केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीलाई स्वास्थ्य सचेतना, दौतरी शिक्षा र किटनाशक झुल बितरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या (कन्जगंटिभाईटिस) मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको छ। बिभिन्न सरोकारवाला हरुको सहभागितामा केन्द्रीय कारागार अस्पतालमा आँखा पाक्ने समस्या, मानसिक स्वास्थ्य, दौतरी शिक्षाको सचेतना तथा किटनाशक झुल बितरण कार्यक्रम सम्पन्न भएको हो। कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवाहरुमा कमजोर भौतिक संरचना, खराब जीवनशैली तथा स्वास्थ्य सचेतनाका कमीले नसर्ने रोग, जीवनशैली रोग तथा संक्रामक रोगहरुमा बढोत्तरी भईरहेको अस्पतालको बार्षीक प्रतिवेदनले औल्याएको छ। सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रिय कारागार अस्पतालले डिल्लीबजार, नख्खु, महिला, भद्र…

कारागारका कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको कारण, लक्षण, उपचार, रोग लाग्दा गर्नु हुने र नहुने कार्य तथा समाजमा व्याप्त भ्रमका बारेमा अवगत गराउनुभयो । केन्द्रीय कारागार अस्पतालमा समेत आँखा पाक्ने रोगका बिरामी आउन थालेका छन् ।मानसिक रोग विशेषज्ञ डा। कञ्चन दाहालले कारागारका कैदीबन्दीमा डिप्रेसन, मेनिया, एंगरजस्ता मानसिक समस्या हुने र समयमै समस्या पत्ता लागेमा उपचार सहज रुपमा गर्न…

बुटवलका औषधी ब्यवसायी गंगा ढकाल आईतबार देखि सम्पर्क बिहिन

स्वास्थ्यसमाचार/बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ। पारिवारीक श्रोतका अनुसार ढकाल शनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ।आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए। पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको…

अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा चिकित्सक डाक्टर सहित ६ पक्राउ

स्वास्थ्यसमाचार/विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट हराएको नवजात शिशुलाई प्रहरीले उद्धार गरेको छ।बिक्री गरिएको अवस्थामा शिशुलाई कटहरी गाउँपालिका–२ बाट मंगलबार प्रहरीले उद्धार गरेको हो। शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण सिहत ६ जनालाई आज पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा कर्णकै संलग्नतामा ५ लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ। । पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ व्यक्तिहरू १. जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई २. जिल्ला मोरङ, विराटनगर…

फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दावी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताएका हुन ।   मन्त्री बस्नेतले भने, ‘ यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौ । ’ केही…

खानपिन र खराब जीवनशैली मुटुरोगको मुख्य कारण : डा .भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला। उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्छन्। उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ। उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ। हालसम्म उनी आफैंले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन्। केही समयअघि उनले हृदय नामक पुस्तक पनि बजारमा ल्याएका थिए, जुन पुस्तक सर्वाधिक बिक्री भएका…

भरतपुर पुरानो मेडिकल कलेजको आइसीयू छिरेर नर्समाथि मुक्का प्रहार

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । स्वास्थ्यसमाचार/आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक रोशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए । हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा शुप्रभात श्रेष्ठले जानकारी दिए । नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।…

लुम्बिनी प्रादेशिक अस्पताललाई बिरामी थेग्न हम्मे-हम्मे,क्षमता ५ सय, विरामी २५ सय बढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिका अस्पताल बुटवलको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो । यो अन्तरंग, बहिरंग लगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्ने अवस्था हुन्छ । तर अहिले अस्पतालमा दैनिक सवै क्षेत्रमा गरेर २५ सय भन्दा बढि विरामीले उपचार गराईरहेका छन् । लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएको कारण पनि विरामीहरुको संख्या ह्वात्तै बढेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नायव शुब्बा चिरन्जीवी घिमिरेका अनुसार ५ सय बढी बेड क्षमतामा अस्पताल संञ्चालनमा रहेको छ। अस्पतालमा आईतबारको ओपीडी टिकट मात्रै…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराएका १८ हजार मध्ये १ हजार २० वर्ष मुनिका

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका १२ जिल्ला १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।त्यसअघि आर्थिक वर्षमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याक रहेको छ। गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको…

स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग

स्वास्थ्यसमाचार /स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको बैठकमा यस्तोमाग गरिएको हो। प्रदेश कार्यसमितकाका अध्यक्ष निरञ्जन पोखरेलको अध्यक्षता स्वास्थ्यमन्त्रीका सल्लाहकार हरि पुनको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेषज्ञ आतिथ्यमा सम्पन्न भएको हो। बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु , स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठ वताउनु भयो।