महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

स्वास्थ्यसमाचार /सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै सो मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ। सरकारले उनीहरुहरुलाई स्वास्थ्य बिमा समेत गराई दिएको छ ।

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

स्वास्थ्यसमाचार/आगामी वर्षको बजेट सार्वजनिक भएको छ । यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्दि गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरे। । आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको छ । कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ । रोगको उपचार र नियनत्रणमा विशेष प्राथमिकता दिदै स्वास्थ्यमा बजेट ल्याइएको छ । यस्तै नयाँ अस्पताल निर्माणका लागि १४ अर्ब २७ छुट्याइएको छ । चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । काठमाडौंमा ३ सय सैयाको सरुवा रोग अस्पताल निर्माण हुनेछ ।…

नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या ५ पुग्यो

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।ललितपुरको किस्ट हस्पिटलमा ३ दिनअघि बिरामी भएर एक जना बिरामी भर्ना भएका थिए । उनको बुधवार दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले जेठ ११ गते अस्पताल भर्ना भएका ललितपुरका ५७ वर्षीय पुरुषको लिभरमा समस्या भएपछि उनको दुई दिनअघि स्वाब संकलन गरेर पठाइएकोमा कोरोना पुष्टि भएको बताए । शवलाई शवगृहमा राखिएको र कसरी संस्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ…

क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने ठाउँ बनाउ : प्रदेश सभाषद

स्वास्थ्यसमाचार/ प्रदेश५का प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित वनाउन माग गरेका छन। प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ७७ /७८को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा वोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईन मानिस मार्ने स्थल हुन नहुनेमा कुरामा जोड दिएका थिए । रोग भोक जितौ मान्छे मार्नवाट रोकौ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न सभामा बोल्ने माननियहरुले जोड दिएका थिए ।प्रदेश सदस्यहरुले क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो गर्दे नीति तथा कार्यक्रममा नेचर ,कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरे । क्वारेन्टाईनलाई…

मैले कोरोनालाई अवसरको रुपमा लिएको छु :अध्यक्ष पोखरेल

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण कसरी भयो आफै अन्योल भएको बताएका छन। आफु गाउँपालिकाको कायक्र्रममा जादा सामाजीक दुरी कायम गरेर जाने गरेको बताए । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा यस अघि आरडिटी विधिबाट कोरोना परिक्षण गर्दा एकजनामा पोजेटिभ देखिएपछि पीसीआर परिक्षण गरिएको थियो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पोख्रेलले बिज्ञप्ति जारी गर्दै नआत्तिन र सतर्कता अपनाउन आग्रह गरेका छन् । आफ्नो सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भईरहेको भन्दै आफु भने क्वारेन्टाइनमा बस्ने उनले बताएका छन्। मआफै कसरी संक्रमित भए मलाई थाहछैन अध्यक्ष पोखरेलभने सामाजीक…

प्रदेश ५का १२ जिल्ला मध्ये ८ जिल्लामा कोरोना संक्रमण फैलियो

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ ।जिल्लाको पाणिनी गाउँपालिका –८, पालिको कमला माविको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका डाः कपिल गौतमले बताए । संक्रमितहरु केहिदिन अघि भारतबाट आएका थिए । यस अघि प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पहिलो र दोश्रो पटक संक्रमित भेटिएका छन । प्रदेश ५ को ८ जिल्ला बाँके, बर्दिया, दांग, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम जिल्लामा कोरोना संक्रमण फैलिएको छ । अर्घाखाँचीमा २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ४…

कोरोना नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति सफलः प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले अपनाएको रणनीति उपयोगी भएको बताएका छन् । सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारले कोरोना महामारीका लागि अबलम्बन गरेका रणनीतिहरु सफल भएको बताए । सुरुका दिनमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको तयारीमा केही अलमल देखिएपनि कोरोना उपचारका लागि तोकिएका अस्पताल, आइसोलेसन वार्ड लगायतका तयारी पछिल्लो दिनमा प्रभावकारी रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वका विभिन्न मुलुक प्रभावित बनिरहेको बेला नेपालमा जारी गरिएको लकडाउन, कोरोना परीक्षणको दायरा बढेकोले यसले कोरोना महामारीलाई नियन्त्रणमा…

संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा

स्वास्थ्यसमाचार /प्रदेश नं ५को बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।कोरोना भाइरस संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो’,सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले…

राष्ट्रिय चिकित्सकसंघ द्धारा कोभिडका बिरामीलाई पौस्टिक आहार

स्वास्थ्यसमाचार /नेपाल राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाले कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीका लागि स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न हस्तान्तरण गरेको छ। कार्यक्रममा नेपाल राष्ट्रिय चिकित्सक संघ शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली, लुम्बिनी शाखा केन्द्रिय सदस्य डा. रुद्ध भण्डारीले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षसुर्य बहादुर भट्टराई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजीमय लाई हस्तान्तरण गरे । स्वास्थबर्धक पौस्टिक खाद्यान्न च्यावनप्राश, हर्लिक्स, पौस्टिक झोल आदि हाल धागो कारखानास्थित कोरोना…

कोरोना संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

शेरिफ केसी /रासस जीतपुर कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुर्याउन सकिएको छैन । नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ । बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला…