स्वास्थ्यसमाचार/समुदायमा डेंगु रोगका बिरामी बढेसँगै यसको नियन्त्रण र रोकथामका लागि स्थानिय स्तरमा बिभिन्न प्रयासहरु भैरहेका छन् । डेंगु रोग नियन्त्रण र रोकथामका लागि स्थानिय तह र स्वास्थ्य सेवासँग सम्बन्धित संघसंस्था र कार्यालयहरुले खोज र नष्ट गर, जनचेतनामुलक कार्यक्रम र अभिमुखीकरण लगाएतका कार्यक्रमहरु संचालन गरेका छन् । यसैबिच नेपाल रेडक्रस सोसायटी बुटवल उपशाखाको आयोजनामा बुटवल उपमहानगरपालीकाका १९ वटा वडामा कार्यरत सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिम्ुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । स्थानिय स्तरमा र वडातहमा डेंगु नियन्त्रण र रोकथामका लागि आवश्यक जनचेतना जागृत गर्ने उद्देश्यले गरिएको सो कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य स्वयंसेविकाहरु समुदायमा पुगेर…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पाल्पामा डेंगी बढेपछि खोज र नष्ट अभियान सुरु
स्वास्थ्यसमाचार/पाल्पामा डेंगी संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट प्रत्येक वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरेका हुन् । तानसेन नगरभित्र संचालित ग्यारेज, कवाडी संकलन गर्ने स्थल, वर्कसप लगायतमा टोली पुगेर लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने लगायतका कार्य गरिएको छ । अभियानमा स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, नगरपालिकाका स्वयंसेवक, प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । नगरभित्रका १४ वटै वडाका साथै विद्यालय, संघसंस्था, स्वास्थ्यकेन्द्र लगायत पानी जम्ने…
लुम्बिनीमा विपद् सम्बन्धि तालिम : प्रतिकार्यमा जुट्न नगरप्रमुख मुसलमानको आग्रह
स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताउनुभयो । सामान्यता बाढि,आगोलागी,पहिरो,भुकम्प,चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा बढि जोड मेयर मुसलमानले दिनुभयो । विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्धारका लागी प्रतिकार्य तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।विपद्ले मानवीय तथा भौतिक क्षति भैरहेको…
स्वास्थ्यमन्त्री मोहन बस्नेतका सय दिनका प्रगति विवरण (पूर्णपाठसहित)
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो १०० दिनको कार्यअवधीमा गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा शुक्रबार विशेष समारोह गर्दै मन्त्री बस्नेतले एक सय दिनमा गरेका कामहरुमध्ये प्रमुख १०७ वटा कामको विवरण भिडियो मार्फत सार्वजनिक गरेका छन्। यसका साथै लिखित विवरण पनि सार्वजनिक गरिएको छ। मन्त्री बस्नेतले प्रस्तुत गरेको १०० दिनको उपलब्धि यस्तो छ।माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतज्यूको पदबहालीपछिका १०० दिन स्वास्थ्य क्षेत्र सुधारका पहलहरू १०० दिनको अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका महत्वपूर्ण क्रियाकलाप तथा प्रगति: माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री…
पाल्पामा डेंगीबाट ११ महिनाकी बालिकाको को मृत्यु
स्वास्थ्यसमाचार/डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ ।तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
बर्दियामा विषालु च्याउ खाँदा ६ जना विरामी
स्वास्थ्यसमाचार/विषालु च्याउ खाँदा बर्दियामा ६ जना विरामी भएका छन् ।बर्दियाको गुलरिया नगरपालिका(१० रत्नापुरका ६ जना घर नजिकै रहेको बगैंचाबाट ल्याएको विषालु च्याउ खाँदा विरामी भएका हुन् । राम नरेश रैदासले गाँउ नजिकै रहेको आँपको बगैचा बाट च्याउ टिपेर ल्याएका थिए । सो च्याउ सत्रुधन रैदासको घरमा पकायर खाएपछि ६ जना विरामी भएका थिए । विरामी सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाप्रहरी कार्यालय बर्दियाकाअनुसार विषालु च्याउ खाँदा शत्रुधन रैदास, गुलरिया ११ का सन्दिप रैदास, सुन्दरी रैदास, गुलरिया ४ का श्रृया कुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया…
लुम्बिनीका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण १ जनाको मृत्यु
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १÷१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ । प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।सवैभन्दा धेरै…
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सांसद शर्मासहित पाँच जना चिकित्सक पक्राउ
स्वास्थ्यसमाचार/नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको…
डेंगी संक्रमित बढे संगै पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु
स्वास्थ्यसमाचार /डेंगी संक्रमितको संख्या बढदै गएपछि पाल्पामा रोकथाम र नियन्त्रण अभियान सुरु गरिएको छ। डेंगी संक्रमित बढदै गएपछि स्थानिय तानसेन नगरपालिकाका जनप्रतिनिधिहरु सरोकार बालसंग छलफल गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले पछिल्लो डेढ महिनायता डेंगी संक्रमण बढ्दै गएको र पाल्पामा पनि एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भएकोले रोकथाम र नियन्त्रण अभियान सुरु गर्नेको लागी स्थानिय जनप्रतिनिधी र सरोकारबालाहरु संग छलफल गरिएको बताउनु भयो। डा गिरीले भन्नुभयो डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा…
नेपाल विद्यार्थी संघको केन्द्रिय तदर्थ समितिमा १० जना डाक्टर
स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका छन्। २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेका हुन्। नेविसंघ ७११ सदस्यीय समितिमा १० जना डाक्टरले स्थान पाएका छन्। जसमा कैलाली निवासी डा नरेश भट्ट, ललितपुर निवासी डा सन्तोष उपाध्याय, सुनसरी निवासी डा सुप्रुद्यन यादव, धनुषा निवासी डा ज्योति साह रौतहट र निवासी डा रितेश चिमौरीया नेविसंघ केन्द्रीय सदस्य बनेका छन्। काभ्रे निवासी डा वीरेन्द्र तिमिल्सिना, स्याङ्जा निवासी डा सागर काफ्ले, बागलुङ निवासी डा सुलभ…

