राप्ती प्रादेशिक अस्पतालका मेसु लाई कालोमोसो दल्ने २ जना पक्राउ

स्वास्थ्यसमाचार /राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई दुव्र्यवहार गर्नेलाई प्रहरीले प्रकाउ गरेको छ । डा सिंहलाई दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए । साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताए । उनले आज बेलुका सम्म सबैलाई पक्राउ गरिसक्ने बताए । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने बताए ।

पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशत नागरिकमा पाइयो एन्टीबडी: स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार /नेपालमा पूर्ण मात्रा कोभिड(१९ खोप प्राप्त गरेका ९० प्रतिशत व्यक्तिमा एन्टीबडी देखिएको छ। स्वास्थ्य तथा मन्त्रालयले गरेको ६ महिनाको सर्वेक्षणको नतिजा अनुसार पूर्ण मात्रा खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सातै प्रदेशका गरेर पहिलो खोप लगाउने ८० प्रतिशत व्यक्तिहरुमा र पूर्ण खोप प्राप्त गरेका ९० प्रतिशतमा एन्टीबडी देखिएको हो। कोभिड(१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणले नागरिकले लगाइरहेको खोपहरु अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयले निष्कर्ष निकालेको छ।    

आम्दा अस्पताललाई संजालद्वारा प्यासन मोनिटर हस्तान्तरण

स्वास्थ्यसमाचार /रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको शिद्धार्थ महिला तथा वाल अस्पताल( आम्दा अस्पताल)मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ । संजालले ७ लाख ४६ हजार ५० रुपैया वरावरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतीक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए । आईतवार एक कार्यक्रम विच संजालका प्रतिनिधि काशीनाथ पोख्रेलले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरे । सो अवसरमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण…

मेसुलाई दुर्व्यवहार गर्नेमाथि कडा सजाय होस :स्वास्थ्य तथा जनसंख्यामन्त्रालय लुम्बिनी प्रदेश

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञेप्ती जारी गरी राप्ति प्रादेशिक अस्पतालका मेसुलाई दुब्र्यवहार गरेको प्रति खेद प्रकट गरेको छ । मन्त्रालयका प्रबक्ता डा पुष्पराज पौडेल द्धारा जारी विज्ञेप्तीमा भनिएको छ समग्र स्वास्थ्य प्रणाली चिकित्सक तथा स्वास्थ्य कर्मि यस महामारीमा नभनि अहोत्र दिनरात्र नभनि अग्रपन्तीमा खटिएका लाई उच्च मनोबल वढाउनु सेवा प्रवाहका समन्धमा रचनात्कम सुझाब सल्लाह प्रदान गर्नु र सामुदायीक अपन्त गर्नुको साटो अस्पताल जस्तो गरिमामय पबित्र स्थलमा गरिएको ब्यवाहरले लज्जित तुल्याएको छ । यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मिको मनोबल गिराउने र अस्पताल सेवामा थप असर हुने सिवाय…

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित भइसकेको छ स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए । ‘हालसम्म ४० लाख १३ हजार ८८० जना ९१३ प्रतिशत०ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो…

कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो । केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट…

अफगानिस्तानबाट नेपाल फर्केका नेपालीलाई पोलियो थोपा अनिवार्य

स्वास्थ्यसमाचार /अफगानिस्तानबाट नेपाल फिरेका सबै नेपालीहरुलाई पोलियो थोपा खुवाइने भएको छ।स्वास्थ्य सेवा विभाग अन्र्तगत परिवार कल्याण महाशाखाले पोलियो विरुद्धको खोप लगाउने निर्णय गरेको हो। विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलसनले अफगानिस्तानबाट फर्किएका सबै मानिसलाई खोप लगाउन सिफारिस गरेको हो।बालस्वास्थ्यका प्रमुख डा झलक शर्मा गौतमका अनुसार पोलियो थोपा कार्यक्रम आजैबाट शुरु गर्ने जानकारी दिए। आज अफगानिस्ताबाट आइपुग्ने सबैलाई पोलियो थोपा खुवाइने छ भने केही समय पहिले आउने नागरिकहरुलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर खोप लिन निर्देशन दिएका छौं,’ उनले भने।महाशाखाले स्वास्थ्यकर्मीहरुलाई अफगानिस्तानबाट फर्केर आएका नागरिकको खोजी गरी पोलियोको खोप…

लुम्बिनी प्रदेश सरकारको प्राथामिकता कोरोना रोकथाम र नियन्त्रण हो: मन्त्री खडका

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो । मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने…

नर्सिङ कलेज संचालकको आयोगलाई चेतावनीः विद्यार्थी देउ, कि तालाचावी लेउ

काठमान्डौ /चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्यापन गराउने कलेज संचालकहरुले विरोध जनाएका छन् । कलेजहरुलाई अध्यापन गराउन तोकिएको विद्यार्थी पनि उत्तीर्ण नहुने गरी परीक्षा लिएर निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै कलेज संचालकहरुले यदि एकीकृत परीक्षाको रिजल्टलाई पुनस्विचार नगरे कलेजको चावी आयोगलाई बुझाउने धम्की दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्स्टिच्युसन एसोसिएसन ९एसिया०का अध्यक्ष एमप्रसाद अधिकारीले सोमबार सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताए ।…

जापानबाट आयो थप २ लाख ८० हजार अस्ट्राजेनेका खोप

जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो। यसअघि ९ लाख डोज खोप आइसकेको छ। अब बाँकी रहेको खोप ७ गते नेपाल आउने बताइएको छ।व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ। उक्त खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो…