स्वास्थ्यसमाचार /डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको जनाइएको छ । ति महिलामा साउन १६ गते डेंगु संक्रमण पुष्टी भएको थियो । संक्रमण भए पनि उनी सामन्य उपचार गरी घरमै आराम गर्दै…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख सहित २ जना पक्राउ
स्वास्थ्यसमाचार/कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कारको प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले संचालन गरेको आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिए । उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परे पछि आरोपित दुबै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट…
सीटीईभीटीको पूर्व निर्धारित प्रवेश परीक्षा स्थगित, नयाँ मिति तोकियो
स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले आज (शनिबार) र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । स्थगित प्रवेश परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने सीटीईभीटीले जनाएको छ । पछिल्लो समय क्षेत्राधिकारका विषयमा सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच विवाद बढेको थियो । विवाद सुल्झिन नसक्दा तोकिएको परीक्षा स्थगित भएको हो । दुई संस्थाबीचको विवाद बढ्दै जाँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हस्तक्षेप गर्नु परेको थियो । शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको…
बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सेर सेवा नि:शुल्क
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गर्नुभयो। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तरगत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताउनुभयो। उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउनुभयो। उहाँले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर…
बुटवलले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संञ्चालन गर्ने
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनुभयो। विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उहाँले बताउनुभयो। छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। उहाँका…
कैदीबन्दीको स्वास्थ्य तथ्यांक सहित केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदन सार्वजनिक
स्वास्थ्यसमाचार/पहिलो पटक देशभरका ७४ कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी सहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ। केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा प्रमुख अतिथि गृह सचिव दिनेश भट्टराई तथा स्वास्थ्य सचिब डा रोशन पोख्ररेलले उक्त प्रतिवेदन सार्वजनिकरण गरेका हुन्। कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले अस्पतालको संक्षिप्त जानकारी दिदै वर्षभर करिब ३५ हजार कैदीबन्दीलाई वहिरंग तथा १ हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको बताउदै अस्पतालको अझै गुणस्तरिय सेवा विस्तारमा भौतिक पुर्वाधार बाधक रहेको बताए। उनले थप शैया…
सिटिइभिटीले आफूखुसी गरेपछि चिकित्सा शिक्षा आयोगको चरम असन्तुष्टि
स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र चिकित्सा शिक्षा आयोगबीचको विवाद उत्कर्षमा पुगेको छ । सिटिइभिटीले आफूखुसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले चरम असन्तुष्टि जनाएको हो । चिकित्सा शिक्षा ऐनले सिट निर्धारण आयोगबाट हुने व्यवस्था गरे पनि सिटिइभिटीले भने आफ्नै ऐनअनुसार भर्ना खुलाएको छ । २०४५ सालको ऐनबाट स्थापित सिटिइभिटीले डिप्लोमा तहको चिकित्सा शिक्षा तथा प्राविधिक धारका शैक्षिक कार्यक्रम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्दै आइरहेको छ । त्यसैलाई निरन्तरता दिन खोज्दा आयोगबाट अवरोध भएको सिटिइभिटीको आरोप छ । तर, चिकित्सा शिक्षा आयोगले भने सिटिइभिटीलाई…
लुम्बिनीको स्वास्थ्य विधेयक प्रदेश प्रमुख शेरचनद्वारा प्रमाणिकरण
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणिकरण गर्नुभएको छ । मंगलबार प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सभा बैठकबाट पारित उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले एक सूचना जारी गर्दै उक्त बिधेयक प्रमाणिकरण भएको जानकारी दिएको हो । उक्त बिधेयक लुम्बिनी प्रदेश सरकारले सोमबार प्रदेश प्रमुखलाई प्रमाणिकरणको लागि पेश गरेको थियो ।
लुम्बिनीमा गर्भवतीलाई एम्बुलेन्स सेवा नि :शुल्क
स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ । आम नगरबासीको स्वास्थ्य सेवालाई मध्येनजर गर्दै नगरका नगरप्रमुख सजरुद्धिन मुसलमानले थप ३ वटा एम्बुलेन्स ३ वटा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र,वडा न.९मा रहेको खुदावगर स्वास्थ्य चौकी,वडा न.११मा रहेको मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर सजरुदिन मुसलमानले जनतामा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताएका छन् ।…
लुम्बिनी प्रदेशका तराईका जिल्लामा देखियो आँखा पाक्ने रोगको प्रकोप
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले आँखा पाक्ने रोग प्रकोपका रुपमा फैलिएको छ । विशेषगरी तराई क्षेत्रमा आँखा चिलाउने, आँखा रातो हुने, पाक्ने र अत्याधिक दुख्ने समस्या देखिएको छ । आँखामा संक्रमण देखिएपछि आँखा अस्पतालहरुमा आँखा पाकेका बिरामीहरुको भिड लागेको छ । मौसमको परिवर्तनसँगै फैलिएको भाइरल प्रकोपले नेपाल र भारतको सिमाक्षेत्रमा प्रभावित बनाएको लायन्स आँखा अस्पताल बुटवलले जनाएको छ । कोहलपुर मेडिकल कलेजका डाक्टर तथा चिकित्सक संघका प्रदेश संयोजक नन्दा गुरुङले प्रदेशको तराईका जिल्लामा भाइरलका रुपमा आएको बताइन् । उनले धेरै जमघट हुने ठाउँहरुमा यस्तो प्रकोप बढेको बताइन् । नेपालगन्जको भिजन…

