केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण

स्वास्थ्यसमाचार/केन्द्रीय कारागार अस्पतालका सेवाग्राहीहरुमा ज्वरोका बिरामीहरु पछिल्लो साता बढ्न थालेपछि अस्पतालले केन्द्रीय सुधार गृह,भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाइ तथा सह/नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सबैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

केही समयदेखि देशभर डेंगुको संक्रमण १३ हजार माथि पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अवस्थामा सरोकारवाला सबै सक्रिय र सचेत रहनुपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रीय कारागार अस्पातालको सभा हलमा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकी अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

हरेक सुधार गृहबाट १० जनाका दरले ४० जना र उपत्यकामा रहेका कारागार कार्यालयका स्वास्थ्यकर्मी, अस्पतालका विशेषज्ञ चिकित्सक, चिकित्सक,नर्सिङ,स्वास्थ्यकर्मी, कर्मचारीलगायत करिब १०० जनाको उपस्थितीमा उक्त डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।

महामारी तथा रोग नियन्त्रण महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालको प्रस्तुती, विश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डा वन्दना पाण्डे र इन्टोमोलोजिष्ट शिशिर पन्तको थप सहजीकरण रहेको थियो ।

करिब ४५ मिनेटको प्रशिक्षणपश्चात ३० मिनेट चलेको अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुलाई प्रमुख मेसु डा बुढाथोकी, ईडिसिडीका डा। दाहाल, विश्व स्वास्थ्य संगठन नेपालका डा पाण्डे, डा पन्तले समाधान गरेका थिए ।

कार्यक्रमपश्चात इडिसिडीका तर्फबाट अस्पतालका प्रमुख डा। बुढाथोकीलाई डेगी निदानका लागी किट हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित शिर्षक :