स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकामा महिला स्वास्थ्य स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम  गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक पटक मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिने भएको छ। मानसिक रोगको निःशुल्क स्वास्थ शिविर हरेक महिनाको दोस्रो मंगलबार गरिने भएको छ।विश्व स्वास्थ संस्था तथा सि.एम.सि नेपाल संस्थाले ५ महिना सम्म सहयोग दिने र सो मानसिक स्वास्थ्य र परामर्श को लागी शुद्धोधन गाउँपालिकाले निरन्तर दिने उक्त कार्यक्रम यस शुद्धोधन गाउँपालिकामा…

बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने

स्वास्थ्यसमाचार/ बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए । यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए । देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको…

भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट फेरिए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकारले भिमअस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयले मेसुमा कार्यरत डाशकुन्तला गुप्तालाई लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता गर्ने र डा नुरूल होदालाई पृथ्वीचन्द्र अस्पताल परासीवाट भैरहवामा रहेको भिम अस्पतालमा सरुवा गरि मेसुको जिम्मेवारी दिएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले पृथ्वीचन्द्र अस्पताल परासीमा मेसु रहेका डा.नुरूल होदालाई भिम अस्पताल भैरहवामा सरुवा गरेको मन्त्रालयले जनाएको छ। डा डा.नुरूल होदा आजै भिम अस्पतालमा आई हाजीर समेत गरेको अस्पताल प्रशासनले जनाएको छ। गुप्ता बिगत ३ बर्ष सम्म भिम अस्पतालमा मेसुको जिम्मेबारी समाल्नु भएको थियो। भने पृथ्वीचन्द्र…

लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनको अध्यक्षमा गौतम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा तिलक गौतम निर्वाचित हुनु भएको छ। आज अस्पतालमा भएको बिकास समिति कर्मचारी युनियन को भेला ले गौतमलाई सर्बसहमतिमा निवाचित गरेको हो।समितीको उपाध्यक्षमा सागर गौतम, कमल लामिछाने,भगबती पान्डे सचिबमा दिपन्द्र पौडेल,सह सचिबमा ईन्द्र राई,कोषाध्यक्षमा कमला राना सह कोषाध्यक्षमा बाबुराम बराली रहनु भएको छ । भने सदस्यहरुमा कल्पना बस्याल,हिरा घिमिरे,शर्मिला ज्ञाबली,राम बहादुर राबल,रेशम पौडेल,लिला भन्डारी,मनकुमारी सार्र्की रहनु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको अध्यक्षता ,अस्पताल बिकास समिति कर्मचारी युनियनको केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त बिशिष्ठ…

अनुगमन आएको थाहपाएपछि औषधी पसललेहरु सटरलगाएर हिडे

स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन आएको थाह पाएपछि सटर लगाएर हिडेका छन। अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा टोलि हिडेको थाहपाएपछि अमुवामा रहेको फार्मा सटर लगाएर हिडेको स्थानियले वताए । सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन । सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र…

डा. शकुन्तला गुप्ताको प्रयास वाट फेरिएको भिम अस्पतालको पहिचान

भैरहवामा पनि सरकारी अस्पताल छ र ? भन्ने जो कोही पनि अनविज्ञ थिए । बर्षौ पहिला स्थापना भएको भिम अस्पताल ईतिहास बोकेपनि मानिसको सेवामा पनि सहज रुपमा पुग्न सकेको थिएन । पुराना भौतिक पुर्वाधार, कर्मचारी अवाभ सेवा प्रवाहमा ढिला सुस्ती यी भिम अस्पतालका पुराना रोग जस्तै थिए । तर अहिले अस्पतालका यी सबै रोग निको मात्रै भएका छैनन, निर्भलीकरण नै भएका छन् , अर्थात उन्मुलननै भएका छन् ।भिम अस्पतालको नेतृत्वमा पुगेकी एक महिला चिकित्सकको कारण अहिले रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको भिम अस्पताले आफ्नो पहिचान नै बदलेको छ । आइपर्ने जुनसुकै…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५६ जना कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक पाँचौ छैठौ सातौ आठौ तहका अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको सरुवारसरुवा गरिएको हो। सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। मिति २०८०/०४/३१ गतेको (सचिवस्तर) निर्णयबाट सरुवा भएका नेपाल स्वास्थ्य सेवाका विभिन्न तह र पदका कर्मचारीहरको सरुवा सम्वन्धी विवरण । हेरौं कसको सरुवा कहाँ सरुवा विवरण हेर्न यहाँ क्लीक गर्नूहोस्  

बुटबल ११ नहरपुरमा डेंगु रोकथाम सचेतना तथा सरसफाई कार्यक्रम

स्वास्थ्यसमाचार/ बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिए । लमखुट्टेको टोकाईवाट डेङ्गी सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो । सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु,महिलास्वास्थ्य स्वयमसेविका र स्थानियको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टयरहरु व्यवस्थापन गरिएको थियो । टोल…

केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालका सेवाग्राहीहरुमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि अस्पतालले केन्द्रीय सुधार गृह,भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाइ तथा सह/नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सबैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । केही समयदेखि देशभर डेंगुको संक्रमण १३ हजार माथि पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अवस्थामा सरोकारवाला सबै सक्रिय र सचेत रहनुपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रीय कारागार अस्पातालको सभा हलमा अस्पतालका मेडिकल सुपरिटेन्डेट…

मेडिकल शिक्षा पढाउने शिक्षण संस्था बन्द भएको भन्दै सञ्चालहरू आन्दोलनमा

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो । संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर…