स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार /रुपन्देहीको शुद्धोधन गाउँपालिकामा महिला स्वास्थ्य स्वंयसेविकाहरूको लागि मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम  गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक पटक मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिने भएको छ।

मानसिक रोगको निःशुल्क स्वास्थ शिविर हरेक महिनाको दोस्रो मंगलबार गरिने भएको छ।विश्व स्वास्थ संस्था तथा सि.एम.सि नेपाल संस्थाले ५ महिना सम्म सहयोग दिने र सो मानसिक स्वास्थ्य र परामर्श को लागी शुद्धोधन गाउँपालिकाले निरन्तर दिने उक्त कार्यक्रम यस शुद्धोधन गाउँपालिकामा मात्र नभई सियारी,गैडहवा,कञ्चन गाउँपालिकाका बिरामीहरूले पनि सेवा लिन सकिने शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बताउनुभयो।

सम्बन्धित शिर्षक :