स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा.लि.संग संघ संस्थाहरुसँगको उपचार सम्झौता अभियानलाई तिब्रता दिएको छ । यसैक्रममा बुटवलमा रहेको सिटिजन वैकसंग एक समारोहका बिच उपचार सम्झौता गरिएको हो । बुटवल हस्पिटलले उपचारका लागि सिटिजन वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
वाल तथा नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल
स्वास्थ्यसमाचार/गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा. प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ । यो क्रमलाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात…
कालो कफी (Black Coffee)पिउँदा शरीरलाई हुन्छ यस्तो फाइदा
स्वास्थ्यसमाचार/स्वास्थ्यका लागि कालो कफी (Black Coffee) लाभदायक हुन्छ, यदि उचित मात्रामा पिउने हो भने। स्वास्थ्य सचेत मानिसहरु प्रायः ब्ल्याक कफी पिउन रुचाउँछन् । यसमा दूध र चिनीको प्रयोग हुँदैन । वैज्ञानिकहरूले अनुसन्धानमा ब्ल्याक कफीमा पाइने क्याफिनले शरीरमा डोपामाइन, सेरोटोनिन र नोराड्रेनालिनको मात्रा बढाउने पनि पत्ता लगाएका छन् । कालो कफीका फाइदाहरू र तिनका कारणहरू १. एन्टिअक्सिडेन्ट्सको उच्च स्रोत कारणः कालो कफीमा एन्टिअक्सिडेन्ट्स जस्तै क्लोरोजेनिक एसिड पाइन्छ, जसले शरीरमा हुने फ्री रेडिकल्सको असरलाई न्यून गर्छ। यसले कोशिकाको क्षति रोक्न र उमेरसँग सम्बन्धित रोगहरू (जस्तै, बुढ्यौलीको प्रक्रिया) ढिलो गर्न मद्दत पु¥याउँछ। २.…
स्वास्थ्यका लागि व्यायाम जरुरी संघिय स्वास्थ्य सचिब :डा पोखरेल
स्वास्थ्यसमाचार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले स्वास्थ्यका लागि ब्यायाम जरुरी रहेको बताउनु भयो । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा बुटबलमा भएको ‘स्वास्थ्यका लागि दौड’ कार्यक्रम उद्घाटन गर्दै डा पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य मानिसको लागी अतिआवश्यक रहेको बताउदै स्वच्छ रहनको लागी ब्याम जरुरी रहेको र सबैलाई सजग रहन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसँगै सामाजिक उत्तर दायित्वमा संस्थागत रुपमा लागेको बताउनु भयो । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु…
चिकित्सक संघ लुम्बिनीको दौड प्रतियोगिता :दौड उपाधि विशाल र सामनालाई
स्वास्थ्यसमाचार /रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन । उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरि पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरि पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरि पार…
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बिमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ ।शुक्रबार मन्त्रालयमा स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकताअनुसार नभएको जानकारी दिनुभयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनुभयो । ‘‘खासगरी नेपालको स्वास्थ्य बिमाबारे धेरैखाले विषयहरु देखिरहेका छौँ । खासगरी अहिलेको वर्तमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा…
चिकित्सक संघ, लुम्बिनीले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देहीभित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यका साथि संघले दौड गर्ने भएको हो । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने…
लुम्बिनी प्रदेशका सबै अस्पतालमा शुल्क सहितको नागरिक बडापत्र
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतालाई तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिक मैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको छ । प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहापाउनेगरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतालहरुले…
स्वास्थ्य मन्त्रालय लुम्बिनीले १३ पालिकामा रोमिङ नर्स परिचालन गर्ने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य, पोषण सुधार, बाल विवाह न्यूनीकरणको लागि विद्यालय विद्यालयमा गएर अध्ययनरत विद्यार्थीहरुलाई पोषण सुधार, मनो सामाजिक विमर्श, प्रजनन स्वास्थ्य तथा बाल विवाह न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्न रोमिङ नर्सको नियुक्ति गर्ने भएको छ । लुम्बिनी प्रदेशमा आत्महत्या र बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको नियुक्ति र परिचालन गर्न लागिएको । हाल १३ वटा गांउ पालिकाबाट सुरुआत गरेर आगामी वर्ष लुम्बिनी प्रदेशका १०९ पालीकामै नर्सहरुको नियुक्ति र परिचालन गर्ने कार्यक्रम रहेको…
विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका छन् । उनले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनुका लागि ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले ‘विद्यालय नर्स कार्यक्रम’ लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी ‘विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका’लाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका हुन् । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्वास्थ्य दूत’का रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई…