बुटवल उवासंघको सहयोगमा आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु

स्वास्थ्यसमाचार/  बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयु र १० जनरस (कोभिड आईसोलेशन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो । बुटवल उद्योग बाणिज्य संघ कोभिड–१९ आईसीयु वार्ड’को लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुभारम्भ गरे । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसंगै बुटवल उद्योग बाणिज्य संघ र आम्दाको बिचमा आईसीयु सञ्चालनको लागि दुई…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा गर: राष्ट्रिय चिकित्सक संघ लुम्बिनी

स्वास्थ्यसमाचार/  राष्ट्रिय चिकित्सक संघ नेपालको लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठलाई भेटेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश सम्बन्धमा सुझाव प्रस्तुत गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहितको बिषयमा ज्ञापन पत्र बुझाएको छ ।संघको प्रदेश समितिका अध्यक्ष डा समिर आचार्य, महासचिव डा सागर न्यौपानेसहितको टोलीले मन्त्री श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापन पत्रमा अध्यादेशमा गाली गलौज , अपमान तथा सामाजिक संजालमा आधारहिन अफवाह फैलाउनेलाई समेत सजायका व्यवस्था हुनुपर्ने, निर्देशन समितिलाई ९ देखि ११ सदस्यीय बनाउने त्यसमा सम्बन्धित काउन्सिलको प्रतिनिधि राख्नु पर्ने, प्रदेश स्तरीय समितिमा…

कोरोना संक्रमणबाट डा पशुपति रजौरिया निधन

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो । शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डा पशुपती रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको हो । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए । श्रीमति डा। हसिना वानुले कोभिड परास्त गरेपनि डा रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोहि अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री…

चीनवाट आएको भेरोसेल खोप जेठ २५ देखि लगाउन सुरु गरिने

स्वास्थ्यसमाचार/  चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ । जेठ २५ देखि यो खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरेको हो । चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख…

केशवधाममा १५ शैयाको कोभिड आइसोलेसन सेन्टर सञ्चालन

स्वास्थ्यसमाचार/ सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा १५ शैयाको कोभिड आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाहक रविकान्त उपाध्यायले बताए । आइसोलेसन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेसन सेन्टर निर्माण गरी भीम अस्पताललाई हस्तान्तरण गर्नु उदाहरणीय कार्य रहेको बताए । उनले भीम अस्पतालले विगतको तुलनामा…

कोरोना संक्रमणको चेन ब्रेक गर्ने अभियानमा तिलोत्तमा नगरपालिका

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन । नगरपालिकाले दुई वटा समूह बनाएर १७ वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको…

रुपन्देहीमा कोरोना संक्रमति घटदै ५० नयाँ थपिदा ३८७ कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घन्टामा ८ सय ८८ जनाको आरटी पीसिआर गर्दा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज ८ सय ८८ जना को परिक्षण गर्दा ५० जना नयाँ संक्रमिति भेटीएका हुन भने १ को मृत्यु भएको छ भने ३सय ७८ जना कोरोनाबाट मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीका ४ वटा प्रयोगशालामा ८सय ८८ नमुना परीक्षण गर्दा ५० जनामा मात्र संक्रमण पुष्टि भएको वताए। जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १३ संक्रमित थपिएका छन् ।…

चिनियाँ अनुदानको ८ लाख डोज खोप काठमाडौं आईपुग्यो

स्वास्थ्यसमाचार/ चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले मंगलबार दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको हो।…

लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

स्वास्थ्यसमाचार/ कोरोना भाइरस कोभिड–१९ को महामारीका विरुद्ध जारी लडाइँमा विभिन्न क्षेत्रबाट सहकार्य भइरहेको छ । यसैक्रममा लुम्बिनी विद्युत उद्योग प्रालिले उपचारार्थ सहयोगका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार बिहान एक संक्षिप्त समारोहबीच ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु डा राजेन्द्र खनाललाई लुम्बिनी विद्युत उद्योग प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोहित गुप्तासहितको टोलीले हस्तान्तरण गरिएको हो । महामारीका विरुद्धमा उद्योगका तर्फबाट भएको मानवीय सेवाप्रति उपमहानगरपालिका तथा अस्पतालले धन्यवाद ज्ञापन गरेका छन् । उपमहानगर…

रुपन्देहीमा कोरोना संक्रमति घटदै १४७ नयाँ थपिदा ८९० कोरोना मुक्त

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा ५ सय ३८ जनाको आरटीपीसीआर परिक्षण गरिएको थियो । रुपन्देहीमा सोही अवधीमा ८९० जना एकै पटक कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।पछिल्लो पटक थपिनेमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका रहेका छन् । बुटवल र तिलोत्तमामा ३६, सिद्धार्थनगरमा ९, सियारीमा ११, देवदहमा १९, गैडहवामा २, मायादेवीमा ४, सैनामैनामा १०, ओमसतियामा ३, कञ्चनमा ३, रोहिणीमा १, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ६, शुद्धोधनमा ४ र सम्मरीमाईमा ३…