भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट फेरिए

कार्यरत डा . शकुन्तला गुप्ताको काज फिर्ता मेडिकल सुपरिटेन्डेन्टमा डा.होदा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सरकारले भिमअस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयले मेसुमा कार्यरत डाशकुन्तला गुप्तालाई लुम्बिनी प्रादेशिक अस्पतालमा काज फिर्ता गर्ने र डा नुरूल होदालाई पृथ्वीचन्द्र अस्पताल परासीवाट भैरहवामा रहेको भिम अस्पतालमा सरुवा गरि मेसुको जिम्मेवारी दिएको हो ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले पृथ्वीचन्द्र अस्पताल परासीमा मेसु रहेका डा.नुरूल होदालाई भिम अस्पताल भैरहवामा सरुवा गरेको मन्त्रालयले जनाएको छ। डा डा.नुरूल होदा आजै भिम अस्पतालमा आई हाजीर समेत गरेको अस्पताल प्रशासनले जनाएको छ।

गुप्ता बिगत ३ बर्ष सम्म भिम अस्पतालमा मेसुको जिम्मेबारी समाल्नु भएको थियो। भने पृथ्वीचन्द्र अस्पताल परासीमा मेसु रहेका डा.नुरूल होदाले पनि ३ बर्ष सम्म अस्पतालको मेसु सम्माल्नु भएको थियो।

 

सम्बन्धित शिर्षक :