ईर्मेजेन्सी सेवालाई व्यबस्थीत गर्ने पहिलो काम : मेसु डा ईन्द्र ढकाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले तत्काल गर्ने काम सार्बजानीक गरेका छन।स्वास्थ्यसमाचार संग संक्षिप्त कुरागर्दे डा ढकालले अस्पतालको कामलाई अतिआवश्यक र आवश्यक अनुसारकाम अघि बढाउने बताए। डा ढकालले पहिलोकाम भनेको कोरोना अस्पतालमा दिईने सेवा एकिकृत गरेर जाने बताए। सेवा छ तर सेवालिने र दिनेको लागी एकै ठाउ नभएकोले अब अस्पताल भित्र यो सेवा लाई एकैठाउ बनाउने पहिलो काम भएको बताए । अस्पतालको ईर्मेजेन्सी सेवा लाई ब्यबस्थीत गर्ने बताए । विरामी आउने भनेको पहिले अस्पतालमा ईर्मेजेन्सी हो त्यसलाई ब्यबस्थीत बनाउने र सहज रुपमा सेवा लिने वाताबरण बनाउने डा…

२८ कात्तिकदेखि ४ मंसिरसम्म फाइजर खोप लगाईने यी हुन खोप केन्द्र

स्वास्थ्यसमाचार/सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ। परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए। देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए। उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए। ‘आइतबारदेखि मंसिर ४ गतेसम्म फाइजर…

गुल्मी जिल्ला अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ। गुल्मी जिल्ला अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसि सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो। ७ मसिंरसम्म दरखास्त पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।

मायादेवी : १ धमैलीस्वास्थ्यचौकीमा ल्यावसेवा समुद्घाटन

स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाको वडामा १मा रहेको धमैली स्वास्थ्यचौकीमा ल्याव सेवा उदघाटन भएको छ। जेष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी धुर्वनारायण चौधरीले प्रयोगशालाको समुदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले मायादेवी गाउँपालिकाले स्वास्थ्यक्षेत्रमा ठुलो लगानी गरि घरदैलोमा गुणस्तरीय सेवा बिस्तार गरेको बताए। उदघाटन कार्यक्रममा मायादेबी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ठ अतिथी तारादेवी यादव,स्वास्थ्य संयोजक भाष्कर आत्रेय, ब्यबस्थापन समितिका सदस्य बिजय वहादुर त्रिपाठी समाज सेवी श्रीराम यादव नेपाली काग्रेसका सभापति पदम भन्डारी,वडा सचिब राम किशुन दुषादले शुभकामना मन्त्ब्य राख्दै जनतालाई सहज स्वास्थ्य सेवा पुराउदै सबै…

रात्रीकालिन भत्ता १हजार लागू गर्न नर्सिङ संघले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापन

स्वास्थ्यसमाचार/नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ।संघका पदाधिकारीहरु मन्त्रीलाई ज्ञापनपत्र बुझाउन मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेको थिए। विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा रात्रीकालिन ड्युटी खटिने नर्सहरुको समायावधि अधिंक एवंम जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धि गर्न संघले अपिल गरेको छ।रात्रीकालिन भत्ता एक हजार र लुगा भत्ता ९बार्षिक दश हजार हुनेपर्ने माग स्वास्थ्यमन्त्री समक्ष राखिएको संघको अध्यक्ष प्रा मन कुमारी राईले बताइन्। ज्ञापनपत्रमा कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायतका माग समेटिएको छ ।त्यसैगरी न्यूनतम पारिश्रमिक, उच्च शिक्षा अध्ययनको लागि कोटा…

कपिलवस्तुमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिरै

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा– कोरोना महामारी क्रमशः नियन्त्रण हुँदै गएका बेला कपिलवस्तुमा पुनः अर्का महामारीको रूपमा झाडापखालाका देखा परेको छ । गत १८ असोजबाट सुरु भएको झाडापखला नियन्त्रणमा आउन नसकेको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको झाडापखालाले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकलाई समेत लपेटेपछि अस्पतालमा भर्ना भएका थिए । प्रयोगशाला परीक्षण गर्दा स्थानीयमा हैजा भएको प्रमाणित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १३ सय ३२, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए…

रोल्पा अस्पताल भवन समयमै नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताए । उनले भने “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा…

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)

स्वास्थ्यसमाचार/शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ रुप्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी सेवन गर्दैमा यसले राम्रो नतिजा दिदैन । किनभने यसलाई विधिपूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ । के हो शिलाजित ? जब गर्मीमा सूर्यको…

रोल्पा अस्पतालमा अक्सिजन प्लान्टको मुख्यमन्त्री केसीद्वारा उद्घाटन

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा अक्सिजन पलान्टको उद्घाटनमा भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसील एक कार्यक्रमका बिच  जडान गरिएको अक्सिजन पलान्ट उद्घाटन गरेका हुन । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन पलान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बताए। उनले भने हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ । रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना…

गोमूत्र:क्यान्सरको उत्पत्ति रोक्न, सुगर घटाउन, विषादीको असर कम गर्न उपलब्धिमूलक

पूर्वीय सभ्यता र विशेष गरी सनातन धर्ममा गाईको विशेष महत्व छ। गाईबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दूध प्राप्त हुने हुँदा गाईलाई माता मानेर गौमाता भनिन्छ र गाईको पूजा गर्ने चलन पनि छ। मही, दही, घ्यू, पनिर, मिष्ठान्न लगायत बनाएर स्वाद र शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै छ। स्वादिलो दूध र दूधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त गर्न सकिन्छ, त्यो हो गोमूत्र। गोमूत्र पञ्चगव्य (दूध, दही, घ्यू, गोबर र गोमूत्र) मध्यको एक हो। पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो…