बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने

स्वास्थ्यसमाचार/ बुटवलमा डेंगीको संक्रमण भए नभएको परीक्षण ६ सय रुपैंयामा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको अनुरोधमा मेलान रुपन्देहीले तीन महिनाको लागि ६ सय रुपैंयामा डेंगीको संक्रमण भए नभएको परीक्षण गर्ने निर्णय गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी गराए ।

यस अगाडि डेंगी परीक्षण गरे वापत १ हजार रुपैंया लिईँदै आएको र बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा विरामीलाई सहुलियत प्रदान गर्ने गरी निर्णय गरिएको उजले जानकारी गराए ।

देशभर महामारीको रुपमा फैलिरहेको डेंगी संक्रमण नियन्त्रणको लागि नगरपालिकाले त्यस विरुद्धको अभियान सञ्चालन गरेको छ भने बुटवल उपमहानगरपालिका पनि उच्च जोखिममा रहेको औंल्याउँदै नगरप्रमुख स्तरीय निर्णय गरेर नगरपालिकाको विशेष सहयोगमा डेंगी संक्रमण परीक्षण दस्तुर ६ सय रुपैंया हुनेगरी लागु गर्न सम्बन्धित स्वास्थ्य संस्थाहरु ९ल्याव०लाई अनुरोध गरिएको थियो ।

मेलान रुपन्देहीको बुधबार साँझ बसेको बैठकले नगरपालिकाको अनुरोध अनुसार २०८० असोज मसान्त सम्मको लागि ६ सय रुपैंयामा डेंगी संक्रमण परीक्षण गर्ने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए ।

सम्बन्धित शिर्षक :