स्वास्थ्यसमाचार/पछिल्लो २४ घण्टामा नेपालमा २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय २८ जनाको नमुना परिक्षण गर्दा २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप ५५५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको संक्रमणकाकारण मृत्यु भएको जनाइएको छ । यो सहित हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९सय ३२ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ९ हजार २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।
समाचार
वैदेशिक रोजगारीमा जानेको पिसिआर परीक्षण शुल्क निःशुल्क
स्वास्थ्यसमाचार/ वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुने भएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विररोध खतिवडाले बताए। अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट बैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पीसीआर परीक्षण निशुल्क हुनेछ।तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।
कोरोना बिरुद्धकोखोप किन्न विश्व बैंकले थप २ अर्ब १४ करोड दिने
स्वास्थ्यसमाचार /नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन । सो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । ‘कोभिड १९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिहरूमा समेत नेपालले प्रभावकारी रूपमा प्रतिकार्य जारी राखेको छ’, हस्ताक्षर समारोहमा अर्थ सचिव मरासिनीले भने ‘यस…
भारतीय सेनाद्वारा एक लाख खोप उपहार
स्वास्थ्यसमाचार/भारतीय सेनाले नेपाली सेनालाई कोरोनाविरुद्ध एक लाख खोप उपहार दिएको छ । भारत सरकारको खोपमैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेका कोरोनाविरुद्धकोे खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा उपहारस्वरूप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । गोर्खा ब्रिगेड प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थ नारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गर्नुभएको बताइएको छ । लेफ्टिनेन्ट जनरल नारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । भारतले उपहारस्वरूप प्रदान गरेको…
जोनसनखोप लगाएकाले बुस्टर डोज :कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर जुनपनि मिल्ने
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जोनसन एण्ड जोनसन खोप लगाएकाहरुले बुस्टर डोज लगाउन पाउने वा नपाउने पाए पनि कुन खोप लगाउने भन्ने जिज्ञासामा जवाफ दिएको छ। महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्र पठाउँदै जोनसन एण्ड जोनसन लगाएकाहरुले पनि ६ महिनापछि बुस्टर डोज लगाउन सक्ने बताएको छ। उसले उपलब्ध भएका सोही खोप अन्यथा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडेर्ना वा फाइजर पनि दिन मिल्ने स्पष्ट पारेको छ।विभिन्न जिल्लाबाट यससम्बन्धी जिज्ञासा आएकोले प्रष्ट पारिएको महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले बताइन्। जोनसन एण्ड जोनसन एक मात्रा लगाए पुग्ने खोप हो।
धुर्कोट गाउँपालिका २ पिपलधारा हेल्थपोष्टमा ल्याव सेवा सुरु
स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट २ पिपलधारमा पहिलो पटक ल्याव सेवा शुरु भएको छ ।पहिलादेखि नै स्वास्थ्य चौकी भएपनि ल्याव सेवा नहुदां सामान्य रोगको पहिचानका लागि पिपलधाराका नागरिकहरु जिल्ला सदरमुकाम तम्घास सम्म पुग्नु पर्दथ्यो । अव ल्याव शुरुभएसंगै रोग पहिचानको लागि अन्यत्र जान नपर्ने स्वाथ्य चौकीले जानकारी दिएको छ । सो ल्यावको एक समारोहका विच धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गरे । आफै रगत परिक्षण गरेर उनले ल्यावको शुभारम्भ गरेका हुन् । स्थानिय सरकारको समेत आर्थिक सहयोगमा ल्याव शुरु भएपछि पिपलधारा वासीका लागि ठुलो उपलब्धी भएको पिपलधाराका वडा अध्यक्ष नविन जिसीले…
तिनाउ इन्टरनेशनल हस्पिटलमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु
स्वास्थ्यसमाचार/ तिनाउ हस्पिटलमा जोर्नी प्रत्यारोपण सेवा सुरु जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको छ ।बुटवल–८ सुख्खानगर स्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लिमा पहिलोपटक जोर्नी प्रत्यारोपण उपचार सेवा सुरु भएको हो । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन कृत्रिम जोर्नी प्रत्यारोपण गरिन्छ । हाडजोर्नी नशा तथा मेरुदण्ड रोग बिशेषज्ञ डा. योगेन्द्र अग्रहरीको नेतृत्वको टिमले पहिलो पटक जोर्नी प्रत्यारोपण गरेको हो । आधुनिक अप्रेशन थ्रिएटरमा अत्याधुनिक उपकरणको प्रयोग गरी रुपन्देहीको सैनामैनाका २४ वर्षीय युवामा जोर्नी प्रत्यारोपण गरिएको डा. अग्रहरीले जानकारी दिए ।शल्यक्रियापछि बिरामीको अबस्था सामान्य रहेको छ । विभिन्न कारणले जोर्नी…
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि
स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ। स्वास्थ्य बीमा नियमावली २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था छ। प्रादेशिक स्तरको समितिको अध्यक्षता स्वास्थ्य मन्त्रालय हेर्ने सचिवले गर्नेछन्। त्यस्तै सदस्य स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयका प्रमुख, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयले मनोनित गरेको एक जना व्यक्ति, स्वास्थ्य र बीमा क्षेत्रमा अनुभव हासिल गरेको एक…
डा.विकास लामिछाने बने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति
स्वास्थ्यसमाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा। लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्। उपकुलपतिका लागि तीनजनाको सिफारिस परेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला र स्वास्थ्य सचिव डा। रोशन पोखरेल सदस्य रहेका थिए।
नक्कली पिसिआर रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा
स्वास्थ्यसमाचार/ कोरोना महामारीका क्रममा पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पिसिआर रिपोर्ट सबै नक्कली भएको पाइएको छ । यस्तै, अस्पतालमा स्वाब सङ्कलन गरी अनाधिकृत रूपमा रकम उठाएको, परीक्षण नै नगरी गलत रिपोर्ट बनाएको, मौखिक आधारमा नेगेटिभ रिपोर्ट आएको बताउनेजस्ता अनाधिकृत काम गरेको पाइएको आयोगले जनाएको छ । कार्यकक्षमा नै स्वाब सङ्कलन गरी नेगेटिभ रिपोर्ट…