स्वास्थ्यसमाचार/कोभिड(१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । मन्त्रालयले प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा यकिन गरी छानबिन प्रक्रियालाई सघाउनसमेत अनुरोध गरेको छ । माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको विवरणसमेत २६ माघसम्म पठाउन…
समाचार
भीम अस्पतालद्वारा कारागारका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण
स्वास्थ्यसमाचार /भीम अस्पताल भैरहवाले जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गर्दै शिविर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् ।कारागारमा रहेका ४४७ जना कैदीबन्दीमध्ये २०२ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन् । शिविरमा छाला, रुघाखोकी, मधुमेह, मानसिक, आँखा, दन्त, पेट दुख्ने लगायतका समस्या भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको उनले बताइन् । शिविरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, मेडिकल अफिसर डा. राजु रौनियार, आकस्मिक कक्ष (इमरजेन्सी) इञ्चार्ज सविता शर्मा, सिनियर अहेव जनकराज पन्त, फार्मासिष्ट पार्वती चौधरीको…
रक्तसञ्चार सेवा केन्द्न बुटबलको संयोजकमा कृष्ण पंगेनी
स्वास्थ्यसमाचार/ रक्तसंचार केन्द्र बुटवलको संयोजकमा सामाजिक अभियन्ता तथा नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन भएका छन् । लामो समयदेखि रेडक्रसमा रहेर समाजसेवामा क्रियाशिल पंगेनीलाई रक्त संचार केन्द्रको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका आधाभन्दा बढी जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्त संचार केन्द्र बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेवारी दिएको हो ।रक्त संचार केन्द्र नेपाल रेडक्रससंग आबद्ध संस्था हो । पंगेनीले संयोजकचयन भएसंगैको पहिलो बैठकवाट सडक मानवहरुका लागि पूर्ण निःशुल्क रगत वितरण गर्ने निर्णय गरेको बताए । रगत व्यवस्थापनमा लाग्ने व्याग, रिरिज लगायतको…
थप १ हजार ७१४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ। यसैगरि सोही अवधिमा थप चार हजार ७७१ जन संक्रमणमुक्त…
२४ घण्टामा झण्डै ६ लाख जनाले लगाए कोरोना विरुद्धको खोप
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोपको प्रयोग भएको छ । जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप…
पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु
स्वास्थ्यसमाचार/ जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जनाको शनिबार मृत्यु भएको छ। अर्घाखाँचीको छत्रकोट गाउँपालिका( ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए। तानसेन नगरपालिका (६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै तानसेन (४ बडिज्ञानटोल भाडामा बस्ने…
बारम्बार हुने नीतिगत परिवर्तनले स्वास्थ्य क्षेत्र सुधारमा समस्या
स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवलको १४०० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ ।क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा क्लासिफकेशन रहेको थियो । बैठकमा बोल्दै मेडिटेक इन्टरनेशनल एकेडेमीका प्रवन्ध निर्देशक गणेश ज्ञवालीले बारम्बार हुने नीतिगत परिवर्तनले मुलुकको स्वास्थ्य क्षेत्र सुधार हुन नसकेको बताए । स्वास्थ्य उद्यमीहरुलाई मेडिकल माफियाको आरोप लाग्ने गरेको भन्दै उनले यो गलत भएको र यसखालको भ्रम चिर्न केही समय लाग्ने बताए । “सरकारले बारम्बार ऐन, नियम, निर्देशिका परिवर्तन गर्दा स्वास्थ्य संस्थाले चाहे अनुरुपको सेवा सुविधा दिन सकिरहेका छैनन्”–उनले भने । ज्ञवालीले मेडिटेक हस्पिटल अहिले ५१…
राष्ट्रिय स्वास्थ्य कर्मीसंघ पाल्पा द्धारा कार्यलय प्रमुखलाई स्वागत
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पामा आउनु भएको कार्यालय प्रमुख डा.राजेन्द्र गिरी र जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेल लाई स्वागत गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीबाट डा राजेन्द्र गिरी, र नबलपरासीबाट सरुवा भएर आएका जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेललाई स्वागत गरिएको हो । कार्यक्रम राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष रेम बहादुर दिशा मगरको अध्यक्षतामा , प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य श्री यम बहादुर चिदी, नेपाल स्वास्थ्य प्राबिधिक संघ पाल्पा जिल्ला अध्यक्ष श्री झपेन्द्र न्यौपाने लगायत स्वास्थ्यकर्मी हरुको उपस्थितिमा स्वागत कार्यक्रम…
स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस
स्वास्थ्यसमाचार/ आफ्नो २४ औं स्थापनादिवसको अवसर पारेर प्रेस चौतारी नेपालले विभिन्नकार्यक्रम गरेको छ । यसैबीच प्रेस चौतारी नेपाल, रुपन्देहीशाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । बुटवल, भैरहवा र सैनामैनामा मास्कवितरण गरिएको प्रेस चौतारी रुपन्देहीकाअध्यक्ष लक्ष्मण पौडेलले बताए । बुटवलको नयाँबसपार्कमाआयोजितकार्यक्रममाबोल्दै प्रमुखअतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले कोभिड–१९ महामारीबाट बच्न र बचाउन मास्कवितरण कार्यक्रम प्रभावकारी भएको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितकालागि संगठन आगामी दिनमाअझ सशक्तभएर अघि बढ्ने बताए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्यतथा रुपन्देहीजिल्लाइञ्चार्ज प्रदिपआचार्य, रुपन्देहीजिल्लाअध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगर पालिका कमिटी अध्यक्षकिसन ज्ञवालीले…
कोरोनाका कारण बन्द पाल्पाको प्रशासनिक सेवा आइतबारदेखि खुल्ने
स्वास्थ्यसमाचार/कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ।सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो। जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ। कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै…