लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनको अध्यक्षमा गौतम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनको अध्यक्षमा तिलक गौतम निर्वाचित हुनु भएको छ।

आज अस्पतालमा भएको बिकास समिति कर्मचारी युनियन को भेला ले गौतमलाई सर्बसहमतिमा निवाचित गरेको हो।समितीको उपाध्यक्षमा सागर गौतम, कमल लामिछाने,भगबती पान्डे सचिबमा दिपन्द्र पौडेल,सह सचिबमा ईन्द्र राई,कोषाध्यक्षमा कमला राना सह कोषाध्यक्षमा बाबुराम बराली रहनु भएको छ ।

भने सदस्यहरुमा कल्पना बस्याल,हिरा घिमिरे,शर्मिला ज्ञाबली,राम बहादुर राबल,रेशम पौडेल,लिला भन्डारी,मनकुमारी सार्र्की रहनु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको अध्यक्षता ,अस्पताल बिकास समिति कर्मचारी युनियनको केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त बिशिष्ठ अतिथी अस्पतालका मेसु डा सुदर्शन थापा, क्षेत्री अतिथी अस्पतालका प्रशासन प्रमुख राजन केसी ले शुभकामना ब्यक्त गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :