई मुख्य सूचक वनाई लुम्बिनीलाइ साक्षर प्रदेशको रुपमा घोषणा गर्न थालिएको हो । सरकारी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला साक्षर घोषणा भइसकेका छन् । दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, बाँके लगायतका जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ । एसइई परीक्षाको नतिजामा सुधार भइरहेको र शैक्षिक सत्र २०८० मा ३८ दशमलव ६५ प्रतिशत उत्तीर्ण दर रहेकोमा ०८१ मा ६२ दशमलव शून्य छ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेशको…